प्निल स्वप्निल स्मृतिस्मृति स्वप्निल स्मृति
ओ ! मेरो प्रिय युद्ध !
अब हाम्रो बर्बर सहयात्रा टुङ्गिन्छ यहीँनेर
साक्षी छन्- स्वप्निल स्मृति
विकिरणले चपाइरहेका यी मान्छेहरू
अस्पतालमा भरिएका आकस्मिक कक्ष
सडकमा हताश दगुरिरहेका एम्बुलेन्स
मसानघाटमा थुप्रिरहेका लास
रित्तिँदै गएको सलाईको बट्टा र देश
यहीँनेर अन्त्य हुन्छ अब
हाम्रो रहस्यमय साँठगाँठ ।
आदिम दरबारअघिको
पछिल्लो सफल आत्मघाती विस्फोटसँगै
मध्ययुगीन ख्याकको निरीह गद्दीच्युतलगत्तै
वैज्ञानिक प्रविधियुक्त बङ्करमा भूमिगत
उत्तरआधुनिक तानाशाहको अपदस्तपछि
पूरा भएको छ अब तिम्रो भूमिका
ए युद्ध ! स्वप्निल स्मृति
मेरो साथी ! स्वप्निल स्मृति
यहीँबाट छुट्टिन्छ अब हाम्रो बाटो ।
जसरी आउँछ पत्तै नपाई भुइँचालो
आँधी, खडेरी, सुनामी या मृत्युलहर
तिमी आयौ मान्छेहरूबीच कहाँबाट कस्तरी
कि तिमी थियौ मान्छेहरूकै अवचेतनमा
कुनै अपराधीझैँ
कुनै सुराकीझैँ
अथवा पितृदेवझैँ
तिमीसित कसरी मोहित भए मानिसहरू
तिमी नै भयो उनीहरूको जीवनशैली
तिमी नै भयौ उनीहरूको पूज्यदेवता !
तिमीले के दियौ मान्छेहरूलाई ?
तिमी मान्छेहरूका आविष्कार
तिमी मान्छेहरूका प्रिय
मान्छेहरूले नै बनाए तिमीलाई त्यति शक्तिशाली
मान्छेहरूले नै बनाए तिमीलाई खुब सुन्दर
फगत् आँखा बनाइदिएनन् तिम्रो
र अन्धो भयौ
तर देख्छौ निहत्था चेलीबेटीको आतंककारी यौवन
र त चलाउँछौ बलात्कारका अनुपम श्रृङ्खला
तिमी पत्थर हौ तर प्रेमील !
मान्छेको मुटु हो तिम्रो परमाणु प्रयोगशाला
तिमी क्रूर हौ
ग्यास च्याम्बरमा थुन्ने मान्छेको आवाज
तर उत्तिकै सङ्गीतप्रेमी !
कमजोरलाई उत्तिकै घोकाउँछौ स्तृतिगानको लय !
तिमी धेरैथोक माग्छौ मान्छेसँग-
रगत, पसिना, आँसु र यौन
हुर्किँदै गरेका केटाकेटी
पेन्सनमा बसेका बूढा सैनिक
खाँदाखाँदैका गाँस
के सबैसबै थोक गुमाएर
मान्छेका शरणमा आएका हौ तिमी ?
तर अलिकति मस्तिष्क नमाग्ने
नमाग्ने अलिकति रैथाने मन
मान्छेले नै बनायो तिम्रो त्यस्तो मस्तिष्क ?
ओ मेरो प्रिय युद्ध !
यहीँनेर टुङ्गिन्छ अब हाम्रो पाशविक सहवास
साक्षी छन्-
क्षेप्यास्त्रले घाइते आकाश
धरापले छेडिएका बाटा
आगोले जलेको सहरको अवशेष
अब सकिँदैन सँगसँगै हिँड्न योभन्दा उता ।
अलेग्जेण्डर महान् निदाउँदा
किन चुपी र इलियड सिरानी हाल्थे ?
त्यो खुन कस्को थियो ?
जन्मदै चँगिज खाँको हातमा लतपतिएको…
के त्यो अक्टोभियन सर्प थिएन ?
जसले चुस्यो क्लियोपेट्राको अन्तिम सुन्दरता
किन झुन्डिएर मरिन् जोकास्टा ?
किन आँखा फुटायो इडिपसले ?
किन बलात्कृत भइन् मेरी बहिनी ?
युद्ध ! तिमीले सोच्नुपर्थ्यो !
हिटलरको आत्महत्यापछि
पोलपोट, पिनासे, इदि अमिन, बोकासा जन्मनुअघि
वा सद्दाम हुसेनलाई मृत्युदण्ड नभई
सेप्टेम्बर एघार नआई
या ओसामा विन लादेन नजन्मी
कुरान, बाइबल र पुराणमा ईश्वर पस्नुपहिले
कम्तीमा पनि बुद्ध जन्मनेबित्तिकै
तिमीले थुक्नुपर्थ्यो आफ्नो कुरूपता
पुनर्विचार गर्नुपर्थ्यो आफ्नो चरित्र
आत्मदाह गर्नुपर्थ्यो तिमीले
तर तिम्रै क्रिडाभूमि भयो आजसम्म मेरो देश
तिम्रै प्रशस्तीले भरियो मेरो इतिहास
तिम्रै लागि जन्मेजस्तो भएँ म !
ओ युद्ध !
ओ हिँस्रक थोक !!
अब तिमीलाई यहाँ रहने अधिकार छैन
अब तिमी यहाँ रहनुमा कुनै सौन्दर्य छैन
जाऊ- अघिल्तिर रगतको समुद्र छ
यदि म युद्ध भए
त्यहीँ हामफलेर आत्महत्या गर्थेँ
सक्छौ भने तरेर आऊ
नसके त्यहाँ-
कङ्कालको लामो झोलुङ्गे पुल छ, चढेर जाऊ
विदाई छ मेरो प्रिय युद्ध !
मेरो दुश्मन !
यहीँनेर समाप्त हुन्छ अब हाम्रो सम्पूर्ण सम्बन्ध
अब हामी छुट्टिँदै छौँ
अब हामी टाढा टा…ढा.. हुँदैछौँ
अब हाम्रो भेट हुन्न होला
अब हाम्रो भेट नहोस् पनि
बा, फेरि हाम्रो भेट हुने हो !!!
लेखक परिचय
साहित्यिक आन्दोलन सामान्य बहुरंगवादका प्रवर्तक स्वप्निल स्मृति प्रसिद्ध समकालीन कवि हुन् । बहुरंगवादको सैद्वान्तिक धरातलमा टेकेर लिखिएको उनको पहिलो कविता सङ्ग्रह 'रङ्गैरङ्गको भीर'ले नेपाली साहित्यमा उत्तरआधुनिकताको लहर ल्यायो । सीमान्तकृत, आदिवासी, अल्पसंख्यक आदिको सांस्कृतिक-सामाजिक पहिचानका मुद्दालाई प्रमुख विषयका रूपमा उनका कवितामा पाउन सकिन्छ । लिम्बू जातिको सभ्यता, ईतिहास र मिथकको प्रभाव पनि उनका रचनाहरूमा पाइन्छन् । 'रङ्गैरङ्गको भीर' र 'बाडुली र सुदुर सम्झना' उनका प्रकाशित कविता सङ्ग्रह हुन् ।