बाबुराम आचार्य
हुक्का चिलमको शरणै लिनाले। अल्छी गरी हर्दम सूतनाले।।
भन्दैन कोही उसलाइ मानिस। गर्नू पर्छ इलम भनेर जानेस्।।१।।
चेत्याँ बल्ल भुल्याँ र धन्जनमहाँ सारा उमेर् नाश् भयो।
दु:खमाथी दुख भो न एक्छिन बसी भक्त्ति हरीको भयो।।२।।
वृद्भै भैकन आज यो दुख सही कुक्कुर् सरीको बनी।।
घुम्छु दुखी भएर गल्लिबिच धिक्कार यो धन् भनी।।३।।
बाबुराम आचार्य
लेखक परिचय
इतिहास शिरोमणि बाबुराम आचार्य (१९४४-२०२९) इतिहास बिषयमा मात्र नभई नेपाली भाषा र साहित्यमा पनि उतिकै दखल राख्थे। ‘हाम्रो उदेश्य’, ‘काठमाडौ’, ‘रूपैयाँ र पैसा’, ‘मोतीराम भट्ट : एक संस्मरण’, पुराना कवि र कविता आदी उनको केही साहित्यीक लेख-रचना र पुस्तकहरू हुन् ।