मुक्कुम्लुङ अतिक्रमणको विरुद्धमा आज काठमाडौँमा विराेध-सभा सम्पन्न भएकाे छ । लिम्बु समुदायकाे ऐतिहासिक आस्थालाई भत्काई ‘मुक्कुम्लुङ’काे अस्तित्व मेट्ने दुस्प्रयास गरेको भन्दै सरकारकाे याे गलत कदमकाे विरुद्धमा याक्थुङ लेखक मञ्च, उपत्यका समितिकाे आयाेजनामा आज काठमाडौँमा विराेध-सभा गरिएकाे हाे ।
कार्यक्रममा मगरात संघर्ष समिति, किरात माेर्चा, जन- सराेकार समन्वय समिति, सेभ भ्याली नेपाल, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष काठमाडौँ (नेवा नेसन) आदि संघ-संस्थाहरूले समेत सहभागिता र ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रममा गाेविन्द आङ्बुङले स्वागत मन्तव्य राखेका थिए भने सुरज मादेनले स्वागत गीत प्रस्तुत गरेका थिए । सभामा शनि लिम्बु, मातृका नेम्बाङ, उत्तम लिम्बु , निर्भिकजंग रायमाझी, इन्द्र फाेम्बाे, राेहित आङ्बाे लगायतले कविता वाचन गरेका थिए । त्यसैगरी मगरात संघर्ष समितिकाे तर्फबाट राम मगर, किरात माेर्चाबाट तेन्दङ मिवक, जनसरोकार समन्वय समितिबाट राजाराम तण्डुकार, आदिवासी जनजाति साहित्यकार/लेखक महासंघबाट टंक सेलिङ र गाेविन्द छन्त्याल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम याक्थुङ लेखक संघका सह-सचिव सुनिल आङ्बाेले सञ्चालन गरेका थिए भने कार्यक्रमकाे समापन यासेली याेङहाङले गरेका थिए ।