• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ आख्यान कथा

त्योङ्गि गाउँ – तायुछाङ लामा “किरण “

■ तायुछाङ लामा 'किरण'
जेष्ठ २९, २०७८
117 1
A A
72
SHARES
358
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

तायुछङ लामा तायुछङ लामा तायुछङ लामा 

सेतो हिमाल, चट्टान पहरा र उच्च पहाडी भूभागमा बस्न मन पराउँने तोग्बे  साधारण परिवारमा हुर्किएको थियो। अझ भनौँ कहिलेकाहिँ बादल रिसाएको दिन बाहेक उसको घरको छिँडीबाट मिर्मिरेदेखि झिसमिसेसम्म सेतो हिमाल प्रस्ट देखिन्थ्यो।

हिमालबाट हिउँ पग्लेर आउने पानी घर अगाडिबाट हिमाली पठार छोडेर लेकबेसी खोच हुँदै तराईतिर झर्थ्यो । पठारको मैदानदेखि दक्षिणतर्फको भूभागमा सल्ला र खान्डो (सेतो गुरास / चिमाल )को जङ्गल थियो । हिउँदको महिना नीलो आकाशमुनि सेता बादलका लुम्साहरू मुसुक्क हाँसेको हिमालसँग त्योङ्गि गाउँमा लुकामारी खेल्थ्यो । बर्खा महिनामा बादलहरू पठारमुनिका पहाडका टाकुराहरूमा रिसाएर पर्दा लगाउँछन् । तराई र पहाडमा बाढीपहिरो चल्दा पनि बर्खामा यो सुन्दर त्योङ्गि गाउँ बादल पारीको उपल्लो सुन्दर संसार  नै रहन्छ ।

 तोग्बेको परिवार यो त्योङ्गि गाउँमा  कहिलेबाट आएर बसेको हो भनेर तोग्बेको आक्खे (हजुरबुवा)लाई समेत थाहा थिएन । उत्तरतिर अग्लो हिमालले घेरिएको पठारमा याक (चौरी), भेडा  र च्याङ्ग्रा पालेर बसेको त्योङ्गि गाउँ सहरदेखि धेरै टाढा भएकोले अन्य छिमेकी  हिमाली गाउँबाट आफन्तहरू कहिलेकाहिँ आउजाऊ गर्ने बाहेक बाहिरको मानिसहरू  गाउँमा आउँने कुनै कुरानै हुँदैन थियो । त्योङ्गिका बासिन्दा जाडो महिनामा पहाड र तराई च्याङ्ग्रा र भेडासँग झर्थे भेडाको घ्यू, हिमाली जडिबुटी, चीज र छुर्पी बेचेर हिमाल फर्कँदा नुन , कपास , धागो लिएर फर्किन्थे, त्योङ्गि पठारमा उवा, फापर र आलुको  खेती गरिन्थ्यो । फापरको रोटी आलुको ढिँडो , जिम्बु र लेकाली टिम्मुरको अचार यहाँको मुख्य खाने कुरा थियो ।

 पुरुषहरू दिनमा जङ्गल जाँने सिकार खेल्ने याक र च्याङ्ग्रा हेर्ने काम गर्थे । महिलाहरू घरमा उन र कपासबाट कपडा बनाउने खाना पकाउने काम गर्थे । यो पठारको त्योङ्गि गाउँमा सबै गाउँले समान थिए, त्यहाँ ठुलो र सानो जात थिएन, अझ भनौँ देशको अरू ठाउँमा जस्तो महिलाहरूमाथि हुने घरेलु हिंसा समेत यो गाउँमा थिएन ।  महिलाहरूले आफ्नू श्रीमान्‌लाई ‘तिमी’ वा ‘तँ’ नै भनेर बोलाउँथे । आलु र ‘वा’को जिर्मा (जाँड ) बनाउने र श्रीमतीलाई खुवाउने प्राय यहाँको पुरुषहरूको दैनिकी थियो । घरमा पाहुना आउँदा श्रीमती पाहुनासँग गफ गरेर बस्थे भने श्रीमान्‌हरू पाहुनाको चाकडीमा लाग्थे।

