चक्रपाणी चालिसे
सारा मनोरथ कथा हुन गै बिचारा
दारासुतादिहरूले गर्ने पुकारा ।।
आराम शून्य मनले त्यजी अस्रुधारा हाये राम!
रुन्छु कसरी म छुटाउँ भारा।।१।।
विद्वच्छिरोमणि रसिला प्रिय मित्रसाथ ।
शम्भुप्रसाद रसिला प्रिय मित्रसाथ ।
आनन्दसाथ गरुँला कहिले बात ।
भन्दै महेशसँग जोडी रहेछु हात।।२।।
चक्रपाणी चालिसे
लेखक परिचय
भक्तपुरको कटुन्जेमा जन्मिएका चालिसे (१९४०-२०१५)ले बनारसबाट संस्कृतको विशेष योग्यता प्राप्त गरी गोर्खा भाषा प्रकाशिनी समिति र गोरखापत्रमा समेत काम गरेका थिए । उनी नेपाली भाषा र साहित्यको राम्रो सेवा गर्ने व्यक्तित्वका रूपमा परिचित छन् ।