• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ आख्यान कथा

‘सवा कट्टु पौने पोइठ’ – राजु झल्लु प्रसाद

■ राजु झल्लु प्रसाद
असार २५, २०७८
88 0
A A
54
SHARES
268
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

कथन:

तपाईँको केही काम बचेका छन् ? केही काम सकीहाल्नुपर्नेछ ?  गरिसिध्याउनुहोस् ! भ्याउनुहोस् ।

तपाईँलाई कतै पुगेर आउनुछ ? कसैले भेट्न जानू छ, ? कतै डुल्न निस्कनुपर्नेछ ? पुगेर आइहाल्नुहोस् ।

चिया खान मन छ ? बसाल्नुहोस् ! उमाल्नुहोस् ! चिया चिनी राख्नुहोस्, तेजपत्ता र दालचिनी पनि राख्नुहोस् ! राख्नुभयो ? अब चियालाई उम्लनु दिनुहोस् ! उम्लियो ? अब आफ्ना ओठले दिनहुँ चुमिरहेको गिलासमा खन्याउनुहोस् ! बार्दली, कुर्सी, चगटी या कार्पेटमा बस्नुहोस् !..म पर्खन्छु ! ..पर्खीरहन्छु !  मोमो खान मन छ, क्याफे कुदिहाल्नुस् । भलिबल खेल्न मन छ, मैदानतिर मोडिहाल्नुस् ।

तपाईँको अरू केही काम बचेका छन् ? थप केही काम सकीहाल्नुपरने छ ?  गरिसिध्याउनुहोस् !  .सम्झनिहोस् । समय छ, सिग्मन्ड फ्रायडलाई बोलाउनुस् । ओशोलाई बोलाउनुस्  । नित्शेलाई बोलाउनुस् । डालीलाई बोलाउनुस् । ..तर सम्झिनुस् । हेक्का रहोस् – तपाईँलाई गर्न मन लागेक केही पनि नछुटोस् । खान, खेल्न, डुल्न, भुल्न, देख्न, हेर्न, सुन्न मन लागेको केही कुरा नछुटुन् । हेक्का रहोस्, तपाईँले सम्झनमा सम्झौता नगर्नुस् । सम्झनसँग सुगली सन्धी नगर्नुस् । सम्झनसँग बार्ह बुँदे नगर्नुस् । सम्झनमा कुनै कसर, असर, बेसार, तितौरा, अचार, चम्चा, थाल, नाङ्ग्लो, साङ्लो बाँकी नरहोस् । श्वासप्रश्वास छुटोस, धड्कन टुटोस, स्नायु तन्तु चुटोस्, सम्झन नछुटोस् । मन लागेको सिध्याइहाल्नुस्, भ्याइहाल्नुस् ।

तपाईंलाई यो पनि मन पर्न सक्छ

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

साउन ६, २०७८

चिखता है – राजु झल्लु प्रसाद

असार ३१, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

असार २९, २०७८

त्योङ्गि गाउँ – तायुछाङ लामा “किरण “

जेष्ठ २९, २०७८

 

पूर्वकथन: म चिया पिउँछु । तपाईँ आफूलाई मन परेको पेय पिउनुस् । तपाईँ पनि चिया नै पिउने ? ठीक छ ।

तर कथा सुरु गर्नुपूर्व एक-दुई थप शर्तहरू छन् !

एक- चिया पिएको आवाज आइराख्नुपर्छ ! चिया पिउन छाड्नुभएको छ या चिया मन पराउनुहुँदैन भने मेरो सविनय अनुरोध छ, तपाईँ कथा पढ्न छाडिहाल्नुहोस् ! अहिले रोक्नुहोस् ! यहाँ देखि भागिहाल्नुहोस् ! बरू फोन उठाउनुस् र भाग्य न्यौपानेको भिडियो हेर्नुहोस् ! फोन उठाउनुहोस् र युट्युब ट्रेन्डीङ्का साउथ इन्डियन फिल्महरू हेर्नुहोस् ! चरा हेर्न निस्कनुहोस् ! गुलेली र बुख्याचा खोज्न निस्क्स्नुस् । तरकारी किन्न निस्कनुहोस् ! घिरौलो किन्नुस, करेलो किन्नुस । लौका किन्नुस, मुला किन्नुस । कलमको रिफेल किन्न बजारतिर हामफ्याल्नुहोस् ! कापीको ताउ किन्न हाटबजार तिर दगुर्नुस् । सिनेमा हल तिर दगर्नुहोस् ! नाटकघर तिर फ्याल हान्नुस । मन्दिर छिर्नुस् । घाटबाट निस्क्नुस् । राजेश हमालको जोक्स पढ्न थाल्नुहोस् ! लाइफ ड्यामेज बाबाका टिकटक हेर्नुहोस् ! कट्टु र सेन्डो खोलेर सुत्नुस ! घुर्नुस । घुरीरहनुस् । तर चिया पिउनुस् । नपिउने भए यहाँ देखि टाप हान्नुस् । एकछिन पनि यता नबस्नुस् । चिया नपिउनेले जिउदैन । चियासँग वैमनस्यता साँध्नेले हास्दैन । हास्न सक्दैन ।

