जुन दिन उनको बुबा आफ्नो प्रिय छोरीलाई
नँया घर हेरि फर्किनुभयो,
त्यो साँझ …..
सधैँभन्दा म्यासेजको घण्टी अलि नौलो गरी बजेथ्यो ।
“कन्फर्म गर्नुभएछ डियर,
यहि २० गते रे…जसरी मिलाएर आउनु !”
म्यासेजसँगै शरीर सबै डढेलोले छोप्यो।
उनको बिहेको पहिलो निम्तो मैले पाए
सायद,
त्यै दिन म मरेको भए आज ११ दिन हुनेथ्यो
था छैन,
यसलाइ बाँचेको भन्ने या मरेको..
यति कि,
आज कसारेसम्म पनि फोक्सो फुलाउँदैछु ।
आजको दिन…साँझ र रात…
अब अन्तिम अन्तिम हुँदैछ ।
“कृपया अन्तिम फोन उठाउ !”
“अन्तिम रात बोल !!”
“अनि अन्तिम शुभकामना लेउ !!!”
मेरा रून्चे म्यासेजहरू।
पिलपिलाउँदा स्वरमा भोल्टेज बिनाको उनको आवाज,
“म छोरी भएकै कारण हजुरलाई माया गरेँ।
म छोरी भएकै कारण कसैको बुई चढ्न बाध्य छु ।
अनि म छोरी भएकै कारण स्विकार्दै छु यी सब,
सम्हाल्नुस् आफुलाई, फेरी मलाई गाह्रो हुन्छ ।
अनि
फोटो पठाईदेको छु, फेसबुक खोल्नु ”
सायद सजिइ सकेका हातले आँसु पुच्दै भनिराछे…..
मसँग कुनै शब्द छैन,
छन् त यिनै आहाल दुई आँखाले बनाईदिएका ।
तर यी आहालमा जति पौडे नि मन पोलिरहने
र मुटु जलिरहने…
बनाईसकेपछि किन शान्तिसँग डुब्न नि दिँदैन मलाई ???
अधिकांश फोन रूवाइमा बित्छ,
मुटु फुत्किएर जाला झैँ गर्दैछ ।
अब,
जे भयो त भयो प्रिय!
……..दुखि कदापि नहुनु ……
अहिलेसम्मको सहयात्राको लागि हार्दिक आभार
माया भनेको स्वयंसेवा रहेछ, जहाँ त्याग र समर्पण हुन्छ ।
युद्ध भूमीमा तिमी खेदिएको बाच्छा झैँ नबन्नु,
रणभुमिको हिरो बनेर त म आउन सकिन,
तिमी जानुपर्ने गृहको संधै जगेर्ना गर्नु,
मलाई बिर्सिएर नि नसम्झ,
किनकि यादहरू बीभत्स र कहालिलाग्दा पनि हुन्छन!
म यिनै तर्साईरहने मसानघाटको मरूभुमिमा रमाउँनेछु,
र यिनै मृत आत्माहरूसँग बोल्नेछु ।
“शुभ बिवाह”
“ह्याप्पी म्यारिड लाइफ”
लेखक परिचय
नेपाली सहित्य लेखनमा नव प्रतिभाको रूपमा उदाएका पौडेल विशेषगरी कविता र गजल विद्यामा कलम चलाउने गर्दछन् ।