तिमी फल्दै–फुल्दै जाउ
बिर्सिदेउ सारा वाचा अनि कसम
प्रगति पथमा बढिरहनु वेगले, गुनासो केही छैन
अझ मत सुषुप्त शुभकामना चढाईरहने छु ।
सम्झना तिम्रै मुस्कानको प्रत्येक क्षण अझै यहाँ
अनि डुबाइमा तिमै प्रेमको
थियो हाम्रो जोडी जस्तै, मुना–मदन
हाम्रो सबै बाटो, प्रेमालय
अनि प्रत्येक दिन, पहिलो प्रेम दिवस झैँ
थाहा छ मलाई केही अस्तित्वमा छैन् अव,
त्यसैले त प्रश्न यहाँ आफैलाई छ,
मृत अनुभूति कहिले
इतिहास हुन सकेन किन ?
किन मेरा आँखाले करोडौँ कस्तुरीे देख्दैन्न ?
शयद म केवल तिम्रोमात्र प्रेमी हु प्रिय , प्रत्येक जुगको
त्यसैले त आज पनि प्रेम दिवसमा नमागेरै अनुमति
डुब्दै छु तिम्रो यादमा अझै
कसरी देखाउँ प्रिय
शब्दमा प्रेमको भाव ?
तर
ठक्कर खायौ भने कहीँ कतै,
चोटहरुले झेले भने,
बन्द भए भने बाटाहरु,
निसङ्कोच आउनु फेरि पनि यो
प्रेमीको मनको मझेरीमा
हजारौँ जुग स्वागत छ तिमीलाई
लेखक परिचय
कवि सुशान्त कुमार वि.क. ले त्रिभुवन विश्वविद्यालय, काठमाडौंँबाट अंग्रेजी साहित्य र राजनीति शास्त्रमा एम.ए गरेका छन् । उनका रचनाहरू राष्ट्रिय तथा अन्तराष्ट्रिय अङ्ग्रेजी दैनिक तथा जर्नल जस्तै “द काठमाडौँ टाइम्स” “द हिमालयन टाइम्स,” “द रिपब्लिका” का साथै “द राइटर्स क्लव”, न्यूजर्सि, अमेरिका र सिंगापुरबाट प्रकाशित “बोडरलेस जर्नल” र भारतबाट प्रकाशित “इन्डियन पिरियोडिकल” मा प्रकाशित छन् ।