भावना लुइँटेल
कानुन कागज, नीति कागज
शब्द कागज, कागज शब्द
मात्र केही अक्षर, हस्ताक्षर र
सरकारी छाप चाहिएको साथी
अनि त कालोलाई सेतो र सेतोलाई कालो बनाउने
जिउँदोलाई मुर्दा र मुर्दालाई जिउँदो बनाउने
मान्छे कागज
सपनाको घर कागज
के हो यो कागज?
दुनियाको अस्तित्व कागजै कागज
कहिले अखबार कहिले चिठी कागज
कहिले पुस्तक कहिले चङ्गा कागज
प्रेमको चिट्ठी कागजको
जागिरको पेशपत्र कागज
आन्दोलन र उत्सवमा झण्डा कागज
कतै शिक्षा उपलब्धिको प्रमाण पनि कागज
नाता प्रमाणित कागज
बाबू-आमा, छोरा-छोरीको प्रामाणीकरण कागज
कतै डिभोर्स प्रमाणत कागज
अस्तित्वको सबुत “नागरिकता”, कागज
जनताको कानुन “संविधान”, कागज
राहधानी र पासवर्ट कागज
के हो यो कागज?
हक अधिकार कागजै कागज
बनाउँछ पनि यही र गर्छ पतन पनि कागज
छिनमै बनाउँछ, छिनमै भत्काउँछ कागज
दिन्छ पनि र छिनेर लान्छ पनि खेतघर कागज
छिनमै बनाउँछ राजा छिनमै बनाउँछ माग्ने यो कागज
बालापनमा सपनाको घर कागजको
वर्षायाममा डुङ्गा कागजको
सपनाको चङ्गा कागजको
सपनाहरू टुटाउने कागज
आँखाको आँसु पुछ्ने पनि कागज
केही पनि हैन तर सबैथोक हो कागज
के हो यो कागज?
सारा सपना कागजै कागज
क्या अज्जब, क्या गज्जब चिज यो कागज
अदृश्यमयी रहस्यको भाैतिक तत्व यो कागज
पृथ्वी नै कागजमयी भएछ
सारा दुनियामा युद्द नै कागजको।
अचम्म लाग्छ के हो यो कागज?
सारा ब्रह्माण्ड नै कागजरूपी डुङ्गा
सारा संसार कागजै कागज !!
लेखक परिचय
नेपाली सहित्य लेखनमा नव प्रतिभाको रुपमा उदाएकी लुईटेल विशेषगरी कथा विधामा कलम चलाउँने गर्दछिन् ।