शैलेन्द्र साकारका दुई कविता
१. एक्लो
रूखझैं एक्लो जङ्गलमा
पातझैं एक्लो रूखमा
बाटोझैं एक्लो यात्रामा
अङ्गारझैं एक्लो चूल्होमा
किरणझैं एक्लो सूर्यमा
फूलझैं एक्लो बोटमा
बोटझैं एक्लो बगैँचामा
मानीसझैं एक्लो भीडमा
सरकारझैं एक्लो संसद्मा
ईश्वरझैं एक्लो मन्दिरमा ।
२. बादल
उमेरको साँघुरो भन्ज्याङ नाघेर
ओर्ले तल बादलसँगै
मधेस जस्तो सपाटो जीवनमा
जूट उम्रे जस्तै गरी, कान्ला, डीलमा
उम्रिरह्यो हो, विभिन्न रङ्गका बादल
इच्छाको आकाशमा ।
शैशैलेन्द्र साकारका दुई कविताशैशैलेन्द्र साकारका दुई कवितालेन्द्र साकारका दुई कवितालेन्द्र साकारका दुई कविता
लेखक परिचय
लामो समयदेखि नेपाली साहित्य जगत्मा योगदान पुर्याउँदै आएका शैलेन्द्र साकार चर्चित र स्थापित नाम हो । औपचारिक नाम शंकरप्रसाद श्रेष्ठ भए पनि साकार आफ्नो उपनामले नै चिनिन्छन् । ६ दशक टेकिसेकेका साकार अझै पनि बिभिन्न साहित्यिक संघ संस्थामा आवद्ध रहेर नेपाली साहित्य र कला क्षेत्रलाई सक्रियताका साथ योगदान पुर्याउदै आइरहेकाछन् । उनी साझा प्रकाशनका- सञ्चालक र अध्यक्ष, रेडियो नेपालमा- सल्लाहकार, नेपाल टेलिभिजनका- संस्थापक र प्रचार प्रसार प्रमुख, कृषि विकास वैंकका- सूचना प्रमुख, र छिन्नलता गुठीका- प्रवन्ध सदस्य समिति जस्ता जिम्मेवारीपुर्ण पदहरूमा रहेर काम गरे।
त्यसै गरि, बुट पालिस अभियान, अस्वीकृत जमात्, सडक कविता क्रान्ति र कथ्य काया कल्प (content metamorphosis) जस्ता स्मरण योग्य अभियानहरूको अग्र पंक्तिमा रहेर प्रतिनिधित्व पनि गरे।
साकार युगकवि सिद्वचरण श्रेष्ठ काब्य पुरस्कार( २०४९), छिन्नलता सम्मान (२०५८), अन्नपूर्ण सम्मान ( २०५८), हरिहर शास्त्री सावित्री देवी सम्मान (२०६७), भोजपुर वेलायत प्रतिष्ठान ( २०७०), सत्यमोहन जोशी महोत्सव सम्मान (२०७३), र देवकोटा काब्य पुरस्कार (२०७७) जस्ता सम्मान र पुरस्कारहरूबाट पनि अभिनन्दित भईसकेका छन् ।
उनको प्रकाशित कृतिहरु- शैलेन्द्र साकारका कविता(२०३६), कोलाज (कथा) (२०३६), कालपात्र र अरू कथा (२०३६), सर्पहरू गित सुन्दैनन् (२०३७), नाङ्गो तार लामो कविता (२०४७), रामायण र अरू कथा (२०५६), कवितामा अमेरिका (कविता) (२०६०), अमेरिका (नियात्रा र कविता) (२०६०) र हालै प्रकाशित संस्मरण भोजपुरे हुलाकीका सन्तान(हरू) रहेकाछन् । हाल उनी नयाँ बानेश्वर काठमाडौँमा बसोबास गर्दै आइरहेका छन् ।