सुमन ल्वागुन क्षितिज
हाहाकार खडेरीमा
धेरै टाढाबाट
चुच्चोले च्यापेर ल्याएकाे
अलिकति हिलाे
कतै टाढाबाट ल्याएकाे
झ्यासकाे साना त्यान्द्राेहरू
टक-टक घरकाे सरामा टाँसेर
एक जाेर गाैथली
अाफ्नै सुन्दर संसार बनाउँदै छन्
गाैथली जाेडीकाे प्रेमिल अाकाश
दुवैको उत्तरदायित्वले भरिएकाे छ
गाैथली जाेडीमा कुनै लैङ्गिक भेद छैन
अभावकाे खडेरीले पिर्नुपिरेकाे छैन
अाफ्नाे घर चलाउन विदेशीने बाध्यता छैन
गाैथली जाेडीमा अधिकारकाे अावाज माैन छ
थाहा छैन तिनीहरूलाई देशकाे संविधान
तिनीहरूबाट ऐनकानुनहरू बेखबर छन्
अावश्यक पर्दैन तिनीहरूलाई माैलिक हक
थाहा छैन तिनीहरूलाई डिसेम्बर दस
थाहा छैन अन्तराष्ट्रिय सन्धि-महासन्धि
तरपनि गाैथली जाेडीकाे जीवन
जूनजस्तै सुन्दर छ
घामजस्तै छर्लङ्ग छ
पखेटा फर्फराउन्जेल
श्वास चलुन्जेल
गाैथली जाेडीकाे प्रेम
गुलाफ जत्तिकै मुस्कुराइरहेकाे छ
त्यसैले गाैथलीहरूकाे अदालत छैन
जहाँ सम्बन्ध विच्छेद मुद्दा दर्ता हुँदैन
फिराद दिएर मिलापपत्र भएपछि
गाैथली जाेडी अा-अाफ्नाे बाटाे कहिलै लाग्दैनन्
बरू,
अाफ्ना बचेरालाई प्रतिबद्ध गराउँछन्
तिमीहरू यहि घरमा फर्किअाउनु है
हामी त अब कहिलै फर्किअाउने छैनाैँ
त्यहि गुडबाट
अाफ्ना बचेराहरू भुर्र उडाएर लानुछ
धेरै टाढाकाे गन्तव्यसम्म
अाफ्नाे जीवन त्यतै अन्त्य हुनेछ
अाफ्ना बचेराहरूलाई
अाफैँले काेरालेकाे गुँड भएसम्म फर्काउनुछ
हामीले जसरी तिमीहरूले पनि
यहाँसम्म अाफ्ना बचेराहरू लिएर फर्किनु है
म भने यतिखेर
कुनै ज्ञान गंगाकाे किताब पढे जसरी
ध्यानमग्न कुनै कुरा मनन् गरे जसरी
गाैथली जाेडीलाई नियालीरहेकाे छु
प्रेमलाई ऐनकानुनकाे दाम्लाेले बाँधियाे भने
संस्कारकाे पर्खालले घेर्याे भने
वर्गकाे डाेकाेले छाेप्याे भने
जातकाे तगारोले छेक्याे भने
असमानताकाे अाँखाले देख्याे भने
प्रेमले बगरकाे ढुङ्गाले जस्तै दुखाउँदोरहेछ
काँडाले जस्तै बिझाँउदोरहेछ
धारिलो छुराले जस्तै मुटु रेट्दाेरहेछ
काटेकाे घाउमा नुनले जस्तै चर्याउँदोरहेछ
प्रेम त यस्ताे पाे हाेस्
गाैथली जाेडीकाे जस्ताे हाेस् ।
सुमन ल्वागुन क्षितिज
लेखक परिचय
मुख्य रूपमा गजल र कविता लेखन तथा प्रस्तुतिकरणमा सशक्त क्षितिज रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतिमा पनि उत्तिकै दख्खल राख्छन् ।