सहरदेखि यति टाढा भए पनि त्योङ्गि गाउँमा कहिले बौद्ध धर्मको विकास भएको हो भन्ने यकिन थिएन तर गाउँमा बुद्ध र बौद्ध धर्मको राम्रै प्रभाव थियो । एउटा गुम्बा र साना ठूला छ्योर्तेन र मानेहरू गाउँमा थुप्रै थिए । नयाँ बनाउने क्रम पनि रोकिएको थिएन । त्योङ्गिका गाउँले नानीहरूले नेपाली नै भएर पनि अन्य बालबालिकाहरूले जसरी स्कुल गएर पढ्ने चलन को विकास भएको थिएन पढ्न जाने भनेको गुम्बामा थियो । नेपाली भएर पनि नेपालमा बोलिने नेपाली भाषा त्योङ्गिका कमैले बुझ्थे । उनीहरूको बोली चालीको भाषा छुट्टै तिब्बती भाषासँग मिल्दोजुल्दो थियो । 

तपाईंलाई यो पनि मन पर्न सक्छ

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

साउन ६, २०७८

चिखता है – राजु झल्लु प्रसाद

असार ३१, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

असार २९, २०७८

‘सवा कट्टु पौने पोइठ’ – राजु झल्लु प्रसाद

असार २५, २०७८

यो सालको हिउँ छेल्न तोग्बे पनि गाउँलेहरूसँग पहिलोचोटि गाउँ छोडेर तल (तराई)को यात्रामा च्याङ्ग्रा भेडासँग छुर्पी, चीज र हिमाली जडिबुटी बोकेर झर्‍यो । घरको झ्यालबाट देखिने सेतो हिमालबाट पग्लेर बग्ने पानीको सानो थ्यो खोला गाउँमुनिको खान्डो  र सल्लाको जङ्गल छिचोल्दै ठुलो आकार र छिटोछिटो अत्तालिँदै बगी रहेको थियो । त्यो कञ्चन पानीको हतारसँगै तोग्बेको मन तल  झर्ने उत्सुकताले छ-छल्किएको थियो । 

तोग्बे  र साथीहरू जतिजति तलतिर झर्थे गाउँको  सानो थ्यो खोला अब ठुलो खोलाको रूपमा पहरा थर्काउँदै ठूलोठूलो भिर पहराहरूबाट छङ्गछङ्ग निसंग्कोच झरिरहेको थियो ।

तोग्बेले आफ्नु  गाउँ छोडेको पहिलोचोटि भएकोले यो सबै उसको लागि बिलकुलै नयाँ र नौलो थियो । मध्य पहाड र थ्यो खोला किनारैकिनार भेडा च्याङ्ग्रा चराउँदै चलेको तलतिरको यात्रा महिनौँ दिनसम्म चल्यो। ठुला साना पहाडहरूको बीचैबीच बग्ने खोला खोल्साहरू थ्यो खोलासँग मिसिएर धेरै ठूलो कोसीको रूप लिएको थियो ।  

सधैँ उठ्नेबेला झ्यालबाट देखिने सेतो हिमाल देखिने कुरा थिएन । कोसी किनार हुँदै तल झर्ने क्रम सानो ठूलो गाउँहरूमा भेडा च्याङ्ग्राको गोठ राख्दै चलिरहेको थियो । तल झर्दा बाटोमा भेटिने पहाडको मानिसहरूले तोग्बेहरूलाई नाक थुनेर हेर्थे । बच्चाहरू भेडा र च्याङ्ग्रा देखेर घरको आँगनबाट बाटोतिर रमाइलो मानेर रमिता हेर्न दौडिएर आउँथे । कसैकसैले त भेडा छुन्थे पनि । करिब ६ वर्षको बच्चाले तोग्बेलाई एकोहोरो हेरेर अचानक रुन थाल्यो । सायद त्यो बच्चा तोग्बेको मैला परेको ठूलो बक्खुदेखि डरायोको  हुँदो हो ।  छेउमै बसेको एउटा मानिस करायो “य भाइ नरु ! भोटेले लग्छ एता आइज।”  ऊ सायद त्यो बच्चाको आप्पा थियो।

