धर्मेन्द्र नेम्बाङका दुई कविता
१. म आफैलाई प्रश्न गरिरहेछु ।
ल्यापटप छेउमा राखेर म गहिरो गरी सोचिरहेछु ।
नेताहरूलाई मात्रै पनि के गाली गर्नु र
वैदेशिक चेतना मात्रै भयो होला
तिनै चिटहरू मात्रै सारेर उत्तर गरे होला
तिनै फोटोकपी बाँडे
उनीहरूमा राष्ट्र निर्माणको राष्ट्रिय सांस्कृतिक चेतना भएन होला।
वौद्विक, किसान, व्यवसायिक, साहित्यकार, खेलाडी, कलाकार, आम नागरिकलाई छचल्काउँदै समेटेर लाने नेपालीपनको ।
आदर्शपनको ।
साधन वर्ग अपनाउने
समयलाई समेटने, युगलाई आव्हान गर्ने, अन्तराष्ट्रिय चलखेल निस्क्रिय हुने
के हुन सक्छ त्यो राष्ट्रिय संस्कृतिक चेतना, राष्ट्र निर्माणको साझा चेतना
किन यसका बैज्ञानिकहरू आएनन्
कसले निर्माण गर्ने हो त्यो
कहाँ छ अलमल
कहाँ गए विद्वानहरू
के यो मेरै काँधमा आएको हो त धर्मेन्द्र नेम्बाङका दुई कविता
फेसबुक अघि उभिएर म आफैमाथि गहिरो प्रश्न गरिरहेछु ।
२. हौ लठुवा तानाशाह
तिमीसँग रगत छ कि प्लाष्टिक
तिम्रो मुटु छ कि कठबाँस
किन तिम्रोरगतले मानवता देखाउदैन हँ ?
किन तिम्रो मुटुले करुणा देखाउदैन हँ ?
तिमीलाई कुन नियत र सिद्वान्तले खान भन्यो मेरो संबिधान
।
हाम्रो मुचुल्का ।
किन पढन जानेनौ बैधानिक अक्षर ।
कि शब्दहरूको मर्म चिनेनौ ।
हामीले छाँटेर हुर्काएको शब्द तिमिले किन दार्यौ ।
चिर्कटो कहाँबाट ल्याएर गलत उत्तर लेख्यौ ।
ओ मुर्धुम बादशाह ।
याद गर । त्यो संविधानको शब्द मेरो हो ।
तिमी त्यसको रुँगालो मात्रै ।
त्यसमा मेरो रगत छ । तिम्रो छलकपट मात्रै ।
भन तिमीले कसरी पढन् नजानेर मेरा सावाअक्षरहरू
देश चलाउन नसकेर बिधानबाट ।
कुन अक्षरकाे निरक्षरमा बनन्यौ अधिनायकवादी ।
भन ए हल्लनटाँट!! धर्मेन्द्र नेम्बाङका दुई कविता
लेखक परिचय
सामान्य बहुरंगवादका प्रवर्तक, धर्मेन्द्र (बिक्रम) नेम्बाङ समकालीन नेपाली साहित्य जगतमा परिचित नाम हो । बहुरंगवादको सैद्वान्तिक धरातलमा टेकेर लिखिएको उनको पहिलो कविता संग्रह भीरै भीरको रङसँगै नेम्बाङले नेपाली साहित्यलाई उत्तरआधुनिक लहरसँग पनि परिचित गराए। उनका उपन्यास राताे बाघ, कविता संग्रह मैले बोल्दा देशको नक्शा हल्लिन्छ, सामान्य बहुरंगवाद, एउटा ट्राभलिङ फिलोसोफी परिकल्पना प्रकाशित कृतिहरू हुन् ।