म खेलाडी बनेको दिन
खुवाउनेले यसरी सपथ खुवायो
शिरमा आमा राखिदियो
जीतमा प्रेमिका राखिदियो
र छातीमा स्वभिमान राखिदियो
मलाई लाग्यो अब मैले खेल्नै पर्छ
कहिले बाटोमा आँसु राखिदियौ आँसुसँगै खेलेँ
कहिले बाटोमा माया राखिदियौ माया सँगै खेलेँ
अहिले आएर मुटु राखिदियौ र पो संकटमा परेँ
यस्तो बेला तिमी नै भन,
म शिर चढाउँ कि स्वभिमान ?
लेखक परिचय
युवा पुस्तामा प्रभावशाली लेखकको रूपमा उभिने एउटा गतिलो नाम हो मिलन आचार्य । विशेष गरी कविता र गजल लेखन तथा प्रस्तुतीकरणमा सशक्त आचार्य समालोचनामा पनि उत्तिकै दख्खल राख्छन् ।
सटिक र दमदार कविता💐