खेम बतास खेम बतास
पापा हेरे झैँ आश लाग्दा नजरले हेरिबसेका लख्खिमीहरू
कहिले पूच्छरले, कहिले दाँया र वाँयाका हात खुट्टाले
जिउभरिको विकल चिलाइ, र लुता दादहरू मेटाउँन
ख्चुिरहन्छन् र विउझाइरहन्छन्
जिऊभरि रगत चुसिरहेका
अङगप्रत्यङगका परजिवी किर्नाहरूलाई
किर्ना भनेका आखिरमा किर्ना नै रहेछन् ।
चाहे, चेहेरा र उत्पतिको उद्भव फरक भएपनि
रगत चुस्नु नै यिनको धर्म
यि अनेक रुप र जातका किर्नाहरू
रगत पसिना चुस्न पाएपछि
मरन्च्वासेबाट रातारात खाइलाग्दा बन्दछन्
उमरी र उपिँयाबाट एकाएक र्किनामा बदलिन्छन् ।
किर्ना भनेका/किर्ना नै रहेछन् ।
लख्खिमीका रौँका ओतमूनि बसि
विलासिताका डुङ्गामा सयर गर्दै विताउछन् वर्तमान ।
यिनीहरू पिठ्यूमा चढ्दा
पुस्तौँपुस्ता पुग्ने रगत पसिना चुसिरहन्छन्
र, त्यही सम्झिन्छन आफ्नो स्वअस्तित्व
तर, जब खस्दछन् त्यँहाबाट
फगत पानीका फुल्काजस्ता
आत्मपराजित मनोवृतिले नतमस्तक हुन्छन भुईँमा ।
किर्ना भनेका एकहदमा किर्ना नै रहेछन् ।
बास्तवमा किर्ना भनेका सक्कली किर्ना नै रहेछन् ।
यिनले साना बाच्छाबाच्छी
र, छाउराछाउरी पनि चिन्दैनन् ।
चिन्दैनन् खेत जोतेर लोति खुसेको बुढो बल्ल नै ।
तेह्र बेती बसेको कौँहाडे गाई नै किन नहोस् ?
स्वार्थ लुटि छोड्छन् यि किर्नाहरू ।
किर्नाहरू एकोहोरो खान्छन् मात्र
दिन जाने कै हुँदैन
त्यसैले बुढापाका भन्नुहुन्छ, “किर्नो हगौ कि मरौँ ”
र्किनाले खान्छ मात्र दिन जानेकै हुँदैन ।
विकरी चिज नै किन नहोस ?
जब उ दिन्छ बदलामा जीबन बलिदान भएको सम्झिन्छ ।
तर पनि हामी मुर्ख मान्छे समाजका एकथरि किर्नाहरूलाई केही मागीरहन्छौँ ।
उनीहरू देशजस्तो लख्खिमीलाई एकोहोरो चुसिरहन्छन् ।
खुरापाति किर्नाहरू दिन मान्दैमान्दैनन् ।
किनकी किर्ना हगे पछि मरिहाल्छन् ।
किर्ना भनेका वास्तबमा किर्ना नै रहेछन् ।
डोटेली भाषाका शब्दको अर्थ
लख्खिमी : बस्तुभाऊ/ गाई गोरु
बल्ल : गोरु