अगमसिंह गिरी

अगमसिंह गिरी

नेपाली साहित्यका धरोहर स्व. अगमसिंह गिरी (सन् १९२७- १९७१)को जन्म दार्जीलिङमा भएको थियो । नेपाली मुलका भारतीय साहित्यकार उनी स्वच्छन्दतावादी र जीवनवादी कविका रूपमा चिनिन्छन् । उनका छान्दिक र गद्य दुवै किसिमका कविताहरूमा अलंकार, बिम्ब र प्रतीकको प्रयोगबाट मानवीय संवेदनाको उच्चतम प्रस्तुती भएको पाइन्छ । उनका प्रकाशित कृतिहरूमा, याद(सन् १९५५), आंसु(सन् १९६८) र युद्ध र योद्धा(वि.सं. २०२५) खण्डकाव्य हुन् भने आत्मव्यथा(वि.सं. २०१६), जीवन गीत (वि.सं. २०२४) र जलेको प्रतिबिम्ब - रोएको प्रतिध्वनि (वि.सं. २०३६) कविता संग्रह रहेका छन् । यसका साथै फुटकर रूपमा उनका अन्य कविता, गीत, निबन्ध, नाटक, समालोचना आदि विभिन्न सञ्चार माध्यमहरूमार्फत प्रकाशित/प्रसारित भएका पाइन्छन् । कवि गिरी रत्नश्री स्वर्णपदक, भानु पुरस्कारका साथै तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको स्वर्णपदकबाट विभूषित छन् ।

अगमसिंह गिरी

अगमसिंह गिरी : युद्ध र योद्धा – भाग २

अगमसिंह गिरी री. . . नबिथोलिदेऊ, नबिटोलिदेऊ मर्यादापूर्ण प्रज्वल्ल अतीत पराजयमा पनि जीत नालापानीका युद्धमय स्मृति कुष्ठित प्राणलाई...

Popular News

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?