अगमसिंह गिरी. . . सत्रुलाई मित्र मानिदिएर
इतिहासको प्रतिघात लाई अझै कुल्चिदिएर
हामी अपांग, युग -बिषमताको
हामी खोरण्डा, युग -आघातको
हामी लंगडा , युग – प्रहारको
हामी बैर्हा , युग – आर्तनादको
हामी अशक्त, युग -प्रवलताको
अहो! हामी टुक्रीयौं
टुक्रीए सिमा-स्वप्नहरू
टुक्रीए साँधहरू
बिथोलिए कोटि-कोटि आकांक्षाहरू
चुँडियौं हामी, चुँडिए आशाहरू
इतिहासका बिषाक्त पातहरूसँगै
बिछोडियौं विध्वस्त विचूर्णतासँगै
नांगियौं आफैलाई नंगाएर
योद्धा वीर ! रणप्रांगणको
पुरुषार्थ र पराक्रमको
उओअहार तिम्रा , स्मृतिमय पदकहरू
सुकेका छातिमा झुण्डाएर अनि
विगत अभिमानको
एउटा संघातपुर्ण मृतप्राय:
उपस्थितिमा रमाऊ
हर्षोल्लास भर रित्ता मुटुमा
जीवनको शून्य एकाकिमा
खुशियालि मनाऊ , रम्य बन एक्लै
तिम्रो अभिशप्त अतीत
तिम्रो रोदनमय ब्यतित
रक्तमय अश्रुहरूमा रोइरहुन
इतिहासका विध्वस्त पाताहरूमा
क त नि नांगा डाँडाहरुलाई देखाऊ
विरत्वले नांगो पारेको छ अस्तित्व हाम्रोअगमसिंह गिरी
कि त खेतका हरिया डयाङहरूलाई देखाऊ
त्यहाँ पसिनाको तप्तता छ
त्यहाँ रगतको आलो छाप छ
त्यहाँ निदाएका अभिमानहरू छन्
चिराचिरा परेका
तिनका विक्षुब्ध छातिलाई देखाऊ
अनि देखाऊ
नैराश्यपुर्ण इतिहासका पाताहरूलाई
तिम्रो प्राणको अमुल्य निधि
तिम्रो समर्पणको चिन्ह
तिम्रो उत्सर्गको उपहार
तिम्रो बलिँदानको पुरस्कार
कि त परतिरको कोक्रोमा
भोकै निदाएकी छोरीलाई
तिर्खाएको पसिनामा भौंतारिनदेखी
घचघचाएर ,ब्यूँझाईदिएर अगमसिंह गिरी
तिम्रा पदकहरू देखाइरहू
खेलौना पाएको स्वादमा
भोकको ज्वाला बिर्सनसकोस
तिर्खालु आँत रसाउनसकोस
तिम्रो युद्ध -अस्तित्वको
अवोध्य अज्ञानता बोकेर अगमसिंह गिरी
अनि सुमसुमाउदैँ युद्ध – स्मृति चिन्ह
यतानापुर्ण निन्द्रा निदाइरहू
स्वप्न-पथमा युद्वको
झिलिली छातिमा झुण्डाएर
यो नांगो रिक्तता बिच
चिथोरिएको अस्तित्व लिएर
अपंग जिबनको
ब्वग्र पिडाहरु बिर्सिहरहू
तक्माहरु तिम्रा चम्काइरहू
अनि देखाइरहू
थोत्रो समयको कात्रो अनुहारलाई
बचाइका जिर्ण-शिर्ण अगमसिंह गिरी
हाम्रो मौन अशान्त क्षणहरुलाई
उदासिनता केवल जन्मदै गइरहेको
व्याघातमय हाम्रो वर्त्तमानलाई
अनागत, अज्ञात मुहूर्तहरूलाई
नबिटुलिदेऊ हत्या र हिंसाका खूनहरूले
युद्धको वेदना र विह्रल आँशुहरूले
अनि हे रण -योद्धा
जन्मने तिम्रो छोरोलाई
