कोभिड-१९को महामारीबाट पुरा विश्व नै प्रभावित भइरहेको यस परिवेशमा नेपाल पनि अछुतो रहन सकेको छैन । २०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट सुरु भई बिस्तारै विश्वभर नै फैलिएको भाइरसले महामारीको रूप लिएको छ ।
२०२० जनवरी २४ मा नेपालमा पहिलोपटक देखापरेको कोरोना भाइरस दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । जसलाई ११ मार्च २०२०मा विश्व स्वास्थ्य संगठनद्वारा महामारीका रूपमा मान्यता दिइएको थियो । फलस्वरूप नेपालमा पनि २०७६ चैत ११ देखि सम्पूर्ण देश लकडाउन अर्थात् बन्दाबन्दीको अवस्थामा पुग्यो । जसका कारण विश्वभर नै शैक्षिक, सामाजिक, पर्यटन एवं आर्थिक तथा सांस्कृतिक क्षेत्रमा क्षति पुगेको छ ।
त्यसमाथि विकासोन्मुख एवं आर्थिक विपन्नतामा गुज्रिरहेको नेपालजस्तो देशमा कोरोनाको अझै ठूलो असर परेको छ । फलस्वरूप दैनिक ज्याला मजदुरी गरी छाक टार्ने व्यक्तिदेखि व्यापारी-व्यवसायी, कर्मचारी, विद्यार्थीलगायत आमनागरिकको जनजीवनलाई अस्तव्यस्त बनाएको छ । यसबाट सबै जनता प्रभावित त भएका छन् नै त्यसमा गरिब, विपन्न, महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति धेरै प्रभावित भएका छन् ।
अब नेपालमा पनि कोरोना को धोस्रो लहर सुरु भैसकेको छ अब देश ले लकडाउन म जानु पर्ने बाध्यातमक अवस्था मा आइसकेको छ तसर्थ अब लकडाउन छोँटो र परिणाममुखी बनाउको बिकल्प छैन ।
.
कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ । महामारीको कुन स्तरमा छ भन्नको लागि देशका अस्पताल हेर्ने हो भने थाहा हुन्छ । आम नागरिकले बेड, अक्सिजन, आइसीयु तथा रेमडेसेभिर लगायतका औषधि पाउन मुस्किल भएको छ । कोरोना महामारीको दोस्रो लहरलाई गतसालको जस्तो कमजोर ठान्नु मुर्खता हुनेछ । हामीले गल्तीमाथि गल्तिको चांग थप्दै नगएको भए यो अवस्था आउने थिएन ।
.
हरेक समस्याको समाधान हुन्छ ।समाधान रुखबाट झर्दैन । यसको लागि मनैदेखि लाग्नुपर्दछ । सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारत लगायतका मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझ नपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गरेका र गरायका भय १ बर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडिया लगायतका देशमा जस्तै दैनिक गतिबिधि गर्न सक्थ्यौँ ।नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही सरकारको सक्रियता नहुनु सरकारका उच्च पदस्थ निकायबाट जनस्वास्थ्य का नियम पालना नहुनु जसका कारन जन्ता मा पनि कोरोनाप्रति लापरवाही बढेको पाइन्छ । सबैले राजनीति खाने, राजनीति सुत्ने अनि राजनीतिका गफ मात्र गर्ने देश संसारमा हाम्रो मात्रै होला ।
अब हामीसँग बिकल्प साँघुरा हुँदैछन् । आम नागरिकको जीवनभन्दा ठूलो केहि हुँदैन । त्यो पर्नेलाई थाहा हुन्छ ।१५ दिन पहिले गर्नुपर्ने लकडाउन अब हुँदैछ । गतसालको जस्तो कर्मकाण्डी लकडाउन गर्ने हो भने यसको कुनै अर्थ छैन ।
