तक्सङमाथि टल्किने फक्ताङलुङजस्तै
जन्मेदेखि देखेको हुँ मैले,
मेरो घरको आँगनीमा खमारीको रुख
पुर्खाहरुको पालादेखि बाँचेको
यो खमारीको रुखको फेदमा उभेरै
सिकाएका थिए बुबाले,
खुट्टा हल्लाउँदै च्याब्रुङ नाच्न मलाई
अहिले
उस्तै छ आँगन, घर र खमारीको रुख
तर बुबा छैनन्
बुबा नभएको रित्तो आँगनी छेउ
यो खमारीको फेदमा बसेरै सोचिरा’छु
यो रुखलाइ जोगाएर
मेरो इतिहासको साक्षी बनाउँ ?
या ढालेर च्याब्रुङ बनाउँ ?
लेखक परिचय
कवि सन्जित फलाना आफ्ना कविताहरूमा सिमान्तकृत बर्गको आवाज र सांस्कृतिक पहिचानका मुद्दाहरू प्रधान विषयका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।
प्रतिक्रियाहरु 1