भुमरीमा परेको सुकेको पात झैँ भो जिन्दगी
अफिममा लठ्ठ मात झैँ भो जिन्दगी
कर्कलामा टिलपिल टिलपिल शीत झैँ भो जिन्दगी
अझ भनौँ,
अझ भनौँ त अमावस को रात झैँ भो जिन्दगी
आज भोलि त जिन्दगीसँग जिन्दगी नि टाढा भा छ
पीडा र छट्पटाइसँगको मित्रता नि गाढा भा छ
ती मिठा पलहरु नि चुभ्ने तीखो काँडा भा छ
अझ भनौँ,
अझ भनौँ त जिन्दगी हल खुस्केको बयल गाडा भा छ।
बाबजुद,
जिन्दगीमा फेरि अर्को पल्ट बामे सर्दै छु
जिन्दगीसँगको फेरि अर्को युद्ध लड्दै छु
आभारी छु,
आभारी छु जिन्दगीको फेरि अर्को परिभाषा दिएको मा
आफ्नै जिन्दगीलाई नजिकबाट नियाल्ने मौका दिएको मा।।।।।
लेखक परिचय
नेपाली सहित्य लेखनमा विलक्षण प्रतिभाका धनी सिवाकोटी विशेषगरी कविता विद्यामा कलम चलाउने गर्दछन् ।