गाउँगाउँमा भेडाको घ्यू, चीज, छुर्पी र जडिबुटीहरू बेच्दै तोग्बे र गाउँलेहरू समथर तराईसम्म पुगे । हिमालबाट तल झर्दा ल्याएको सबै सामानहरू नजिकैको सहरमा लगेर बेच्नु पर्ने थियो । भेडा च्याङ्ग्रा हेर्ने र बजार गएर सामान बेच्ने आलो पालिको टोली  थियो । 

समथर जमिन भएकोले होला पूर्व, पश्चिम, उत्तर, दक्षिण कता हो तोग्बेले मेलो पाउँदैन थ्यो। सबैले मङ्सिरमा  घरबाट तल झर्दा  लगाएको बक्खु  फाल्गुन अन्तिमसम्म पनि धुने कुरा चलेको थिएन । गर्मी सुरु भएको थियो, तोग्बेलाई पसिनासँगै घमौरा आउँन थालेको थियो, डाबर आउने  र शरीर चिलाउने बेथाले हैरान तोग्बेलाई साथीहरूले “एउटा बक्खुले हिउँ छेल्छ, दुईटा बक्खुले गर्मी छेक्छ।” भने । नभन्दै   तोग्बेले पनि अर्को बक्खु  लगायो ।  सबैले तोग्बेलाई हेरेर हाँसे । लामखुट्टेको टोकाई र गर्मीले तोग्बेलाई हैरान पार्‍यो पुरै रात बक्खु थपीथपी लगायो ।  रातभरिमा साथीको बक्खु  समेत गरेर ३ ओटा बक्खु  लगायो तर गर्मीको घमौरा  निको हुने छाँट  थिएन ।

 बिहान हुँदा सबैले तोग्बेको बिजोक देखे, तोग्बेलाई तराईको धारामा नुहाउन लगाए । शरीरभरि फैलिएको घमौरा देखेर तोग्बेलाई सहरको मेडिकल केन्द्र लगियो, डाक्टरले तोग्बेलाई हेरेर “के भयो? ” भनेर सोध्यो । तोग्बे एकछिन लाटियो र भन्यो “यो तराईमा त कति गर्मी हुँदो रहेछ ३ ओटा बक्खु लगाउँदा समेत ठिक भएन।”  यो सुनेर डाक्टर मुस्कुरायो र एभिल र प्रिलोन नामको औषधी तुरुन्तै खान दियो  र थप अरू औषधी दिएर पठायो । केही छिन पछि तोग्बेलाई अलि ठिक भयो , सहर मानिसहरूको भिडले भरिएको देखेर तोग्बे एकोहोरो हेरेको हेरै गर्‍यो ।

ठूलाठूला महलहरू, कार, बाइक, बस , र रङ्गीविरङ्गी कपडा लगाएका महिला पुरुषहरू । हिमाल भन्दा बिलकुलै फरक संसारमा तोग्बेले पहिलोपटक पाइला टेकेको थियो ।  सहरका मानिसहरूमा फरकफरक फेसन र जीवनचर्या देखेर आश्चर्य भएको तोग्बेले साथीहरूसँग लुकेर मेन्दोको लागि तलको चिनो रातो रुमाल किनेको थियो । हिमाल छोडेसँगै मेन्दोलाई नदेखेर होला तोग्बे कहिले घर फर्किने होला भनेर टोलाउँथ्यो ।