 

दुई- जे गर्नुहोस्, जसो गर्नुहोस् ! तर चिया चाहिँ पिउनुस् । अरू पेय भाडमा जाओस् ।प मैले कथा भनिरहंदा बीच्च-बीच्चमा नपाल्नुहोस् ! बीच्च-बीच्चमा नखोक्नुहोस् ! कान कोटटाउने कन्करो खोज नथाल्नुहोस् ! दाँतका काँस सफा गर्नतिर नलाग्नुहोस् ! मुख च्यातेर हाइ-हाइ नगर्नुहोस् ! यस्ता हाइ-हाइ गर्नेहरूलाई मैले ढीस हान्नेछु, ठिस ठान्नेछु, रिस गर्नेछु, गाली गर्नेछु, मुख तोड्नेछु, चड्कन मार्नेछु ! बाइ-बाइ गर्नेछु ।

 

एक-दुई :मेरो फेरि पनि सविनय अनुरोध छ- तपाईँका कुनै पनि काम (चाहे ती अत्यन्त सामन्य नै किन नहुन ?) बाँकी बचेका छन् भने रहेछन् भने त्यता लाग्नुहोस्, यता नढिम्कनुहोस्, नमुन्टीनुहोस्, नथेचारीनुहोस्, नपाल्नुहोस्, न सवार होइबक्स्नुहोस् ! कृपया, काम साँची नराख्नुहोस्, काम फत्ते गरिहाल्नुहोस् ! मैले भनेको मान्नुहोस्, मेरो अनुरोध स्विकार्नुहोस् !

 

कथनै-कथन:

१. प्रेमिकाज्यूको सुरुवाल:

प्रेमिकाज्यूको फोन आएको थियो ! एकाबिहानै उहाँले बोलाउनुभएको छ ! पुगिहाल्नुपर्नेछ ! दौडिहाल्नुपर्नेछ !

तपाईँको स्कुटी हाँक्ने हो ? लौ..लौ, म पछाडि बसेँ ! दौडाइहाल्नुस्, पुर्‍याइहाल्नुस्  ! पुगिहाल्नुपर्नेछ ! दौडिहाल्नुपर्नेछ !

सह-कथन :

उहाँ मुजादार, फराकिलो (बेली बटम स्टाइल)को सुरुवाल लगाउने गर्नुहुन्छ ! उहाँको मनपसन्द रङ कालो हो ! अत: कालो मुजादार, फराकिलो सुरुवालमा उहाँ बडा फरासिलो, मिठासिलो र मजासिलो देखिने गर्नुहुन्थ्यो/गर्नुहुन्छ !

उहाँले फोन गरेर त्यो सुरुवाल काटेर छोटो बनाएको बताउनुभयो ! उहाँको अनुसार त्यो बेली बटम कालो सुरुवाल अब न पोइठ, न कट्टु भएको छ ! त्यो सुरुवाल ‘सवा कट्टु पौने पोइठ’ भएको छ !

मैले सोधेको थिएँ, – हजुरले यस्तो किन गरिबक्सियो ?

उहाँको जवाफ थियो – मैले कुनै काम पाइनँ !  तपाईँ आउनुहोस् न, म तपाईँलाई यो लगाएर देखाउछु नि !

यसपछि मेरो प्रतिउत्तर थियो- क्याबात ! गजब ! काम नपाउँदाखेर हुँदाखाँदाको सुरुवाल काट्न सकिन्छ ! समयको सदुपयोग गर्न सकिन्छ ! क्या बात ! दिलछु लिया ! दिल लुट लिया ! दिलमे डाँका डाल्दिया ! दिल गार्डेन गार्डेन हो गया ! मज्जा आगया ! हमजायगा हो गया ! क्या बात ! क्या बात !