तिम्रो जिनको तिम्रै अंशलाई
रगत अरुलाई बाँडेर
घाइते बन्न नलाऊ यस्तरी
अरुका युद्ध लडिदिन
अरुका अस्तित्व चम्काइदिन
खुकुरी उदाउन नलाऊ
उसलाई हत्यारो भन्ठान्ने छ युगले
अभिश्रापित बन्न नदेऊ
अनतिदूरका अज्ञात पिढिलाई
कलंकित लाञ्छित अब अब नबनुन तो
बोक्न नपरोस् युद्ध -अपराध
तिम्रै हाड र रगतका शान्त सन्ततिले
संघातमय संग्रामकाअगमसिंह गिरी
कथा बहादुरीको, घातक स्मृतिहरु
पर-युद्ध-अस्तित्वको
दोहर्याइ नदेऊ पराक्रमी वीर बनेर
रगतको भलमा चोबलिएको
व्यथापूर्ण आँशुहरुले भिजेको
तक्मा व्यर्थ नदेखाइदेऊ
अनर्थता नहालिदेऊ कलोलो मुटुमा
अन्योल जन्मन्छ
कलिलोमै खजमजिन्छ
जन्माइदेऊ युद्ध -लोलुपता
आक्रोशपूर्ण अन्योलहरू
बरु ,ब्यूँझेर उ आफुलाई खोजोस, आफुलाई !
बरु,उठेर उ आफूलाई सोधोस, आफुलाई !!
कमुल -कमुल मंसपुञ्ज
दया र मनुष्यको, मानवी काया
ह्रदयहिन बच्नसक्छ कसरी
युद्धको कल्पषहरू -बोकेर
युद्धको कलुषितामा डुबेर
आफूभित्रको बुद्वलाई हराएर
युद्वको अवसानपछी
नर्कको बिभत्सता
पिरोल्न आउने छैनन्
दानबी आकृतिहरू अगमसिंह गिरी
स्वर्ग वैतरणी पारीको
उज्यालिदिन्छ समर्पणको प्रदिप्त ज्वालाले
विरगती प्राप्तिपछिको कल्पनातित
इन्द्रेणी स्वर्गको बोकेर बाँचिरहू
धरतिको छातिमा
रगतको आहाल जमाएर
काटमार हिंसा – प्रतिहिंसा
क्रन्दनयुक्त कोलाहल
आँशुको आर्तनाद
शान्त-सौम्य अस्तित्वलाई
संगिनले छयाल-ब्याल्ल पारेर
एक्लो निमुक्तिको स्वर्ग रोजिरहू
रक्त-रञ्जित युद्ध -पथमा
स्वर्गको मोहक स्वप्न बुनिरहू
रुडिगत एउटा बूडो धारणा
मुटुको अँध्यारो कुनामा पालिरहू
समरांगणको हाहाकारहरु ब्यूँझाएर
कल्पबृक्षमा पानी खनाइरहू नित्य
तिम्रा स्वर्गिक सपनाहरूमा
हामी हाम्रै नर्कको व्याथालु
ज्वाला तापी रहनेछौं
मृत्युले हामिलाई घोंच्दै घसार्दै
अवसानको अँध्यारोतिर नहुल्याए पनि
बचाइको बिषादयुक्त एकएक क्षण हाम्रो
युद्वकै भुंग्रोमा सल्किँदै गइरहेको हुनेछ
हाम्रो अस्तित्वलाई बाँझो पारेर
हाम्रो स्वप्न -आकांक्षा बाँझो बनाएर
नांगो परिवेश
जिर्ण अवस्थित
युग-आघात बिषमता
अहो!मेरो लंगडो वर्तमान
युद्वको रुग्ण अभिप्राप्ती
विगत विंध्वस युद्वको
विकराल विभिषिता विक्षिप्ती
युद्ध – अक्षुण्ण अस्तित्वलाई समेत
डडाउदै भष्मिभूत पार्न खोजिरहेछ
विश्व-युद्धको ज्वाला
हाम्रो छाती-छतिमा अझै सल्किरहेछ