भेडा र च्याङ्ग्राहरू तराईको गर्मीले गर्दा  हिमाल फर्किन चाहन्थे , सायद उनीहरूलाई पनि तोग्बेलाई जस्तै घमौरा आएको हुँदो हो । सबै साथीहरूले केही नुनका ढिक्काहरू बोरामा पोका पारेर च्याङ्ग्राको ढाडमा बाधे र समथर भूभाग छोडेर पहाडतिर बढे। फर्किँदा आँखाभरि सहरको झझल्को र गाउँको मेन्दोको मुहारको याद बोकेर तोग्बे फर्कियो ।

 कोसी छोडेर थ्यो खोला पनि सानोसानो हुँदै गएको थियो ।  ससाना पहाडहरू छोडेर अग्लाअग्ला पहाडहरू पुगेका च्याङ्ग्रा र भेडाहरूको आवाजले त्योङ्गि गाउँमा आफन्तहरूको अनुहारमा खुसी छाउँदै थियो । खाण्डो फुलेर जङ्गल झपक्कै सजिएको थियो । हिमाली बुकी फूलहरू, सुनपानी , साङ्गमन र धुपी टिपेर तोग्बेहरू आफ्नू संसारमा फर्कियो । जङ्गल कटेर हिमाली पठारको  त्योङ्गि गाउँ अनि मुसुक्क हाँसेका सेतो हिमालहरू देखेर तोग्बेले सहर भुलेर आफ्नै खुसीको संसारमा फर्किन चाहन्थ्यो। सबैभन्दा पहिला त तोग्बेले मेन्दोलाई तल को चिनो रातो रुमाल दिन चाहन्थ्यो । भन्न चाहन्थ्यो कि “मेन्दो म तिमीलाई माया गर्छु।”

त्यो आँगन छेउको थ्यो खोलाको पानीले गाउँको खेत सिचाई गरेर खेती गर्ने त्योङ्गिका जनताहरू तलबाट फर्किएपछि जिउँदो याकको आलोरगत खान्थे । भनिथ्यो कि सहर र तल रहँदा बस्दा लागेको रोगहरूबाट हिमालमा महामारी नफैलियोस् र रोग निको होस् भनेर जिउँदो याकको आलो खुन खाने परम्परानै बसेको थियो । तोग्बे र साथीहरूलाई पनि गाउँलेहरूले जिउँदो याकको ताजा रगत पिलाए, यो कुनै परम्परागत रीति मात्र  थिएन ।  यो त्योङ्गि गाउँको आफ्नू मौलिक पहिचान र संस्कृति थियो । यहिँ याकको आलो रगत खाने मेलामा तोग्बेले मेन्दोलाई तलको चिनो रातो रुमाल गुम्बाको पिछाडी अरूसँग लुकेर दिएको थियो । तर म तिमीलाई मन पराउँछु मेन्दोलाई भन्ने आँट गर्नु सकेन ।

समय बित्दै गयो ।  बर्खा  लागेसँगै त्योङ्गि गाउँ बादल माथिको उपल्लो संसारमा परिणत हुँदै थियो । साथीहरूले तोग्बेसँग यो पटक बर्खा याममै छुर्पी र चीज बोकेर तल झर्ने निधो गरे । तल सहरमा  आफ्नू सामानको माग भएको हुँदा  व्यापारको लागि त्योङ्गि गाउँका केही युवा र अलि पाको उमेरका चार पाँच भाइ थ्यो खोला हुँदै तल सहरतिर झरे। आँगनको डिलबाट देखिन्जेल मेन्दोले तोग्बेलाई हेरिरहिन।

महिना दिनमा सहर पुगेर आफ्नू सामान बेच्न थाले।  तलको मानिसहरूले हिमालको मान्छेलाई नाक थुनेर हेर्ने र भोटे भनेर बोल्ने प्रवृत्ति तोग्बे लाई उचित लाग्न छोडेको थियो ।  यतिकैमा एक जना करिब  २० वर्ष को युवक तोग्बेको नजिक गयो । समान उमेरका दुवैको आँखा जुध्यो ।  अनजान मुस्कान दुवैको अनुहारमा प्रस्ट देखिन्थ्यो । ” सार (सर ) के लिनु हुन्छा (हुन्छ )  ?” तोग्बेले मुख खोल्यो। युवक ले मुस्कुराउँदै “मलाई छुर्पी दिनुस् !” भन्यो ।

