सन्तान याैटै रजबाट बन्छन्
छाेरा र छाेरी किन भेद गर्छन्
छाेरीहरू हाे अधिकार खाेस
आऊ चितामा अब अग्नि झाेस
याे रक्त नाता अनि जात गाेत्र
लाै शास्त्र भन्दे किन फेर्नुपर्छ
खुर्केर फ्याक्नु भ्रमपूर्ण लेउ
छाेरीहरू तर्पण पिण्ड देऊ
संस्कार स्थायी न अकाट्य हुन्छ
मान्छे यसैमा कति अल्मलिन्छ
वाधा बनेकाे विधि ताेड्नुपर्छ
छाेरी तिमी हम्मर बन्नुपर्छ
पाैडेर आगाे नतरी हुँदैन
पर्खेर तिम्राे दिन आँउदैन
हुङ्कार छेड्दै युग जुर्मुराऊ
छाेरी तिमीले ढिकुराे फुटाऊ
एक्लै हुनेछाै युगकाे सिपाही
छन् धारिला यी थितिका लडाई
संस्कारकाे दम्भ तिमी निभाऊ
छाेरीहरू हाे किरिया उठाऊ
पर्दैन सेता परिधान फेर्न
खाैरेर नाङ्गाे शिर त्याे उधार्न
विद्राेहकाे नाद बनेर आऊ
छाेरीहरू याे कुप्रथा हटाऊ।
लेखक परिचय
टीका आत्रेय को सिर्जनामा सामजिक कुरीतिमाथिको बिरोध र अन्यायमाथिको बिद्रोह बेजोड रूपमा पाईन्छ । उनका यस अघि मनको क्षितिज- गजल संग्रह २०६८, युगको सङ्घार-गजल संग्रह २०७५ प्रकाशन भइसकेका छन् भने भ्रूण प्रश्न- कविता संग्रह प्रकाशनको तयारीमा रहेको छ ।
कति सुन्दर कविता!