सुमन ल्वागुन क्षितिजका तीन मुक्तहरू
१
तिमी मैन म धागो संगसंगै जल्ने हो
तिम्रै साथले त मेरो धड्कन चल्ने हो
हुरीले निभाउन खोज्ला विश्वासको दियो
त्यतिबेला तिमी छानो म बार बनेर छल्ने हो
२
अन्तै तिर इमान बेच्न सक्दिन
तिम्रै बारे नसोची बस्न सक्दिन
अब मायालु शद्बहरू गाली नबनोस्
शद्बको छुराले तिम्रो मुटु रेट्न सक्दिन
३
सुन ! मायाको खेल खेलाई दिन्थे मुटुमा
तिम्रै नामको पदक लेखाइ दिन्थे मुटुमा
प्रिया यो छाती पारदर्शी भइदिएको भए
यतिबेला तिम्रै तस्विर देखाइ दिन्थे मुटुमा
लेखक परिचय
ल्वागुन नेपाली सहित्य लेखनमा सक्रिय युवाको रुपमा चिनिन्छन् । उनी विशेषगरी कविता, गजल विधामा कलम चलाउँने गर्दछन् । पुटकर रुपमा उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।