२० रुपियाँको छुर्पी किनेर युवकले “तपाईँहरू हिमाल कहिले  फर्किनु हुन्छ ?” भन्यो ।  तोग्बेले  “हामी आबो (अब ) भोलि जान्छ सार ।” भन्यो । युवकले “म पनि तपाईँहरूसँग हिमाल हेर्नु जान्छु ” भन्यो ।  तोग्बे मुसुक्क मुस्कुरायो।

सहरमा परिपरिको दालचामल खाएको युवा हिमाल जान मन गरेपछि तोग्बेले फेरी सोध्यो “सार ! माथि (हिमाली भेग ) खाना यताको जस्तो छैन ।  तँ के खान्छा (खान्छ) हो  ?” युवक मुस्कुरायो र भन्यो “म तपाईँ जे खान्छ त्यै खान्छु नत्र मलाई होटेलमा पुर्‍याई दिनु नि !”

तोग्बे मुस्कुरायो, तल को मान्छे साथी बनाउने तोग्बे पहिलो थियो होला । माथि हेर्न जाने पनि तल को यही युवक पहिलो हुँदो हो ।  युवकले आफ्नू नाम सरण भएको तोग्बे र हिमाली साथीहरूलाई सुनायो । त्यो साँझ  युवकले नै सबैलाई होटेलमा लगेर मासुभात खुवायो र भोलि बिहान ऊ यही होटेल अगाडी तोग्बे र साथीहरूलाई कुरेर बस्ने बताएपछि सबैजना छुटे । 

 बिहानको झुल्के घाममा तोग्बे र साथीहरू होटेलअगाडि पुग्दा सरण होटेलअगाडी बसिरहेको थियो । 

सरण मुस्कुरायो र गफ गर्दै तोग्बे र साथीहरूसँग हिँड्नु सुरु गर्यो ।  पानी परिरहेको थियो, कोसीमा बाढी आएको थियो ।  कोसी किनारबाट पैदल हिँड्न मुस्किल थियो ।  भिर र अप्ठ्यारो बाटो हुँदै तोग्बेहरू महिनौँ दिनमा गाउँमुनिको जङ्गलमा पुगे ।  सरणलाई उचाइ चढ्न यत्ति कठिन भयो कि ठाउँठाउँमा हात पक्रिएर तान्नु परेको थियो ।   

उचाइसँगै थ्यो खोलाको बहाव पनि कम हुँदै थियो । खाण्डो र धुपीको बोटहरूबाट निरन्तर पानी झरिरहेको थियो । खरी जुकाहरूले सरणलाई मात्र टोकेन तोग्बे र सबै साथीहरूलाई टोक्यो । सबैले जङ्गल पार गरेर बादल पारिको उपल्लो  मुस्कुराएको हिमाल र सुन्दर त्योङ्गि गाउँ देखे सरण मक्ख पर्‍यो । 

तल बाटोमा बाढीपहिरो छिचोलेर माथि  सुन्दर हिमालको काखामा पुगेको सरण, तोग्बे तल सहरमा टोलाए जसरी नै टोलायो ।  सेतो बुकी फूलहरू फुलिरहेको थियो, गाउँमा मानेहरूमा लुङ्गदार फर्फराउँदै थियो । याक र भेडा च्याङ्ग्राहरू खर्कमा चरिरहेको थिए । आँगन छेउको खेतमा राताराता स्याउ फलिरहेका थिए । ससाना नानीहरू र गाउँलेहरूले सरणलाई नौलो मानेर हेरे । सायद जिन्सको पाइन्ट दुईटा हातले ट्रेकिङ स्टिक टेकेर चस्मा लगाएको घाटीमा क्यामेरा भिरेर आउँदै गरेको  तलको मानिस , गाउँ नछोडेका त्योङ्गि वासीहरूले खुब चाख दिएर हेरी रहे ।  धाराबाट आउँदै गरेको मेन्दोसँग तोग्बे र सरणको जम्का भेट भयो । तोग्बेले यो पटक मेन्दोलाई तलबाट ल्याएको निलो सल ल्याइदिएको थियो । बाटैमा तोग्बेले त्यो सल मेन्दोलाई दियो ।  सरणले मेन्दोको २-४ वटा फोटो खिची सकेको थियो । लाजले मुख छोप्दै मेन्दो घरतिर लागिन् ।

