पोहोरको प्रणय दिवसमा,
औंलामा औंठी लगाई दिएर
हातमा गुलावको रातो फूल दिँदै
तिमीले भनेथ्यौ
ह्याप्पी भ्यालेन्टाइन्स डे
यसले हाम्रो मायालाई देखवार गर्नेछ,
किनकी–
पोहोर म आफू प्रेमीका हुँदै
तिमीलाई प्रेमी बनाएकी थिएँ ।
तर,
यसपालिको प्रणय दिवसमा
कचौरामा ज्वानोको सूप
र
हातमा नाइलनको रातो झुल दिँदै
तिमीले भन्यौ,
ह्याप्पी भ्यालेन्टाइन्स डे,
सूपले सरीरलाई तागत दिन्छ
झुलले मच्छ्डको छेकवार गर्नेछ ।
किनकी–
म आफु नवजात शिशुकी आमा हुँदै,
तिमीलाई छोराको बाबु बनाएकी थिएँ ।
अब,
म सोचि रहेछु
आगौंको प्रणय दिवस आएको
तिमीलाई थाहै हुने छैन ,
किनकी,
हामीले र्को एउटा संन्तान
थपिसकेका हुनेछौं
घर व्यवहारको आर्थिक चापले
तिमी थिचिएका हुनेछौ
तिम्रो मनले पर्व र दिवसहरु भुलेर
साँझ बिहानको हात मुख जोर्ने
सकसको निवारण सोच्न थाल्नेछ ।
अनि,
समयको सुईको पहरमा
तिम्रो नजरले जहिले पनि,
बाह्र बजेको मात्र देखिरहने छ ।
त्यसैले,
आगौंको प्रणय दिवसमा
तिमी लजाउने छौ–सर्माउने छौ,
तिम्रो उत्साहमा ह्रास आउनेछ ,
अनुभुतिमा प्रणय दिवसको उत्सर्ग
जीवनले भोगिसकेको हुनेछ
अन्तर्मनले अस्विकार गर्नेछ
औचित्य र सार्थकता
प्रणय दिवसको
सजिलै बोल्ने तिम्रो मुख
अक्मकाउनेछ बोल्न
ह्याप्पी भ्यालेन्टाइन्स डे ,
किनकी,
मेरो बैँश र यौवन
चैत्रमासको वनेलीमा
हिजोमात्र फक्रिएको कोपिला
आजै ओईल्याएरझैँ
लत्रिसकेको हुँने छ ।
अनि,
तिमी आफैँ पनि
प्वाँखमा चोट लागेको
अशक्त भँमरो झैं
भइसकेका हुनेछौं ।।
लेखक परिचय
साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने दुलाल युवा पुस्तामा प्रभावशाली लेखकको रूपमा उभिने एउटा गतिलो उदाहरण हुन् । उनी हाल पहिलो कथा कृती 'जूनको राप' प्रकाशन गर्ने तयारीमा छन् ।