पुण्यनाथ लोहनी
१
सूधा सरी केहि युरोपि भाषा ।
टाप्टूप बोली युवतीकी आशा।।
मनमा धरी फेरि इ साथीलाई।
बोलाउँछन् “जेन्टिलम्यान भाई” ।।२।।
२
पवन बहेको छैन एैल्हे पियारी ।
त्यसरि कमल चल्दा हुन्छ शंका मलाई ।।
कि मउपर गरेका प्यारी संकेत हुन् ती ।
कसरी बुझुँ म संकेत सुन्दरी सुन्दरी ती ।।
फुलउपर अरु फुल् हुन्छ भन्दा मलाई ।
गफ झञित मलाइ लाग्दथ्यो प्यारी पैल्हे ।।
वदनरुप कमलमा फेरी नीला कमल ती ।
वचन मयूर हिड्छन् सुन्दरी सुन्दरी ती ।।
पुण्यनाथ लोहनी
लेखक परिचय
पुण्यनाथ लोहनी (१९५०-२००१) विशेषागरी कविता विधामा कलम चलाउथे उनी मोतिराम भट्ट भन्दा पछिका र लेखनाथ पौड्यालका समकालिन कवि का रूपमा चिनिन्छन् ।
वहाँ मेरो जिजुबा हुनुहुन्छ।पोस्टको लागि धन्यवाद