थाहा थिएन प्रेमको बाटो मलाई
शायद, बाटो नै प्रेमालय थियो
त्यसैले त अन्जानमै ठोकिएका
हाम्रा हातका औँलाहरूले आँखा हुँदै
हृदयसम्मको यात्रा गर्न पुगे
अनि बन्यौँ हामी, स्वतन्त्र पन्छी
र भत्कायौँ लाजको घुम्टो । सुशान्त कुमार वि.क.
प्रेम हो, सहअस्तित्वको खोज र
जोडी हामी, मुनामदनसरि,
भनी–बनाई, देखायौ हजारौँ सपना,
र चुडाल्यौ सुन्दर शिरीषको फूल
र बसाई मनमा घना बस्ती,
अरे निर्दयी, ओ बैगुनी,
पानीको घामसरि हरायौ किन? सुशान्त कुमार वि.क.
किन बनायौ ? प्रेमालय बाटोलाई प्रयोगशाला ,
किन दियौ ? एभरलभलाई समरलभको अर्थ ।
हो, अब, बिर्सिएर प्रेम नगरी
जलाएर यसका दस्तावेज
रोक्नुछ, अविरल आँसुहरू मैले पनि
बनाउनुछ, मन –एउटा पत्थर
र त्यही पत्थरले नै बनाउनुछ बलियो अस्तित्वको घर ।
लेखक परिचय
कवि सुशान्त कुमार वि.क. ले त्रिभुवन विश्वविद्यालय, काठमाडौंँबाट अंग्रेजी साहित्य र राजनीति शास्त्रमा एम.ए गरेका छन् । उनका रचनाहरू राष्ट्रिय तथा अन्तराष्ट्रिय अङ्ग्रेजी दैनिक तथा जर्नल जस्तै “द काठमाडौँ टाइम्स” “द हिमालयन टाइम्स,” “द रिपब्लिका” का साथै “द राइटर्स क्लव”, न्यूजर्सि, अमेरिका र सिंगापुरबाट प्रकाशित “बोडरलेस जर्नल” र भारतबाट प्रकाशित “इन्डियन पिरियोडिकल” मा प्रकाशित छन् ।