म त क्षितिजपारीको छोरो हुँ आमा
आकांक्षा पिएर बाँच्ने
रहरको भारी बोक्ने
गोरेटोमा पनि लहराको सहारा लिएर
घस्रिरिहने एक
अकिञ्चक
आमा !
म दिनको उज्यालो र
रातको जुनको टहकमा पन
जिन्दगीको महाभारत लडरिहेको
एक योद्धा हुँ ।
सायद आमाले देख्नु
भएन होला
चिन्नु पनि भएन होला
वयले हजुरलाई साथ नि नदिएर होला,
राम्ररी हेर्नुस् त आमा !
म उही क्या
क्षतिजिपारीको छोरो
बिन्ती छ आमा,
सन्तति म हजुरकै हो
एकफेर नजर लगाइदिनु होला
चिन्ने प्रयास गरदिनु होला
आमा!!! मलाई पुत्रभावको
आभास गराइदिनु होला
दुईचार वर्ष छोडेँ भन्दैमा
के तपाई
मातृत्व भुल्न सक्नु हुन्छ र?
लेखक परिचय
नेपाली सहित्य लेखनमा नव प्रतिभाको रूपमा उदाएका कार्की विशेषगरी कवितामा कलम चलाउने गर्दछन् । फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।