एउटा बिषादपुर्ण प्रतिफल
रित्तो उपलब्धि
हाम्रो आँसु-आँशुमा अझै छचल्किरहेछ
मुटुका यी गहिरा-गहिरा डोभहरू
पुर्नै लाग्नुपर्ने सजग अनुकुलताको
मुहूर्तहरु अझै पर्खिरहेछ
अवता सुसुप्ती चिहानको खोतलेर
मृत आकांक्षाहरु सबै बौराउनु छ यहाँ
हिंसाशून्य , हत्याहिन मौन युद्वहरू
हाम्रो अस्तित्व वरिपरि
घेरा लागिरहेछन अझै
मुटुका आक्रोशहरू फुटाएर
प्रतिरोधको ज्वाला खनाइदिनुछ
`हामी´ र `हाम्रो´ को प्रदिप्त अभिमान
युगको नव प्रदिप्त पोखिदिनुछ
सचेतपुर्ण स्वत्वको
मौन युद्ध अझै लड्नु नै छ
विगत कंलकहरू सबै पखालेर
हाम्रो गौरवको आफ्नै धरतिलाई
आकाशको उच्चता दिएर
नियात्रा निस्तेज निष्क्रिय दृष्टिहरूमा
स्वत्वको हँसिलो वर्त्तमान जन्माइदिनुछ
हाम्रो दासत्वको जिर्ण वर्त्तमानलाई
हाम्रो कातर सहिष्णुतालाई
हाम्रो निर्लज्ज उपस्थितिलाई
हाम्रो मृतप्राय: क्षणलाई
समाप्तिको अन्तिम बिराम
आजनै लाइदिन सक्नु छ
अवरोधको पर्खाल उभाउनु छ यहाँ
एउटा अस्त्रहिन युद्ध बोलाउनु छ
आत्म-आत्ममा विप्लव बालेर
क्षितिज नयाँ खोज्नु छ
हाम्रै धरती र आकाशको संगममा
आशाको नूतन ज्योत्सना सजाएर
तान्द्राबाट ब्यूँझाएर आफैलाई
मुटुको पराधिन नेलहरु फुकाल्नु छ
संकष्टपुर्ण संग्रामहरू पछि
आत्म – बलिदानका संघर्षहरू पछि
बचाइका हाम्रा शून्य मुहूर्तहरूले
स्वतन्त्रताको न्यानो ताप्न पाएन
सन्तुष्टि र खुसिको सानो उज्यालो
बास कहिल्यै बस्न आएन हामिमा
खइ मेरो अस्तित्वको स्वधिनता ?
खइ मेरो स्वत्वको निमुक्ती ?
खइ मेरो समर्पणको मूल्य
खइ मेरो उत्सर्गको अभिप्राप्ती
मलाई बाँधिएका सिक्री कहाँ फुकालिए
छातिमा डाम अझै आलै छ
मुटुमा डोभ अझै गहिरै छ
छातिमा क्षोभ अझै सल्कँदै छ
अहो , कुँजिएछु कस्तरी यहाँ
अस्तित्वलाई नै कुँजो पार्दै लगिसकेछु
जीवन – वरिपरिका
आकांक्षा – स्वप्नहरू
शुष्क र रुखो मरुभूमि – पथमा
लक्ष्यहिनता तिर
भौंतारिएको जस्तो पाउँछु आफुलाई
बुद्वका चिहानहरू टेकेर
आँशुका चित्कारहरू फिंजाएर
युद्धपछिको तिम्रो शान्त निन्द्रा, स्वर्गको
मेरो नारकिय कोलाहलले बिथोल्नसकोस
मलाई नरोक यहाँ कोहि
आत्म – स्वतन्त्रताको उद्घोष गर्नदेखि
तिम्रो युद्वले हाम्रो जिवनचार्य
उदांगो, नांगो पारिदिएको छ
हामी बहादुर – हामी पुरुषार्थी
युद्वको पराक्रमी योद्वा हामी
विश्व – प्रख्याती बोकेको
गोरखाली मुटु , हाम्रो अभिमान
