जलाउ मलाई घर नै आखिर चिहान बनिन्छ भने!
मेरै देह त्यागले हर साँझ, बिहान बनिन्छ भने । ।
खियाइ नङ्ग्रा बगाइ पसिना, बसाल्नु छ जिवन्!
खड्किए अभाब चढाउँला स्वाश बरदान बनिन्छ भने ।
बाचौँला अभाब मै बरु नाचौँला दबाब मै पनि!
सहेर हार मुर्ख आखिर विद्वान बनिन्छ भने । ।
नमानी अपसोच खुलेरै देउ बिदाइ ए सन्तति!!
ढलेर एक सत्यको आखिर निशान बनिन्छ भने । ।
लेखक परिचय
बाँस्कोटा नेपाली सहित्य लेखनमा नव प्रतिभाको रूपमा उदाएकी छिन् । उनी विशेष गरी गजल विद्यामा कलम चलाउने गर्दछिन् । फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
Deep meaning words – great Poem (Gajal), Keep it up, Ma’am.