यसपछि उहांले कटक्क मन दुखाउँदै चटक्क फोन काटीदिनुभयो ! बन्चेरो लिएर जंगल काट्न हिंड्दा थाकेर रुखको छहारीमा बसेको मनुवा जस्तै होइगए म ! गर्मिले हप्प..हप्प.. ! हप्पहप्प .. !

 

एकछिनपछि पनी उहाँकै फोन आयो !

भन्नुभयो- मन नपरे, पर्‍या छैन भने भैगो नि ! के नानाभाँती भन्या ? समयको सदुपयोग अरे ? मेरो चाहिँ के काम नै नभएजस्तो !   तपाईँलाई देखाउँछु, नाचेर देखाउँछु भनेको ! कत्ति न  ! लु लु आउनु पर्‍या छैन, अब कहिल्यै नआए हुन्छ, आउँदै नआए हुन्छ !

यसपछि उहाँले फेरि फोन कटक्क काट्नुभयो ! मेरो मन पटक्क भाँचियो ! चटक्क चुँडियो ! कटक्क टुक्रियो ।

 

प्रेमिकाज्यू रिसाइराख्नुभएको होला ! सवा कट्टु पौने पाइन्ट लगाएर  उहाँ मुख फुलाएर बसिरहनुभएको होला ! हामी पुगिहाल्नुपर्नेछ ! त्यसपछि उहाँ नाच्नुहुनेछ, र हामी थप्पडी मार्नेछौँ ! यो गरिहाल्नुपर्नेछ !

तपाईँ स्कुटी हाँकिहाल्नुहोस् !  लौ हिँड्नुस्, बाटामा तपाईँका प्रमिकाका किस्सा पनि सुनौँला ! बुनौँला !

 

२. साथीको कछाड:

साथीको म्यासेज पनि आइपुग्यो ! यो पढिहालौँ । ओह..म त एकाबिहानै ऊ कहाँ पुगिहाल्नुपर्ने भयो ! मैले आफ्नो कछाड उतार्नुपर्ने भयो । उतारिहाल्नुपर्ने भयो । तपाईँ न नउतार्नुस् । तपाईँ बस्  स्कुटी । ब्रेक मार्नुस । म मेरै कछाड बोकेर ऊकहाँ पुग्नुपर्ने भयो ! निस्किहाल्नुपर्ने भयो ! पुगिहाल्नुपर्ने भयो ! दौडिहाल्नुपर्ने भयो  !

तपाईँ पनि दौडिनुपर्‍यो ! दौडिहाल्नुहोस् !

 

सह-कथन:

प्रभातकालीन शीतमा नुहाउँदै ऊ वन विभाग अगाडि पुगेछ ! वन विभाग उसको डेराबाट सवा मिनेटको समय छ ! वन विभाग बिहानको उदाउँदो सूर्यको किरण आँखा परेर उठु उठु, होइन सुतु सुतु, होइन उठेर मुतु अनि त्यसपछि फेरि सुतु सुतुको अवस्थामा रहेछ ! उसले  उठ्नेबित्तिकै मुतिहाल्ने मानव जातिको ऐतिहासिक शिल-स्वभावलाई चटक्कै बिर्सिमारेछ र एकाबिहानै मर्निङ वाकका लागि मुत्दै नमुती दौडिमारेछ ! दौडँदा दौडँदा उसको मूत्रथैलीमा जोड परेछ, भार परेछ, गाह्रो परेछ, चोट परेछ, टुटिल्को उठेछ.. ! हठात् उसले कछाडमै पिसाब उम्काएछ, तुर्काएछ, पोखेछ, छताछुल्ल पारेछ !