कायर किन बन्नु मैले
आफुलाई कुल्चाउदैँ लानु किन
किचिँदै पैताला – पैतालामा अरुका
हाम्रो अस्तित्वको युद्ध अब
हिँडिदेऊ बोकेर छाती – छातिमा
मेरो ललकार , मेरा युवा – पिँढीलाई
मेरो बिन्ती , मेरो युवा – पिँढीलाई
मेरो आह्वान , मेरो युवा – पिँढीलाई
हामी अजाइ यहाँ युद्धरत छौं
मौन युद्धहरू जीवनका
लड्दै बाँचेका छौं, बाँच्नलाई
मुटुमा युद्धकै हाहाकार छ
हेर त हाम्रा आँखा – आँखामा
युद्धकै अभिव्यक्ती छ , अस्तित्वको
हो , युद्धको चिच्याहट – चीत्कार
मौनताभित्र , सहिष्णुताभित्र
लुकाइरहेका छौं हामिले
वर्त्तमानसितको हाम्रो युद्ध
अग्नि – शिखामा मुटुको लपेटिएको छ
हाम्रो युद्व ह्रदयका सतहहरूमा
जन्मदै गइरहेछ , ब्यूँझदै गइरहेछ
सजग परिव्याप्तिले प्रतीक्षित मुहूर्तहरू कुरेर
प्रलयकारी महायुद्धको विगतले
जीवन – अस्तित्वनै मक्काइदिएको छ हाम्रो
हो, हामीले तोप र बन्दुकको
आघात खप्न परेन
तर संघात युद्धको
बोकेर बाँच्नु परेको छ
समग्रताबाट चोइटिंदै उब्रेको छौं
मुटुमा एक विषाक्त हलचल बोकेर
युग – विषमता, युग – प्रतिघातको
छातीमा गहिरो घाउ छँदैछ
ढोका – ढोकामा हाम्रा विवशता
‘बहादुर‘ बनेर उभिन्छन्
भोक – तिर्खाको ज्वाला पेटभरि बोकेर
ग्लानिका चोटहरू छातीभरि लिएर
अहो, मेरो बहादुरी ढोका – ढोकामा
संरक्षणमा उभिएप
उदांगिन थालिरहेछ
जीवन – यापनको निम्ति
ढोका रूँगिदिन पर्ने विवशता
मैले कमाएको बहादुरी पराक्रम
ढोका – ढोकामा तेर्साइदिन्छ
मेरो पुरुषार्थ
मेरो अभिमान
मेरो वीरत्व
मेरो स्वत्व
ढोकाका उज्यालाहरूमा
अँध्यारिंदै गइरहेछ
फगत अँध्यारिंदै गइरहेछ
खोइ मैले चिन्नसकेको
संत्रासपूर्ण मेरा बचाइका मौन व्याथाहरू
अमरसिंह र बलभद्रको ‘अहम्‘ फेरि जन्माउन
खोइ मैले मेरी स्वास्नीमा
वीरत्वपूर्ण वीर्य्यको गर्भाधान दिनसकेको
रक्त कसरी सेलाइसकेछन्
चित्तहरू कसरी लोलाइसकेछन्
अभिमानहरू कसरी चिसा भइसकेछन्
पूर्व गौरवका चहक
खोइ हीम्रा यी छोराहरूका आँखामा
गुलाफी कलिला गालाहरूमा
अतीत – गौरवको आभास मुछिएको
नालापानीको वीरँगणहरू
हाम्रा हजार – हजार आमाहरूमा
अवतरित भएनन् अझै
मुखमा दागबत्ती लाइदिने
हाम्रा लासका मलामी
बन्न केवल बाँचेको निर्लज्ज सन्नताहरू
हाम्रा समाप्तिपछिका छोराहरू
यहाँका यी बाँझा भूमिहरूमा जन्माएर
कसरी तिम्रो स्वप्न साकार भयो ?
कसरी तिम्रो मातृत्व सफल भयो ?
