प्रिया सुनुवार
स्विकार्नु खोजे आज यो परिस्तिथिलाई
स्विकार्नु खोजे एउटा अमूर्त सोचलाई
म हुँ कि हैन त्यो रूप: मलाई थाहा छैन
स्विकार्नु खोजे त्यो वस्तविक्तालाई
सक्दिन पुरा गर्न तिम्रा इच्छा आकांक्षा सायद
सामान्य नै त हुँ आखिरमा म पनि
लिन दिन केही नभए पनि
बसेका छन् कयौं प्रश्न र मौन बनी तिनका उत्तर
बाँच्न चाहन्छु एउटा यस्तो संसारमा
जहाँ राख्न नपरोस् आशा कसैमाथि
आशा नै त रहेछ डुबाउने ढुङ्गा आखिर
जुन टाढा बाट हेर्दा छ जति
बसुन् ती अपुरा सोच मस्तिष्कको एक कुनामा
फेरी खेलाई, कोट्याउँदै दुखाउनु किन कठै यो मन
कि पुगेन र यत्रा कठिनाइहरूले ?
र दिँदै छौ दु:ख आफ्नो सोचलाई
बस ! बरु थपक्क भुईँमै, बस !!
र हराउन देउ ती सारा सोचलाई
जसले बाँधिरहेका छन् तिमीलाई
अँगाल बरु आफैलाई
एकछिन भए नि तिम्रो पिडा हलुको हुनेछ
हराउ बरु आफैमा
एकछिन भए नि तिमी आफैमा रमाउने छौ । प्रिया सुनुवार
लेखक परिचय
पेशाले कंटेंट राइटिंग गर्ने प्रिया सुनुवार आफ्नो अन्तरमनको आवाजहरू अभिव्यक्त गर्न कविता लेख्ने गर्छिन् ।