नियाले नजिकैबाट आत्मा
जसको कुनै स्वरूप थिएन।
चल्छ चर्चा जगतमा
किन्ने कुनै मोल थिएन।।
मन्दिर, गुम्बा अनि चर्चमा
जहाँ बज्छन कोरा भजन ।
केवल यो थियो, जिउने आस्था
सार पाउने आशन थिएन।।
ईश्वरीय आत्मा हुन्छ दिन दुःखी दरिद्रमा
बास हुन्छ ईश्वरको त्यहाँ
सेवा भाव आउँछ आर्तनादबाट
दुःख शिरोपण गर्ने हुन्छ संस्कार जहाँ।।
दौडिन्छन् भौतिक सुख खोज्दै
कर्मकाण्ड गर्छन् पाप कमाउने
लोभ लम्पट भई आत्मिक सुख खोज्छन्
तर कर्म हुँदैन पुण्य कमाउने।।
लेखक परिचय
सुर्खेतका दीपक विक आफ्ना रचनामा सिमान्तकृत वर्गको आवाज लेख्न रुचाउँछन् । उनी Nepal Spiritual Knowledge Olympiad 2020का विजेता हुन् ।