आफैलाइ भुलेर
यसरि लिप्त थिएँ म साधनामा
बनाएथेँ एउटा एकान्तको कुटि
र निषेध गरेथेँ आफैलाइ
जगाएथेँ तिम्रो सम्झनाहरुको धुनि
र बिर्सि दिएथेँ आफैलाइ
तिम्रो ध्यानमा एकाग्र भएर
गरेथेँ यस्तो तयारि
तिम्रो दर्शनको प्रतिक्षामा
मारेथेँ बर्षौँ पलेँटि
ताराहरु चम्किँदा रातमा
म तिम्रै सपना देखिरहेको हुन्थेँ
घाम उदाउँदा दिनमा
म तिम्रै कल्पना जपिरहेको हुन्थेँ
सोचेर तिम्रै बारे
भुलेँ कति भोक
भुलेँ कति तिर्खा
भुलेँ कति चैन,आराम
सम्झिन्छु –
तिमिलाइ पाउन
कति गरेछु मैले प्रेमको तपस्या !
लेखक परिचय
कवि सन्जित फलाना आफ्ना कविताहरूमा सिमान्तकृत बर्गको आवाज र सांस्कृतिक पहिचानका मुद्दाहरू प्रधान विषयका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।