बिस्कुट धुल्यायर फेरि पिठो बनाउनु छ,
स्वाद सुरुदेखि नै मिठो बनाउनु छ।
गोधुली मा पुगेर घाम यसो सोच्दो हो,
एका बिहानै आफुलाई ठिटो बनाउनु छ।
काम गर्नै छाड्यो अब निर्यातित साबुन,
आफ्नै बारीमा तयार रिठो बनाउनु छ।
बन्छ यो मुलुक साच्चै समृद्धशाली बन्छ,
गति निकै कम भयो छिटो बनाउनु छ।
उत्तरार्धमा पुग्दा छोराछोरीले यसो सोचिदिउन्,
बाआमा बुढा भए खानामा लिटो बनाउनु छ।
लेखक परिचय
नवप्रतिभाका रूपमा उदाएका पौडेल सशक्त गजल लेखनमा सक्रिय छन्।