प्रभा बराल
साहित्यकार प्रभा बरालको उपन्यास फिलिङ्गो सार्वजनिक गरिएको छ । प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रमका बीच अतिथिहरू डा. रजनी ढकाल, बसन्त बस्नेत, आलोक चालिसे र लेखक प्रभा बरालले कृतिको विमोचन गरेका हुन् ।
अक्षर प्रकाशनद्वारा प्रकाशित सो उपन्यास जापानी र नेपाली परिवेशमा आधारित छ । बरालको उपन्यास पढेर जीवन आफ्ना लागि बाँच्नु पर्छ र आफ्नो अस्तित्वको लडाइँ आफैँ लड्नुपर्छ भन्ने चेतनाबोध गर्न सकिने कुरा कार्यक्रममा चर्चा गरिएको थियो ।
पुँजीवादी अर्थव्यवस्था र पितृसत्तात्मक सामाजिक व्यवस्थामा महिलाहरू कसरी कसरी प्रताडित बन्छन् भन्ने तथ्य फिलिङ्गोको मुख्य विषयबस्तु रहेको छ । विभिन्न कारणले विदेशिनु परेका आप्रवासी नेपालीहरूको पिडाको चित्रण बरालको लेखनमा पाउन सकिन्छ । यस पुस्तकको मूल्य रु. ५५० निर्धारण गरिएको छ । प्रभा बराल