जीवन कुमार क्षेत्री छोरी हुँ
मलाई भय छ
छोराको अनि छुराको
त्यसैले छोरी भएर बाँच्नुमा मलाई
पीडा छ !
छोरी हुँ
मलाई रोक छ
समाजको अनि रीतिको
त्यसैले….!
मलाई मेरो स्वतन्त्रतामा
दाग छ !
छोरी हुँ
रोकिन्छ मेरा स्वर
रुन अनि कराउन बाध्य छु
त्यसैले…
मलाई विभिन्न आरोप
लाग्दछ !
छोरी हुँ
शिक्षा अनि व्यवहारलाई हेर्दछु
समाज-मानवतालाई सम्झन्छु
त्यसैले…
सङ्कुचित समाज, असभ्य
लाग्दछ !
छोरी हुँ
बाँचेको छु केवल, श्वास मात्र छ,
जीवन र मृत्युको दोसाँधमा
त्यसैले….
व्यर्थ लाग्छ जीवन
जिउन !
लेखक परिचय
जीवन कुमार क्षेत्री पश्चिम सिक्किमका नवोदित प्रतिभा हुन् । उनी साहित्यका विभिन्न विधामा कलम चलाउछन् ।