भावना लुँइटेल भावना लुँइटेल
माैसम चलिरहेछ मृत्युको मानव दुनियामा
‘कोरोना’ नामको अदृश्य भाइरसको
कोलाहल छ चारैतिर
अनिश्चित छ जीवन
भयभित मानसिकता
बदलिँदैछ मानव बस्ती
तर समय निरन्तर बगिरहेछ
प्रकृति एकनाशले बहिरहेछन्
डुबिरहेछिन् प्रेमको दुनियामा
मानव दुनियाबाट टाढा
बेग्लै अलग्गै
शान्त निरन्तर यात्रामा
बदलिएको छैन केही
घाम डुबिरहेको छ प्रकृतिको शान्त छायाँमा
हर बिहानी
प्रकृति त निलो खुल्ला आकाशलाई प्रेम गर्छिन्
डुबिरहेछिन् आकाशको प्रेममा
नियम निरन्तर चलिरहेछ
एक प्रेमीले प्रेमिकाको यादमा
दुनिया भुलेझैँ
भुलिरहिछिन् प्रकृति आफ्नै दुनियामा
प्रेमिको अगाडि प्रेमिकाले
प्रेमिकाका अगाडि प्रेमीले होस गुमाएझैँ
अाकाश लिप्त हुँदैछ प्रकृतिमा
प्रकृति लिप्त हुँदैछिन् अाकाशमा
बादल गर्जिगर्जि पानी परिरहेछ
पोखिईरहेछ प्रकृतिमा
पानिको छिटाछिटाले धर्ती बाफिइछिन् र
उडिइरहेछिन् फेरि अाकाशसँ मिल्न
सामीप्यताको अतृप्त अदृश्य चाहनामा।
प्रकृतिको यही नियम हाबी छ मानव जीवनमा
टाढा रहेका प्रेमी प्रेमिकाले, पती पत्नीले
आफ्नो मायालुको यादमा
निरन्तर फोन कलबाट माया साटे झैं
कलले मात्र नपुगेर
भिडियो कलमार्फत भए पनि
सँगै भएको आभाष महशुस गर्ने मन भएझैँ
आकाशलाई पनि मन छ होला
प्रेमिका प्रकृतिलाई भेट्ने
र त हेर संकेत दिईरहेछ माथिबाट निरन्तर
अाकाशलाई पनि मन छ होला
प्रकृतिकोको सामिप्यता महशुस गर्ने उनैमा डुब्ने
अनि त बिजुली चम्केसँगै गडगडाहटबाट
भेट्नको आतुरताले झर्दैछ धर्तीमा
बनेर वर्षा मेघ गर्जनसँगै
प्रेमको कति मीठो कृडा चलाईरहेछिन् प्रकृति
सामीप्यताको यो कति मीठो आभास
मानव शरीरमाथि प्रकृतिको यो कस्तो नियम ?
जीवनको वेग चलाउन
मानव सभ्यताको विकासकालागि
आकर्षण विकर्षणको
र सामीप्यताको नियमले बाँधिनै पर्ने
धन, ध्रुब र ऋण ध्रुबले विद्युत चलेझैँ
चलेको छ मानव जीवन
अाकर्षण, विकर्षण र प्रेमको नियमले
यही नियम बाँधेकि छिन प्रकृतिले
मानव जीवन उत्पतिका लागि
विकासका लागि अनि विनाशकालागि पनि
वास्तवमै प्रकृति कति शक्तिशाली छिन् ?
सारा संसार निदाईरहेछ प्रकृतिको काखमा
अचेतन अनि मुर्छित भएर
हरेक तत्वलाई कसेकी छिन् आफ्नो मुट्ठीमा
भाैतिक र जैविकबीचको यो कस्तो नियम प्रकृतिको?
आज समुद्रमा सुनामी आएझैँ
तुफानी वेगको छालमा डुबिरहेछ मानव जीवन
बाँधिएको छ प्रकृतिको नियममा
उम्कन सक्दैन कसैगरि
जीवन र मरणको दोसाँधमा लडिरहेछ आज
धार्मिकता र भाैतिकवादबीचको लडाइँ चलिरहेछ
प्रकृति शान्त देखिन्छिन्
लिप्त छिन् आकाशको प्रेममा
चलाईरहेछपन् आफ्नो दुनिया
तर आक्रोशित छिन् मानिसमाथि
जसले प्रकृतिको काखमा हुर्कि
उनैको विनासको खेल खेले
शक्ति र पैसामा समाजलाई खण्डित बनाए
र त खेल खेलिरहेछिन प्रकृति मानव सभ्यतामा
एक अदृश्य भाइरसको खेल
मानवलाई पाठ पढाउन
चेतनाको बत्ती बालिदिन
बाँधिएको पट्टि खोलिदिन
अन्धोभक्तिबाट मुक्ति दिलाउन
स्व:को खोजी गराउन
अनि बाँच्न सिकाउन।
लेखक परिचय
नेपाली सहित्य लेखनमा नव प्रतिभाको रुपमा उदाएकी लुईटेल विशेषगरी कथा विधामा कलम चलाउँने गर्दछिन् ।