 

तर, यतिमै ऊ रोकिएनछ ! भिजेको कछाड खोलेछ ! हतारमा उसले कछाड मात्रै ल्याएछ । भिजेको कछाड खोलेछ । सर्वांग नाङ्गो भएछ ! कोही थिएन, यसैले लाज पनि थिएन ! उसले आफ्नै मुतले भिजेको कछाडलाई वन विभागको गेटमै रहेको फेड प्लान्टको झाडीमा टाँगिदिएछ ! एकाबिहानै फेड प्लान्टको मुख खराब भएछ ! निन्द्रामै मूत सुँघाउने हरिलट्ठकसँग फेड प्लान्ट महाशय रिसाई बक्सेछ ! गालि बक्सी बक्सेछ ! दनक दिई बक्सेछ ! घुस्सा गरि बक्सेछ ! हैरान भएर साथीले ओभाउनै नभ्याएको आफ्नो कछाड उठाउन खोजेछ, तर सकेनछ !  उसले हात जोडेछ ! माफी मागेछ  ! पाउ छोएछ ! पैतला सुम्सुमाएछ ! तर फेड प्लान्टको अनुहारमा घाम लागेन ! उहाँको अनुहार झिसमिसे बिहान जस्तै अँध्यारो-आँखीझ्याल जस्तै भइरहेछ ! उहाँ ठुस्किरहनुभएछ, ठुसुक्क..ठुसुक्क.. ! साथीले फेरि आफ्नो कछाड निकाल्न खोजेछ तर सकेनछ ! फेरि खोजेछ, फेरि पनि सकेनछ !… सकेनछ !

 

भएको के रहेछ फेड प्लान्टको रिस कसैगरी पनि मर्दै  मरेनछ ! एकाबिहानै मानव मुत्र सुँघेर उहाँ पागल हुनुभएछ ! शहरका कविहरू जस्तो धाराप्रवाह कवितात्मक शैलीमा, व्रिद्रोहात्मक शैलीमा, माक्र्सवादी अन्दाज-ए-बयाँमा, चे-वादी स्टाइलमा, प्रयोगमा गाली-गलौजका महावाणीहरू, महाकाव्यहरू, महाकविताहरू, महाकथाहरू, महा-दास क्यापिटलहरू दिन थाल्नुभएछ ! त्यतिले पनि पुगेनछ,  फेड प्लान्ट महाशयले साथीलाई हुकुम बक्सिएछ (रुकुम होइन)- यो यहीँ छाडेर जा  ! तेरो कछाड तैँले अब कहिल्यै पाउँदैनस् !

 

साथीले भनेछ- कछाड चाहिँ बिन्ती नराख्नुस ! बरु यो सेन्डो राख्नुस् । यो भिजेको छैन । यसमा मुत परेको छैन । मैले मुतेको छैन । यो कछाड मलाई तँछड-मछाड गर्दै प्रेमीकाज्यूले मेरो बर्थडेमा उपहार टक्राउनुभएको थियो ! उहाँको मन दुख्छ ! उहाँको चित्त रुन्छ ! कछाड चाहिँ नराख्नुहोस् ! कछाड चाहिँ नमाग्नुहोस् !

 

फेड प्लान्ट जीले केही पनि सुन्नु भएनछ ! मुतले लुछुप्प.लुछुप्प भएको कछाडलाई उहाँले समाइराख्नुभएछ, छाड्नुभएनछ !

 

यसकारण साथीले मलाई फोन गर्यो ! कछड उकहाँ पुर्याउनैपर्ने भयो । अब एक थान कछाड बोकेर ऊ कहाँ पुग्नुपर्नेछ ! त्यतिन्जेल कछाडजाने ऊ के गर्छ ? मुतजाने ऊ के गर्छ ।हातले गुप्तांग छोप्दै होला, बिचरा । लाजको पोको ! पुगिहाल्नुपर्नेछ ! उसको इज्जत बचाइहाल्नुपर्नेछ !

 

उसो त प्रेमिकाज्यू कहाँ पनि पुगिहाल्नुपर्नेछ ! त्यसो भए अब यसो गर्नुपर्नेछ ! तपाईँ मेरो साथीकहाँ पुग्नुहोस् ! म प्रेमिकाज्यू कहाँ पुग्छु ! एकैपटक दुवै काम फत्ते हुन्छ ! यसो गरिहाल्नुपर्नेछ ! पुगिहाल्नुपर्नेछ !

तपाईँ मेरो कछाड समाउनुस्, मेरो साथी कहा दौडिनुहोस् ! उसलाई कछाड दिनुहोस् र उसको इज्जत बचाउनुहोस् !