लकडाउन गर्नु परे उल्लेखित मोडेलमा गरौँ अन्यथा भारतका धनाढ्यले जहाज चार्टर गरेर विदेश भागे झैं गाउँतिर लागौँ ।
२-३ दिनको समय दिएर आफ्नो घर जाने वातावरण तयार गर्नुपर्छ र लकडाउन केवल ३ हप्ता गर्नुपर्छ । २० दिन पनि हैन, २२ दिन पनि हैन ३ हप्ता भित्री बस्ती, गल्ली, चोक, बजार सबैतिर ब्यापक प्रहरी परिचालन गर्ने, माइकिंग गर्ने, पर्चा छर्ने, लापरबाही गर्नेलाई जरिवाना गर्ने काम व्यापक गर्नुपर्दछ त्यो ३ हप्ताको नेतृत्व गृह मन्त्रालयले लिनुपर्दछ । सवास्थ्य मन्त्रालयले ३ हप्तामा परीक्षणको दायरा व्यापक रुपमा फराकिलो गर्ने, अक्सिजन प्लान्ट थप्ने, मर्मत गर्ने, अक्सिजन सिलिन्डरको स्टक कायम राख्ने, अस्पतालका कोभिड बेड बढाउने, आइसीयु थप्ने, अक्सिजन बेड थप्ने, आइसीयु तथा भेन्टिलेटर अपरेट गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिने, अत्यावश्यक औषधि स्टक राख्ने, महामारी कम भएका जिल्लाका उपकरण तथा जनशक्ति महामारी बढी भएका क्षेत्रमा परिचालन गर्ने, आइसोलेसन केन्द्र थप्ने लगायतका काम गर्नुपर्दछ ।सुचना तथा संचार र शिक्षा मन्त्रालयले जनाचेताको लागि कार्यक्रम उत्पादन तथा प्रसारण/प्रकाशन गर्ने ।परराष्ट्र मन्त्रालयले खोपको लागि चीन, रुस, कोभ्याक्ससंग कुटनैतिक पहल गर्ने तथा भारत लगायत देशमा फसेका नेपालीको उपचार र उद्दारको लागि पहल गर्ने गर्नुपर्दछ । मिडियाले खाली सडक र बन्द सटर देखाउने होइन, भित्री बस्ती/गल्ली/चोक आदिमा आवतजावत कस्तो छ ? प्रहरी परिचालन कस्तो छ ? त्यसको निगरानी राख्ने । सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायसंग समन्वय गरेर काम गर्ने | सिमानाका पूर्ण रुपमा शिल गर्नुपर्दछ । आम नागरिकले सरकारले जारी गरेका निर्देशन पालना गर्ने, लकडाउनको समयमा घरभित्र बस्ने, सामान किन्न निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, भीडभाड नगर्ने गर्नुपर्दछ ।सामाजिक संस्था, टोल सुधार समिति, क्लब, वडा आदिले आफ्नो क्षेत्रमा अनुगमन र जनचेतना फैलाउने काम गर्नुपर्दछ यसो गरेमा ३ हप्तामा संक्रमित कि घरमै ठिक हुन्छन् , कि अस्पताल जान्छन् । तर समुदायमा संक्रमण सार्न सक्दैनन् ।यो कडाइले अहिलेसम्मको संक्रमण सेटल हुन्छ । तीन हप्तापछि आवतजावत नियमन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गराउने, दण्ड जरिवानाको ब्यबस्था गर्ने तथा कडाइलाई कायम गर्ने गर्नुपर्दछ । यो पटकको लकडाउन छोंटो, कडा र परिणाममुखी बनाउन सबैले हातेमालो गरौँ यसपटकको प्रजाति निकै संक्रामक र घातक छ एक जनाले पनि नजरअन्दाज नगरौँ ।
लेखक परिचय
बझाङका माइकल बिष्ट हाल काठमाडौँमा रहेर कक्षा दसमा अध्ययन गर्दैछन् । सानैदेखि विशेषगरी कविता लेखनमा रुचि राख्ने माइकल साहित्यका अन्य विधामा पनि कलम चलाउछन् ।