१.
जुनी बितिसक्यो आनन्द बन्दै बनेन
कतै पनि खुशीको सुगन्ध बन्दै बनेन
दिलमा सजाएकी मान्छेले त छाडेर गइ
म गरिब भएर हो, सम्बन्ध बन्दै बनेन।
२.
घात गर्नेलाई बदला, देखाउनुपर्छ
पारेर शत्रुलाई थला, देखाउनुपर्छ
कसैको दबाबमा रहनु हुँदैन हजुर!
आफुमा भएको कला, देखाउनुपर्छ।
३.
मनपरेको मान्छे आसपास, छँदै छैन
त्यसैले कोही आफ्नो खास, छँदै छैन
स्वार्थ लुटेर सहयोग गर्ने असत्तिहरू
आफन्त हुन् भनेर बिश्वास छँदै छैन
४.
दुखाइएर मुटु-धड्कन, छुटिएका हुन्
बढ्दै जाँदा गरिबी झन, छुटिएका हुन्
सधैँभरि प्यारले मात्र जिवन चल्दैन
मुना बाट पनि त मदन, छुटिएका हुन् ।
५.
धुलोमैलो लागिरहन्थ्यो जिउ छालामा पनि
बलियाले झापड नै हान्थे यी गालामा पनि
म त उहिलेदेखि समाजबाट हेपिएको मान्छे
गरिब भनेरै हेला गरिन्थ्यो पाठशालामा पनि
लेखक परिचय
मुक्तक लेखनमा सक्रिय काशिराम रिमाल एक सशक्त नव प्रतिभा मानिन्छन्। लेखनमा सरलता र मौलिकता उनका मुख्य विशेषता रहेका छन्।