म फोन समाउँछु, प्रेमिकाज्यू कहाँ पुग्छु ! उहाँलाई फकाउनुपर्नेछ, उहाँको मन राख्नेछु र उहाँलाई नचाउनेछु !                हामी फेरि भेटौँला ! तपाईँ निस्किहाल्नुहोस् ! म निस्किहाल्छु ! हामी निस्किहालौँ ! पुगिहालौँ ! लौ..दौडिहालौँ ! कुदिहालौँ साथीलाई मेरो कथा-व्यथा बताइदिनुहोला ! उसले तपाईँको कुरा बुझिदेला ! मेरो कष्ट बुझिदेला ! मसँग नरिसाइदेला !

 

उप- कथन :

म थाकेको थिएँ ! तपाईँ पनि थाक्नुभएको थियो ! हामी थकाइले चुरचुर भएका थियौं !

तपाईँले साथीलाई भेट्नुभएन ! तपाईँले उसको इज्जत बचाउन सक्नुभएन !

मैले प्रेमिकाज्यूलाई भेटिनँ ! मैले सवा कट्टु पौने पोइठ सुशोभित उहाँको डान्स हेर्न सकिनँ ! उहाँलाई फकाउन सकिनँ, ।

हामी दिक्क भएका छौँ ! दिक्दार भएका छौँ !

 

साथीलाई तपाईँले वन विभागमा भेट्नुभएन ! धेरै खोज्नुभयो ! देख्नुभएन ! बोलाउनुभयो, कछाड..कछाड गर्नुभयो ! साथीको आवाज सुन्नुभएन ! वन विभागमा फेड प्लान्ट नै भेट्नुभएन ! तपाईँले कछाड पनि देख्नुभएन ! तपाईँले साथीलाई कतै-कसैगरी पनि भेट्नुभएन !

 

मैले प्रेमिकाज्यूलाई भेटिनँ ! मैले धेरै खोजे ! देखिन ! बोलाए, प्रेमिकाज्यू प्रेमिकाज्यू गरे ! प्रेमिकाज्यूको आवाज सुनिन ! पौने कट्टु र सवा पोइठ पनि देखिन ! प्रेमिका जीको नाँच पनि हेर्न पाइनँ ! मैले प्रमिकाज्यूलाई कतै-कसैगरी पनि भेटिनँ !

 

उहाँहरू दुवै लापता हुनुभयो ! एकाएक गायब हुनुभयो ! एकाएक लुप्त हुनुभयो ! हराउनुभयो ! साथीको फोन पनि लागेँ ! प्रेमिकाज्यू आफ्नो बसेरा पनि भेटिनुभएन !

 

साथीको कछाड हरायो ! साथीको मुत हरायो ।

प्रमिकाज्यू हराउनुभयो !  प्रमिकाज्यूको सवा कट्टु पौने पोइठ पनि हरायो !

 

हाम्रो बिचल्ली भयो ! हाम्रो उठिबास लाग्यो ! हामी दौडेको दौड्यै भयौँ ! कुदेको कुद्यै भयौँ !

 

साथीको कछाड भेटिएन, अब उसको प्रेमिकाले उसलाई मार्ने भइन् !

प्रमिकाज्यूको खबर भेटिएन, अब उहाँले मलाई मार्ने हुनुभयो !

 

दौडेर पनि भएन ! कुदेर पनि भएन !

खोजेर पनि भेटिएन ! कुदेर पनि भेटिएन !

 

यो के भयो ? कसरी भयो ? …किन भयो ?

साथी र प्रेमिकाज्यू कहाँ हरायो/हराउनुभयो ? प्रमिकाज्यू र साथी कता पुग्नुभयो ? पुग्यो ?

 

उपसंहार :

 

१.

एकाएक तपाईँले भन्नुभयो – हेर्नुहोस् त,  राष्ट्रपतिज्यू त नाचिरहनुभएको छ ! छम..छम ! छम..छम !

एकाएक मैले भने- राष्ट्रपति होइन होला ! राष्ट्रपति किन पो नाच्नुहुन्थ्यो ?

एकाएक तपाईँले भन्नुभयो-  साँच्चै राष्ट्रपति हो ! कालो रङको सुरुवाल धारण गर्नुभएको छ । होइन, होइन,  सवा कट्टु र पौने पोइठ नै लगाउनुभएको छ ! र, नाचिरहनुभएको छ । छम..छम ! छम.छम ! नाचिरहनुभएको छ ! कम्मर मर्काइरहनुभएको छ !

 

२.

केहीबेर अझ दौडियौँ हामी ! अझ पर..पर पुग्यौँ !

