सन्देश सुब्बा सन्देश सुब्बा
अब,
बजाउँदै च्याब्रुङ
फलाक्दै मुन्धुम्
गरौँ– थक्थामा ।
च्याङ् धुम् … धुम् …
च्याङ् धुम् … धुम् …
हिम् थक्थाम्थाम् …
हिम् थक्थाम्थाम् …
जुक्तिले उभ्या’को घरमा
किन बार–बार लागिरहन्छ, धमिरा ?
कि, फेरि खस्यो
मूलखाँबोको खाडलमा
खाप्पुना मेन्लन्हाङ्माको कपालको थाक्रा ?
हामी :
पाजाइबा
पान्तुम्याङएकैछिन थामिराख्न नसक्दा– खाँबो
तेन्तुम्याङ
खाडलभित्रै किचिइन् मेन्लन्हाङ्मा ?
र
भइन्, सेअक्लुङ अक्वानामा ।
नत्र त
पटक–पटक नखानुपर्ने हो, धमिराले घर ।
मूलखाँबो
नमक्किनु पर्ने होदलिन
डाँडाभाटा
राखिएकै हो– त्तुत्तुतुम्याङ
छोइएकै हो– माटो
गरिएकै हो– वाचा
कि, कहाँनेर पुगेन मुन्धुम ?
र
खुसी हुन सकेनन्, लुङ्देनहाङ्बा र फुङ्देनहाङ्बा ?
कि, प्रवेश गरे घरमा
छद्मभेषी
षडयन्त्रकारी
उत्तरआधुनिक धमिराहरू ?
लु ! फेरि एकखेप्
बजाउँदै च्याब्रुङ
फलाक्दै मुन्धुम्
गरौँ– थक्थामा ।
च्याङ् धुम् … धुम् …
च्याङ् धुम् … धुम् …
हिम् थक्थाम्थाम् …
हिम् थक्थाम्थाम् …
जसरी उभ्याउँनु छ– सभ्यताको घर ।
लेखक परिचय
फेदेन–६, पान्थरका सन्देश सुब्बा साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय छन् । आगोको सौन्दर्य (कविता सङ्ग्रह), २०७३,सम्झनाको आँधी (गजल सङ्ग्रह), २०७८ उनका प्रकाशित कृतिहरू हुन् साथै फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् ।
सम्पादन: लाःसाङ् साहित्यिक त्रैमासिक (पान्थर),
शब्द–साँघु साहित्यिक द्वैमासिक (पान्थर),
कलमजीवि (नेपाल पत्रकार महासंघ पाँचथर शाखाको स्मारिका) २०७८,
पुरस्कार: विश्वव्यापी खुला अनलाइन कविता प्रतियोगिता, २०१४ मा प्रथम पुरस्कार,
पूर्वाञ्चलस्तरीय खुला कविता प्रतियोगिता, २०७२ मा द्वितीय पुरस्कार,
नगर बिकास पत्रकारिता पुरस्कार (फिदिम नगरपालिका), २०७३
आबद्धता: याक्थुङ लेखक सङ्घ, केन्द्रीय कार्य समिति (सदस्य),
संघीय लेखक मञ्च, केन्द्रीय कार्य समिति (सदस्य),
लिम्बुवान स्टडी सेन्टर, सुम्हात्लुङ च्याप्टर (सदस्य),
पान्थर गजल मञ्च, पान्थर (अध्यक्ष),
याक्थुङ मुन् चइत् चोक सयङ्, पान्थर (अध्यक्ष),
नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश नं. समिति (सचिव)
लिम्बू पत्रकार सङ्घ, केन्द्रीय कार्य समिति (सदस्य)