पिरलो आफ्नो आफ्नो
पिरेकै छ, पिरलो !
पिरलो आफैसित छ
पिरेको छ कसैलाई
नुनले— नुन भुटुन तरकारी झ्वाँइ पार्ने कसरी
गुणले— तिर्ने होला के गरि
सुनले— थुपारियो लुकाउने के गरि
घुनले— सर्लक्क खान थालेको छ देह
निको पार्ने के गरि
छोड्नु त पर्छ नै संसार
तर मन बुझाउने कसरी ?
भन ए मायालु ! मनको पिरलो
मन— बहकिरहन्छ…थामौँ के गरि ?
लेखक परिचय
सरण राई साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने गर्दछन् । विशेषगरी कविता र लघुकथा लेखनमा सकृय राईका अन्तिम आयाम, नौरङ्गी (एक सय एक लघुकथा) प्रकाशित कृतिहरू हुन् ।