१) सडक कविता
टन्न खाएर डकार्दै शासक,
कान थुनेर सुतिरहन्छ ।
साहुलाई बुइ बाेकी भरिया,
उकालाे, पसिना, ठस्ठस् कन्छ ।
देखी यी सब असह्य भई,
कवि सडकमा कविता भन्छ,
भाेका, नाङ्गा, दलित, पिडित
सबैकाे साझा देश कहिले बन्छ ?
२) सामूहिक आत्महत्या
तिमी
लुछाचुँडीले भत्किनै लागेकाे
कुर्सी ल्याउ ।
मसँग
पहिल्यैदेखि घाँटीमा
अभाव र असन्तुष्टिकाे
मक्किनै लागेकाे
डाेरी छ ।
आउ
घरभित्रै
सामूहिक आत्महत्याकाे
सहमति गराैँ ।
३) ग्रिनेड
सानाे,
तर घातक।
शान्त
तर बिस्फाेटक ।
मुठ्ठी जत्राे
तर खँदिलाे ।
गाेजीमा आजभाेलि
ग्रिनेड बाेकेर हिड्छु।
पिन थुतेर
दाँत काेट्याउँदै
जीवन झ्वाट्टै छाेट्याउन सक्ने
सामर्थ्यकाे अनुभूतिले
मलाई मुक्ति दिन्छ
मृत्यु भयबाट
मलाई जुक्ति दिन्छ
जीवन बाँच्ने
नाच्ने
डीजे म आँफै ।
४) बाघचाल
एउटा कुरा
बाघचाल खेल्याछाै ?
सिधासिधा गाईपछाडि गाई लागे,
चारैवटा बाघ थुनिन्छ ।
र, अर्काेकुरा
जब ब्वाँसाे राजा चुनिन्छ
जङ्गलमा
मृगहरूको मुर्दावाद सुनिन्छ ।
लेखक परिचय
काठमाडौँका आर्यश शर्मा घिमिरे साहित्यमा कविता, गजल, मुक्तक र आख्यान विधामा कलम चलाउँछन् । उनी साहित्य मञ्च नेपालका अध्यक्ष र मार्क्सवाद अध्यन समूहका संस्थापक सदस्य हुन । प्रतिबिम्ब (कविता सङ्ग्रह) घिमिरेका प्रकाशित कृति हो ।