तोग्बेको घरमा केही दिन सरण बस्यो, ऊ  बसुन्जेल   गाउँलेहरू उसलाई हेर्न आउँथे ।  तोग्बे र सरण भएर थ्योगी चुचुरामा चढेर हिमालको सामुन्य फोटो खिचे , हिउँताल, गुम्बा र गाउँको फोटो खिचे । घोडा चढेर मेन्दो थ्यो खोला पारी जाँदै थिइन। थ्योगी पहाडबाट हेर्दा निलो आकाशमुनि सेतो बादल र सुन्दर हिमालको काखमा सेतो घोडामाथि चढेको मेन्दोको कालो लामो केश हावासँग लहराउँदै थिए । यो देखेर सरणको मुखमा पानी रसाएको थियो।

 केही दिनपछि सरण गाउँको लामा ज्योज्योको घरमा सर्‍यो।   लामाको छोरी मेन्दो र सरणले गाउँमा घुमफिर गरे घोडा चढेर थ्यो खोला पारीसम्म गए रे ! भन्ने गाउँमा गाईँगुईँ चल्यो । हुन पनि कलकलाउँदो जवान मेन्दोको रातो गाला र कालो केसमा सरण चुर्लुम्म डुबेको थियो, तलको सहरमा बस्ने मान्छेसँग मेन्दो पनि नराम्ररी मायामा फस्छे भन्ने तोग्बेले सोच्न सकेको थिएन । मोन्दोले तोग्बेले दिएको निलो सल थ्यो खोला पारी भुलेकी थिई । मेन्दोले सल खुब खोजी तर भेटिन । तोग्बेले सल खोला पारी भेटेर धोएर सुकाएको र आफूसँगै राखेको थियो । सरणले मेन्दोको कोमल शरीरमाथि माया प्रेमको बहानामा बिहे गर्छु भनेर पटकपटक यौन प्यास मेटायो। करिब महिना दिनपछि मेन्दोको छुई (महिनावारी) रोकिएको कुरा सरणले थाहा पायो र  क्यामेराको ब्याट्री सकिएकोले तल गएर सबै फोटोहरू निकालेर मेन्दोसँग बिहे गर्न घरबाट आफन्त लिएर आउने बाचा गर्‍यो। 

फर्किने बेला दुवैजना खुब रोए । सरण तल झरेपछि मेन्दोले तोग्बेलाई बारम्बार अब तल जाँदा मलाई पनि लग है भन्थी ।  मेन्दोको भुँडी उठ्नु थालेको थियो साँझ झिसमिसमा गाउँमा तलबाट सरण र अरू ४-५ जना मानिसहरू आएका रहेछन् । सरणले तोग्बेलाई मुसुक्क हाँसेर “साथी म त फेरी फर्के नि “भन्थ्योल। तोग्बे र लामाको घरमा पाहुना हेर्ने र पहिले खिचेको फोटो हेर्नेको भिड नै लागेको थियो । यतिका धेरै तलको मानिस गाउँमा आएको पनि यो पहिलोचोटि थियो । अब त घरजम गरेर बस्ने सुरमा मेन्दोले सपना बुन्न थालेकी हुन्छे।  सरण तल गएदेखि मेन्दोले सायदै कुनै रात सन्चोले सुतेकी हुँदो हो ।  मेन्दो र सरणको मिलन भएपछि तोग्बे पनि एकमनले खुसी हुन्छ । 

