दिपा मेवाहाङ राई दिपा मेवाहाङ राई दिपा मेवाहाङ सबेरै एक अञ्जुली घाम बोकी
निस्किएको समय
मेरै छातीको आँगन हुँदै गयो ।
म त्यतिबेला गुँडमा चिर्बिराइरहेका
कलिला रहरहरूको प्वाँख पलाउने
आशामा बसेकी थिएँ
त्यही आशाको बीउ रोपेर
कति फुले ?
कति फले?
या कति झरे ?
म भने अझै उसै गरी पर्खीरहेँ
वर्षौँवर्षको पर्खाइपछि
एक दिन मेरा रहरहरू
उडानमा निस्किए
अफसोच त्यतिबेलासम्म
धेरै ढिला भइसकेछ
समय धेरै अघि पुगिसकेछ
आज वर्षौँपछि
त्यही समयसँग भेट भएको छ
उ यहीँ छ
म यहीँ छु
हामी घाटमा एकअर्कालाई
नियालिरहेका छौँ ।
लेखक परिचय
कवि दिपा मेवाहाङ राई आदिवासी सौन्दर्यलाई प्रधान विषयका रूपमा आफ्ना कविताहरूमा प्रस्तुत गर्छिन् । उनी इतर आवाज साहित्य समाजसँग आबद्ध छिन् । समकालीन कथाकारहरूको संयुक्त कथासङ्ग्रह छकालैमा उनको कथा प्रकाशित छ भने फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित छन् ।
नेपाली भाषा साहित्यको संरक्षण र सम्बर्द्धनको लागि निरन्तरता दिइरहेका शब्दसोपानलाई बधाई र धन्यवाद। वर्तमान समयमा के कसो लेखिंदैछ आदि थाहा पाउने सबैभन्दा सहज माध्यमले विश्वसितै हामी दार्जिलिङेहरूलाई पनि जोडिदिएको छ। बहिनीनानी दिपाको कविता सुन्दर छ, बधाई । विजय मेवाहाङ राई
आहा !