एक दिन-
समय यात्राको चक्रब्यू
पुग्नेछ महाशून्य बिन्दु नजिक
छुट्ने छन् जीवनसित मेरो प्राणहरू
उड्ने छन् मेरो स्वास
आवाजहिन हुनेछ आवाज
बन्द बन्द बन्ने छ आँखाहरू
प्रभाव पार्ने छैन प्रकृतिको कुनै मिठो धुनहरूले
अनुभूत हुने छैन् कुनै बदलिन्दो मौसमको
रम्ने सक्ने छुइन् मिठो संगीतको सुरहरूमा
छुने छैन सुन्दर कविताको लाइनहरूले
आभास गर्नेसक्ने छुइन् तिम्रो प्रेम
एक दिन-
जीवनको लिला समाप्त हुनेछ
उड्ने छन् मभित्रको अहमता
हराउँने छ मभित्रको लोभ
रहने छैन मभित्रको घृणा
मृत्यु हुनेछ मभित्रको प्रेमहरू
रहने छैन् मभित्र रहेको चेतना
बाँच्ने छन् सिरिफ बाँकी सम्झनाहरू
एक दिन-
जीवन प्रेम हो, प्रेम जीवन हो ठानेर
प्रेम गरेको हुँ मैले तिमीलाई
जुन दिन तिमीमा ब्यग्रता टुसायो
त्यसपछि
डसेको छ हरेक एकान्तले मलाई
निमोठेको छ छटपटिको कालो रातहरूले
रूझेका छन् निरस, विरस्तामा आँखाहरू
भएका छन् मौनता मेरो सारथी
सोध्छन् जूनहरूले ट्युरी गरेर – ए लाचार. . ?
जिस्काऊदै जान्छन् अवाक्क कविताको हरफहरूले
एक दिन-
जीवनबाट प्राणहरू छुटेर टाढा हुनेछु
तर
इन्द्रेणीको रङ्गभित्रबाट तिमीलाई चियाइरहेको हुनेछु
तिम्रो ओठमा मुस्कान छर्न फूलहरू माझमा आउने छु
वतास वनेर तिमीलाई वलिष्ट स्पर्श गर्न आउने छु
बर्षाद वनेर तिम्रो शरीरको अंगअंगमा चुम्ने छु
ताप बनेर तिमीलाई न्यानो आभाष दिलाउने छु
अँध्यारो रात बनेर तिमीलाई बहुपासमा बेसरी बाँधने छु,
एक दिन
मर्ने छन् मेरो मृत्युसँगै मेरो इच्छा/ चाहानाहरू पनि
तिमीले पनि बिस्तारै बिर्सन्दै जान्छौ होला
तर
छोडी जानु छ तिमीलाई अजर सम्झनाको किस्साहरू
अजिब चुपचाप अघोसित प्रेमको लिलाहरू
सदावहार पलपल घच्घच्याइरहने मुटुको धड्कनहरू
र-
हिँड्नु छ, पूर्वजन्मको मायावी नासोले डोर्याएको प्रेमिल ध्वाँसिलो बाटो
अ त-
ब्रमाण्डमा जे चाहान्छौँ त्यही प्राप्त गर्न सक्छौँ रे
एक अन्तीम इच्छा-
तिम्रो हरेक स्वामित्व प्रेमले भर्न पाऊँ
हृयदको सारा इच्छा पोख्न सकौँ
ज्वारभाटाझैँ विह्वल हृदयका लाभा
निस्फ्रिक्री तिमीसित छत्ताछुल्ल पोखिन सकौँ
एक दिन
जीवनको सार्थक समय माग्ने छु
सारा जीवनबाट स्खलित हुनेछु
इहलिला समाप्त गर्ने छु तिम्रै बहुपासमा
थाहा छैन तिमी स्विकार गर्छौ या नकार्छौ ?
तर
तिमी एक अन्धकारको रहस्य हौ।
लेखक परिचय
कवि पराजित पोमु मूलत: आदिवासी मूल्य र सौन्दर्यको जगमा कविता उठाउने गर्छन् । उनी इतर आवाज साहित्य समाजका सकृय अभियान्ता पनि हुन् । लेप्मुहाङ्को डुङ्गा (कविता) पोमुको प्रकाशित कृति हो ।