सरण बाहेक अरू पाहुनाहरु केही दिन बसेर तराई झरे। सरणले मेन्दो टलाई आज के खुवायो कुन्नि ! मेन्दोको बाहिरै बास छ ।  नराम्रो सँग तल्लो पेट दुखेकोले मेन्दोलाई असह्य पिडा भएको थियो।  नभन्दै रगत बग्न थाल्यो , यस्तो पिडा देखेर तोग्बेले आफूले राखेको निलो सलले मेन्दोको कम्मरमा कसेर बाँधिदियो । केही छिनपछि मेन्दोको सपनाको खुसी तुहियो । ३ महिनाको गर्भ खेर फालेपछि पनि  सरणले मेन्दोसँग मायाको नाटक गरेर अरू २ महिना बितायो । लामादाइले सरणसँग मेन्दोको कुरा छिनी दिए । त्यो साँझ तोग्बे गाउँमा बसेन । 

 केही दिनपछि पटकपटक तलबाट अरू पनि मानिसहरू आए । सबैले सरणको साथीहरू हुँ भन्थे, सरण र मेन्दोले गाउँमा सानो पाहुना घर बनाए तलबाट आउनेहरु त्यहीँ  बस्थे । तोग्बे को पनि पाहुना घर निर्माण सकिएको थियो । पाहुनाहरू आउनेजाने बढेसँगै जाडो लाग्न सुरु गर्‍यो । तोग्बे पहिलेजस्तै अरू साथीहरुसँग हिमालको कोसेली बेच्न च्याङ्ग्रा र भेडाको बथानसँग तलतिर झर्‍यो ।  सरण पनि उनीहरूसँगै तल झर्‍यो ।

तोग्बे र साथीहरु फर्किने बेलासम्म पनि सरणसँग भेट भएन ।  उनीहरू आवश्यक सामानहरू लिएर हिमाल फर्किए तर सरण फर्कियो कि नाइँ पत्तो पाएन । गाउँमा खान्डो फुलेर झपक्कै थियो ।  तोग्बे र साथीहरुसँग केही नयाँ मान्छेहरू त्योङ्गि गाउँ पुगे । मेन्दोको एकोहोरो पनले गाउँमा खासै खुसीयाली थिएन । याकको आलो रगत खाने चाडमा पनि मेन्दो आइन, बरु पाहुना घरको झ्यालबाट थ्यो खोलाको पारी मानेलाई हेरेर टोलाई रही । पहिलोचोटि पुरुष (सरण )ले मेन्दोको शरीरमाथि खेलेको त्यहीँ मानेको पछाडि थियो । मेन्दोको आलो रगतले लतपतिएको पाङ्गदेन अझै त्यो मानेपछाडि पर्खालको चेपमा हुँदो हो ।   

समय बिस्तारै कट्दै गयो ।  तलबाट आउने पाहुनाहरू बढेसँगै माथि त्योङ्गि गाउँमा मेन्दोजस्ता अरू छोरीहरुको आलो रगत छोर्तेन, माने र गुम्बाको पछाडीका कुनाहरबमा गन्हाउन थाल्यो ।  त्योङ्गि गाउँमा सात समुन्द्र पारिका मानिसहरू घुम्न आउँन थाले । ३ वर्ष लामो पर्खाइपछि पनि सरण नफर्किएपछि मेन्दोको पिर देख्न नसकेको तोग्बेले मेन्दोलाई आफ्नू गल्तीले तलको मान्छेले धोका दिएको कुरा सुनायो र मेन्दोलाई आफ्नू श्रीमती स्वीकार गर्‍यो । 

