एउटा फकिरकाे बकपत्र !
याे देश !
याे जमिन !
याे आकाश !
याे जल !
याे धरती !
याे धरा !
सबैसबै मेराे भएन किन ?
र, हुने छैनन फेरि
एकाध शताब्दी ।
इतिहासकाे रक्तरञ्जित पानामा
बगाए पनि मेरा दर सन्तानले रगत
त्याे रक्तरञ्जित इतिहास तिम्राे मात्र भयाे फगत
तिम्राे मात्र भयाे फगत,
फगत तिम्राे मात्र !
किनभने
हरेक पटक नाप्दा सगरमाथाकाे उचाई
काेशी, कर्णाली र गण्डकीकाे गहिराई
नाप्दै नापेनाै याे देशमा विभेदकाे पाराे
लाउदै लाएनाै दीनहरूकाे मनमा फेद्माे मिटर ।
तिम्राे राज्यकाे व्यवहारले
कति गहिराे दु:खेकाे छ
अछुतहरूकाे मन भनेर !
आफ्नै भूगाेल
आफ्नाे नहुँदा
आफ्नै सगरमाथाकाे उचाई भन्दापनि
उच्चिन थालेपछि कुसंस्कार
झाङ्गिन थालेपछि विभेदकाे झाङ
मडारिन थालेपछि असमानताका बादल
आफ्नै बालसखा लङ्गाैटियाले
देख्न थालेपछि अछुत !
देख्न थालेपछि पराई
भन !
तिमी मेराे प्याराे मान्छे
मैले तिमीलाई कसरी विश्वास गराै
मैले तिमीलाई कसरी छुत मानाै !
म मलाई छुत मान्छु
मेरी आमालाई पनि छुत मान्छु
म मेराे धरालाई छुत मान्छु !
ठीक विपरित
तिमी ! म, आमा र मैले टेकेकाे धरातललाई समेत
अछुत मान्छाै !
भन साथी तिमीले अछुत मान्दामान्दै
तिमीलाई म कसरी छुत मानाै ?
आऊ साथी !
हात मिलाउँ भन्छु म !
तिमीले गरेका विभेदकाे लम्वाई
इन्चइन्चमा नापेर राखेकाे छु मैले !
र, तिमीले देखाएकाे हर्कतकाे हिसाब किताबकाे
फेहरस्ति !
लेखेर राखेकाे छु सानाे डायरीमा ।
तिमी ! मेराे प्रस्ताव छन स्विकार !
एउटा प्रस्ताव !
तिमी हामीलाई अछुत नभन
अर्काे प्रस्ताव !
हामी पनि तिमीलाई अछुत भन्छाै !
यी दुईमा
एक राेज साथी छिनाेफानाे गराैँ
आजै हरेक सम्बन्धहरूकाे !
आखिर तिमी पनि फकिर हाै प्रकृतिकाे
म पनि फकिर हुँ प्रकृतिकै ।
फरक केछ र ? फकिरहरूमा ।
लेखक परिचय
भोजपुर जिल्ला टेम्के, मयुङ गा.पा. ८ गोगनेका टीएल विश्वकर्मा शिक्षक हुन् ।
धन्यवाद शव्दसाेपान डटकमलाई ।