तामाङ लोककथा/दन्त्यकथा
उहिलेको कुरा हो । परिश्रमी व्यक्तिहरूको देश थियो । जहाँ मोक्तान थरी चङरी बोन (झाँक्री) बस्दथे । जसका दुईवटी स्वास्नीहरूमध्ये एक थिङ थरी र अर्को ब्लोन थरी थिए ।
कान्छी गर्भवती हुँदाकै बखत माइत गएकी थिइन् । त्यस्तो अवस्थामा माइत गएकी हुनाले लोग्ने रिसाएर लिनै गएनन् । कान्छी पनि लोग्ने लिन नआएका कारण घरमा फर्किनन् । अन्तत: उनी माउतमा नै सुत्केरी भइन् र एउटा सुन्दर छोरो नै जन्माइन् । तामाङ परम्परा अनुसार चङरीको नयाँ शिशुको न्वारन माइती घरमै भयो । शिशु मामाघर (स्याङदिम) मा जन्मिएका कारण स्याङदिम भन्दाभन्दै स्याङदन नामकरण गरियो ।
बच्चा हुर्कदै बढ्दै आयो । गाउँको पुजारी बोन्बो समेत भएका कारण मानिसहरूले उसलाई स्याङला कुशुल रूठ्ठा उपनामसमेत दिए । यता स्याङदन पाँच वर्षका हुँदा उनका बाबु चङरी बोनको मृत्यु भयो । लाग्ने बितेको कारण कान्छी माइतमै छोरोको स्याहार – सुसार गरेर बसिन् ।
रहँदा बस्दा उनले एक्कासि गर्भ बोकिन् । एक कान दुई कान हुँदै विना लोग्ने आइमाईले गर्भ बोकेको कुरा फैलियो । थुमथुमका पञ्च भलाद्मी, ताम्बा गान्बाहरूको सभा बसी ब्लोनको अवैध गर्भको विषयमा कचहरी (साङखर) बस्यो ।
कसको गर्भको हो ? के कसरी गर्भ बस्यो ?आदि प्रश्नहरू ब्लोनमाथि खनिन थाले । अन्तत: ब्लोनले आफ्नो गर्भको रहस्य पञ्च सामु यसरी खोलिन्- “समाजका पञ्च- भद्र गण, म कुनै गलत नियतकी आइमाई हैन । चरित्रहीन पनि हैन, मेरो लोग्नेको सत् डगाएर कतै कसै परपुरूषसँग लसपस भएको पनि हैन, जानी-जानी मबाट कुनै गल्ती भएको पनि छैन् । एकदिन म गोठालो जाँदा चैत्र- वैशाखको बेला, बाँस भएको पाखालाई हाम्रो गाउँ पुराङ, पाखा, खीन भनिन्छ त्यो जङ्गलको एउटा ठूलो रूखको छहारीमा बसी बेर्गप (खसुरो) को पालुवा पात मुखमा च्यापेर बजाइरहँदा उक्त धुनको आनन्दले एक्कासि मलाई निद्रा लाग्यो । सपनामा त्यही सुन्दर बेर्गप पाखा सुन्दर सुनको मूर्तिमा परिणत भयो र प्रेमपूर्वक मलाई अँगालो हाल्न आयो । उसको अँगालो ममा स्वर्गीय आनन्दले अनपभूति भयो । पछि ब्यूँझँदा पनि मेरो मनमा त्यस प्रकारको अचम्मको आनन्द कायमै थियो ।तर, छेउछाउमा कोही पनि थिएन । त्यस अचम्मको सपना याद गर्दै वस्तुभाउ लिएर घर फर्किएँ । यसको फैसला जे जस्तो भए पनि म भोग्न तयार छु ।”
उनको यस प्रकारको बयानले सबै पञ्चभलाद्मीहरू अचम्मित भए । त्यसबेला त्यस्तो घटना घट्न सक्ने भएकाले उनको बयान मनासिब कचहरीले ठहर गरी वैधानिक मान्यता दियो । केही महिनापछि उनले शिशु जन्माइन् । पुन: त्यही समाजले न्वारनामा पाख्रिन (पाखामै) भन्ने शिशुको थर नाम दुयो । तामाङ लोककथा/दन्त्यकथा
यतापट्टि चङरी बोनको मृत्यु वियोगमा रहेकी जेठी थिङ पनि आकस्मिक ढङ्गले गर्भवति भएका कारण गाउँमा होहल्ला चल्यो । त्यहाँ पनि चङरू बोनकी स्वास्नीको नियतमाथि शङ्का गरेर पञ्चभलाद्मीहरूको कचहरी बस्यो । स्वभावैले लोग्नेविनाको गर्भबारे उनलाई पनि सोधियो । थिङको बयान थियो- “एक दिन थोरिङना नामको खोरियामा मकै गोडमेल गर्न जाँदा प्रचण्ड घामले गर्दा अत्यन्तै प्यास लागिरहेको थियो । प्यासले प्राण जान लागेको बखत एक्कासि आकाशबाट सेतो हिउँको डल्लोजस्तो चिज मेरै छेउमा बज्रपात भयो । त्यो बज्र ढुङ्गा (थो-युङ्बा) पग्लेर पानी निस्कियो । यसपछि मलाई खपी नसक्ने भएर प्यास मेटाउन उक्त डल्लोलाई चुस्न थालेँ । उक्त बरफजस्तो डल्लो चुस्दा जीवनमा कहिले नपाएको आनन्द पाएको महसुस भयो । मैले सारा संसारको दु:ख बिर्सिए । मेरो प्यास उक्त सांसारिक आनन्दले मेटियो । त्यस दिनको अभूतपूर्व घटनादेखि अचम्मसँग मेरो पेटमा गर्भ रहन गएको हो ।”
उनको उक्त पञ्चभलाद्मीहरूलाई चित्त बपझेको कारण उनको गर्भलाई पर नि वैधानिकता दिइयो र केही महिनापछि उनले बच्चा जन्माइन् । न्वारनमा शिशुको थर नाम थो-कार (सेतो बज्र) राखियो । यहू थोकोर अपभ्रंश
भएर थोकर नान रहव गएको हो भनिन्छ ।
यसरी परापूर्वकालमा मोक्तान चङरी बोनका स्वास्नीका घटनाबाट जन्मेका सन्ताहरू स्याङदन, पाख्रिन र थोकर थरी भए । जसका सन्तानहरू कालन्तरमा मोक्तान वंशीका दाजुभाइ (ङारू) थरी भएका हुन् भन्ने विश्वास गरिन्छ । तामाङ लोककथा/दन्त्यकथा
( सङ्कलक: रवीन्द्र तामाङ र सोनी तामाङ)
लेखक परिचय
रवीन्द्र तामाङ र सोनी तामाङ, तामाङ लोककथा संगालोका सङ्कलकहरू हुन्।