त्योङ्गि गाउँमा अरू छोरीहरूको जवानीमा पनि तलको मानिसहरुले खेलेर छोडेपछि गाउँ आक्रान्त बन्यो । तोग्बेजस्ता युवाहरुले गाउँमा भेला डाकेर त्योङ्गि गाउँमा तलबाट आउने मानिस हरूको विश्वास नगर्न सबैलाई अनुरोध गरे । समय यस्तो भयो कि हिमाली त्योङ्गि गाउँमा अहिले धेरै मुलुकका पाहुनाहरू तलको मानिसहरूको साथ घुम्न आउँछन् । बिस्तारै गाउँका पाहुना घरहरू होटेलमा विकास हुन थालेको छ ।  जङ्गलमुनि थ्यो खोलाको दोभानसम्म त मोटर नै आउन  थालेको छ । घरघरमा स्वलारबाट बत्ती बालिन्छ। च्याङ्ग्रा र याकहरू बिस्तारै कम हुन् थालेको छ । 

अहिले गाउँको चीज छुर्पी बेच्न तल झर्नु पर्दैन तलबाट मान्छेहरू माथिसम्म बोक्ने मानिस लिएर खरिद गर्न आउँछन् । खेतमा फल्ने “उवा “ को ठाउँमा तलबाट बोराको चामल ल्याइन् छ।  अबको केही वर्षभित्रै त्योङ्गि गाउँसम्मै मोटर बाटो आइपुग्छ रे । सुन्दर थ्यो खोलाको वरिपरि आज सिसा र प्लास्टिकका बोतलहरूको थुप्रो लागेको छ । गाउँको पुरानो चालचलनमा समेत अत्यधिक उतारचढाव आएको छ । जङ्गलमुनि थ्यो खोलाबाट बिजुली उत्पादन गरिएको छरे । आफैले बुन्ने गरेको कपडाहरू छोडेर तल सहरको जस्तै कपडाहरू लगाउने चलन बढेको छ ।

आज उमेरले तोग्बे ४४ पुगी सके, मेन्दो पनि ४० पुगी सकिन। मेन्दोलाई अझै पछुतो छ तोग्बेजस्तो माया गर्ने मान्छेलाई समयमा चिन्न नसकेर सरणजस्तो मान्छेसँग मन साटेकोले बेलाबेला आँसु झार्छिन् तर तोग्बे त्यही पुरानो रातो रुमालले मेन्दोको हरेक थोपा आँसुलाई मायाँले पुछिरहन्छ । अहिले पनि त्योङ्गि गाउँमा तलको मानिसहरूको विश्वास नगर्न छोरीहरूलाई सम्झाइन्छ । सम्झाउँदासम्झाउँदै पनि त्योङ्गि गाउँका सोझो छोरीहरूको आलो रगत छोर्तेन र गुम्बा पछाडीको कुनाहरुमा गन्हाउँछ । त्यसैले तलबाट जाने हरेक पुरुषको हाउभाउलाई त्योङ्गिजस्ता हिमाली गाउँहरूमा सङ्काले हेर्ने गरिन्छ । तायुछाङ लामा तायुछाङ लामा तायुछङ लामा तायुछङ लामा तायुछङ लामा तायुछङ लामा तायुछङ लामा 

लेखक परिचय

तायुछाङ लामा 'किरण'
+ पोस्टहरु

भोजपुरका तायुछाङ लामा 'किरण' साहित्यका विभिन्न विधामा कलम चलाउछन् ।

  • तायुछाङ लामा 'किरण'
    https://shabdasopan.com/author/tayuchhanglama/
    बैशाख २०, २०७८
    तायुछाङ लामा 'किरण' - स्याङ्ग्कि
  • तायुछाङ लामा 'किरण'
    https://shabdasopan.com/author/tayuchhanglama/
    तायुछाङ लामा “किरण”
    जेष्ठ १, २०७८
    अपरेसन खम्पा - तायुछाङ लामा "किरण"
Share29Tweet18Share5Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

साउन ६, २०७८

चिखता है – राजु झल्लु प्रसाद

असार ३१, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

असार २९, २०७८

‘सवा कट्टु पौने पोइठ’ – राजु झल्लु प्रसाद

असार २५, २०७८

नोकिया एक्स वान – खेम बतास

जेष्ठ २७, २०७८
मनोज न्यौपाने

नयाँ युग – मनोज न्याैपाने

जेष्ठ २४, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?