इतर कविता संवार्ता
इतर आवाज साहित्य समाजसम्बद्ध इतर अभियानले यही बैशाख ११ गते शनिवार इतर कविता संवार्ता कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा वक्ताहरू प्रा. कृष्ण खनाल, डा. तारालाल श्रेष्ठ, रिता साह र मधु मिजार रहनेछन् ।
सो कार्यक्रममा इतर आवाज साहित्य समाज कोरियाले तीनसय एक चालीस कविका कविता समावेश गरी तयार पारेको कविता सङ्ग्रहमाथि विचार-विमर्श गरिनेछ । कार्यक्रमको उद्घाटन राजन मुकारूङ र नवीन सुब्बाले आदिवासीको मौलिक संस्कृतिमा कविता प्रयोग बारे मन्तव्य राख्नेछन् भने सहजकर्ताको भूमिकामा गुरूङ सुशान्त रहनेछन् ।
कार्यक्रम दिउँसो १२ बजे बत्तीस पुतलीस्थित शिल्पी थिएटरमा सञ्चालन गरिनेछ ।
इतर आवाज साहित्य समाज राज्यबाट सिमान्तकृत, आदिवासी जनजाति तथा पिछडिएको वर्ग समुदायहरूको सौन्दर्य, संस्कृति र दबाइएका आवाजहरूलाई मौलिक आवाजमार्फत बुलन्द गर्दै लैजाने हेतुले स्थापना भएको हो । वि.स. २०१६मा स्थापना भएको इतर आवाज साहित्य समाजको मुल नारा ‘आदिवासी सौन्दर्य र पहिचानको आवाज: इतर आवाज’ रहेको छ ।