मैले एकाएक भने- हेर्नुहोस् त  प्रधानमन्त्रीज्यू नांगै हुनुहुन्छ ! थपडी मारिरहनुभएको छ ! थप..थप.. ! थपा.थपा..थप !.

तपाईँले एकाएक भन्नुभयो -प्रधानमन्त्री होइन होला ! प्रधानमन्त्रीले किन पो थपडी बजाउनुहुन्थ्यो !

एकाएक मैले भने साँच्चै प्रधानमन्त्री हो ! नाङ्गै हुनुहुन्छ । फेड प्लान्ट समाएर बसिरहनुभएको छ ! फेड प्लान्टले उहाँको कछाड पनि समाइराखेको छ ! फेड प्लान्टले आफ्नो गुप्तांग ढाकिरहनुभएको छ ! र थपडी बजाउँदै रहनुभएको छ !  थप..थप.. ! थपा..थप.. !

 

अन्त्येष्टि :

तपाईँको केही काम बचेका छन् ? केही काम सकिहाल्नुपर्नेछ ?  गरिसिध्याउनुहोस् !

 

प्रधानमन्त्रीज्यू र राष्ट्रपतिज्यूको तपाईँहरूलाई पनि यसैगरी फोन आउनेछ ! यसैगरी नम्बर हाइज्याक गरेर कल आउनेछ ! स्वर बदलेर फोन आउनेछ ! साथी र प्रमिकाज्यू बनेर फोन आउनेछ ! ..एक-एक काम सुम्पिइनेछ ! तर यो कुरा कसैले नबताउनुपर्नेछ । तर यो सब चुपचाप हुनेछ । प्रधानमन्त्रीज्यूले विधेयक ल्याउनुहुनेछ । राष्ट्रपतिज्यूले लालछाप हान्नुहुनेछ । यो एकाएक हुनेछ । एकाबिहानै हुनेछ । चुपचाप हुनेछ । छुपछाप हुनेछ ।

 

त्यसपछि तपाईँलाई पनि कुनै कल आउनेछ । कुनै काम दिइनेछ । काममा लगाईनेछ ! काममा खटाइनेछ ! नमाने अर्को विधेयक ल्याइनेछ । तपाईँ कछाड थुतिनेछ । तपाईँमाथि मुतिनेछ । अर्को विधेयक ल्याइनेछ । तपाईँको सुरुवाल काटिनेछ ।

 

तपाईँको केही काम बचेका छन् ? केही काम सकिहाल्नुपर्नेछ ?  गरिसिध्याउनुहोस् ! सिध्याइहाल्नुहोस् ।

 

लेखक परिचय

राजु झल्लु प्रसाद
राजु झल्लु प्रसाद
+ पोस्टहरु

धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।

  • राजु झल्लु प्रसाद
    https://shabdasopan.com/author/rajujhalluprasad/
    राजु झल्लु प्रसाद
    चैत्र २७, २०७७
    राजु झल्लु प्रसाद - मोहनजोदाडोको अन्तिम सिँढी
  • राजु झल्लु प्रसाद
    https://shabdasopan.com/author/rajujhalluprasad/
    राजु झल्लु प्रसाद
    बैशाख १९, २०७८
    उक्ति प्रत्युक्ति: ईश्वरमा विश्वास गर्नुहुन्छ वा हुन्न ?
  • राजु झल्लु प्रसाद
    https://shabdasopan.com/author/rajujhalluprasad/
    बैशाख २२, २०७८
    बेलौतीबेसार महात्म्ये - राजु झल्लु प्रसाद
  • राजु झल्लु प्रसाद
    https://shabdasopan.com/author/rajujhalluprasad/
    प्रगति राई
    बैशाख २५, २०७८
    "थाङ्ग्राले सामाजिक संरचनालाई वैज्ञानिक ढंगले विनिर्माण गरौँ भन्छ ।"- प्रगति राई
Share22Tweet14Share4Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

साउन ६, २०७८

चिखता है – राजु झल्लु प्रसाद

असार ३१, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

असार २९, २०७८

त्योङ्गि गाउँ – तायुछाङ लामा “किरण “

जेष्ठ २९, २०७८

नोकिया एक्स वान – खेम बतास

जेष्ठ २७, २०७८
मनोज न्यौपाने

नयाँ युग – मनोज न्याैपाने

जेष्ठ २४, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?