ए ! मेरा आउने पिढीका अज्ञात छोराहरू
ए ! मेरा नजन्मिएका सन्ताहरू
कुठाराघात युगको बोकेर
व्याघातपूर्ण समाप्तिपछि
मैले मेरा प्यारा
स्वप्न – आकांक्षा कुल्चनु परेको
विध्वस्त वर्त्तमानको निर्थकतामा
अशक्त व्यथा – विह्वलता छटपटाइरहेको
मेरो आजको यस विवश उपस्थितिमा
वीर पूर्वजका अभिमानको
झ्याली पिट्दै बाँचेकाहरू बीच
तिमी तिम्रो भोलिको
मूल्यवान जन्म बोकेर
अहिल्यै नआइहाल यहाँ
नव – जन्मलाई तिम्रो
मेरो कुण्ठित युग परिधिमा
मेरो रूग्ण अस्तित्वको परिवेश भित्र
गजमजाउन दिन्न यहाँ
तिनको अवोध आगमनलाई
युद्धका हिंस्रक ज्वालाहरू
अझै ननिऊेका भुंग्राहरूमी
कलिला पैताला तिनका नडामिऊन्
तिनका अनागत अस्तित्व
दूषित रगत र पिपहरूले नबिटुलिऊन्
नत्र यी सिक्रीहरूले
तिनलाई नबाँधी छोड्ने छैन
नत्र ता यी नेलहरूले
बन्धी यहाँ नतुल्याई छोड्ने छैन
अब निर्वल सहिष्णुताको
आँशु पिउनु छैन यहाँ
समयको तीब्र प्रतिघात
सहिरहनु छैन कदापि
मेरो अस्तित्वको इतिहास
कुल्चेर उभिन्न यहाँ
मेरो अभिमानपूर्ण परम्पराको
निर्वाह मबाटै हुनुपर्छ
अशक्तताको अस्तित्व वरपर
सजग र सवल उद्घोषहरू लिएर
म यी साङ्ला र जञ्जीरहरू
टुक्रा – टुक्रा पारेर फालिदिनेछु
आत्म – स्वाधीनताको एक सुरक्षित वर्तमान
जन्माउने प्रवल आह्वान ईहुति बोकेर
म धिक्कारहरूमा बाँच्न चाहान्न
म लाञ्छनाहरूमा जिउन चाहान्न
म विक्षोभहरूमा अमरत्व खोज्दिन
यो कुण्ठित परिवेशभित्र
जन्मने आशापूर्ण भोलिलाई
गर्भमा रोकिदिन्छु बलजफ्ती आजनै
नियास्रा उदास छोराहरू
अहो, यो भूमितलमा
फेरि टेक्न नआऊन्
ती जन्मनुको प्रसव – वेदना अघिनै
नयाँ सूर्यको ज्योत्सना
नव प्रारम्भको नव आलोक
हाम्रो आकाश – आकाशमा फैलिएको होस् !
हाम्रो धरती – धरती सजिएको होस् !!
समाप्त ।अगमसिंह गिरी
लेखक परिचय
नेपाली साहित्यका धरोहर स्व. अगमसिंह गिरी (सन् १९२७- १९७१)को जन्म दार्जीलिङमा भएको थियो । नेपाली मुलका भारतीय साहित्यकार उनी स्वच्छन्दतावादी र जीवनवादी कविका रूपमा चिनिन्छन् । उनका छान्दिक र गद्य दुवै किसिमका कविताहरूमा अलंकार, बिम्ब र प्रतीकको प्रयोगबाट मानवीय संवेदनाको उच्चतम प्रस्तुती भएको पाइन्छ । उनका प्रकाशित कृतिहरूमा, याद(सन् १९५५), आंसु(सन् १९६८) र युद्ध र योद्धा(वि.सं. २०२५) खण्डकाव्य हुन् भने आत्मव्यथा(वि.सं. २०१६), जीवन गीत (वि.सं. २०२४) र जलेको प्रतिबिम्ब - रोएको प्रतिध्वनि (वि.सं. २०३६) कविता संग्रह रहेका छन् । यसका साथै फुटकर रूपमा उनका अन्य कविता, गीत, निबन्ध, नाटक, समालोचना आदि विभिन्न सञ्चार माध्यमहरूमार्फत प्रकाशित/प्रसारित भएका पाइन्छन् । कवि गिरी रत्नश्री स्वर्णपदक, भानु पुरस्कारका साथै तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको स्वर्णपदकबाट विभूषित छन् ।