• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ गैर-आख्यान निबन्ध

गुरु भर्सेस् गोरु – किशोर सुब्बा (लिम्बु)

■ किशोर सुब्बा (लिम्बु)
साउन ९, २०७८
199 2
A A
122
SHARES
610
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

गुरु शब्दको व्युत्पत्ति संस्कृत भाषाको गु (अज्ञान) र रु (प्रकाश)बाट ज्ञानको अन्धकारबाट उज्यालोमा लैजाने पदप्रदर्शकको रुपमा व्याख्या गरेको पाइन्छ । हिन्दु सभ्याताको गुरुकालीन सिकाइ परम्पराले विनिमार्ण गरेको गुरु शब्दले ज्ञान प्रदान गर्ने संस्था, सर्वज्ञानी, सदाचरण, सत्यमार्गी, निष्ठावान, ज्ञानविज्ञानको स्रोतको रुपमा मान्ने गरिन्थ्यो । अाजकल विद्यालयमा शिक्षण गर्ने शिक्षकलाई पनि गुरु भन्ने गरिए पनि गुरू कुलिन गुरू र विद्यालय शिक्षकबीच मान्छेका आदिम पुच्छार भएका पुर्खा जतिकै दूरी छ । किनकि गुरुकुलमा २५ घण्टा गुरुकुलमा रहि किताबभन्दा व्यवारिक सिकाइ बढि हुन्थ्यो । पढेका कुरा व्यवहारमा परीक्षा हुन्थ्यो । गुरुकुलको शिक्षा गुरुको ज्ञानमा सर्वनिहित हुन्थ्यो । गुरुकुलबाट दीक्षित हुँदा शिक्षित याने किताबी र व्यवहारिक ज्ञानविज्ञानले पुर्ण भएर दिक्षित हुन्थे । विद्यालय शिक्षामा शिक्षालाई किताबमा सिमित गरिएकोले किताबी ज्ञानको रटान परीक्षा र प्रमाणपत्र लिएर दीक्षित हुन्छन् । तसर्थ विद्यालय शिक्षा व्यावहारिक ज्ञानमा शून्यप्रयः बनेको देखिन्छ ।

 

साधारणतयः गुरु शब्दलाई ज्ञान, विज्ञान, सदाचार, सत्य आदिको संस्था मान्ने हो भने गुरुले गुरु आचरण गुमाएमा, गुरूधर्म ननिभाएमा, वा ज्ञान–विज्ञानको ज्ञान नभएका अयोग्य गुरुले समाजको अन्धकार भविष्यको निर्माण गर्नेछ । विक्रमादित्य संम्वत पात्रो अनुसार आषाढ शुक्ल पूर्णिमालाई तमाम् गुरु जनको श्रद्धा स्वारुप गुरु पूर्णिमा मनाइने गरिन्छ । यस “गुरु भर्सेस गोरु बहस”मा आदिम गुरु को उत्तरआधुनिक सन्तती विद्यालय शिक्षकका समसामयिक आचरणहरूको गुण र दोषका पल्लाहरूमा तूलो मिलाउने जर्मको गर्नेछु ।

 मैले क्याम्पसका दिनहरूदेखि नै “गुरू भर्सेस गोरु बहस”लाई विभिन्न बसाइमा र सामाजिक सञ्जालमा कुराग्राफी (गफगाफका माध्यमले गरिने विषयअध्ययन) बहस बनाउने गरेकोछु । सन् २०१४ मा एम.ए. मानवशास्त्रको विद्यार्थी हुँदा पहिलो पटक गुरु पूर्णिमाको दिन फेसबुक एउटा स्टाटस राखेको थिएँ : “गुरु पूर्नेको अवसरमा सबै गुरु जनहरूमा हार्दिक श्रद्धा नमन र गुरु रुपी गोरुहरूलाई गुरु बनाइदिन भगवान्‌सँग प्रार्थना गर्दछु ।” केहिदिन पछि चियागफमा एक जना गुरूले सुनाउनु भाथ्यो: “भाइको स्टाटस त कडा आयो त, पुरै स्टाफरुममा चर्चा परिचर्चा भयो । हामीलाई गोरु भन्ने हैन यो कस्तो पागल रहेछ भनेर धेरै गुरुहरूरिसाए । मैले भने भाइले यहाँ गुरुलाई श्रद्धा भनेका छन् यो गुरु रुपी गोरुमा केही अर्थ छ ।” यो चिया गफपछि मेरो “गुरू भर्सेस गोरु बहस”मा थप खन्तलासी गर्ने उर्जा मिल्यो । विषय प्रसङ्गले तानेको बेला र खासगरी गुरु पूर्नेका दिन सामाजिक सञ्जाल पुरानो स्टाटसलाई पुनः पोष्ट तथा केहि परिमाजिर्त गर्दै पोष्ट गर्दै आएको छु । गफगाफका  विषय प्रसङ्गले गुरुमय, श्रद्धाको कुरा आएको बेला पनि आफ्नो मत मतान्तर गर्दै आइरहेकोछु । गत बर्षको गुरु पूर्नेका अवसरमा एउटा आलेख तकथित राष्ट्रिय समाचारमा पठाएको थिएँ । सायद छाप्ने हिम्मत गरेन या वाइयात मानेर फ्याँकिदिए । यस घटनाले बहसलाई अझ परिमार्जन गर्ने मौका भने दियो ।

 गुरु

तपाईंलाई यो पनि मन पर्न सक्छ

कणाद महर्षि

क, ख, ग, घ, ङ रोगादि – कणाद महर्षि

साउन १, २०७८
छाउपडी

छाउपडी प्रथा र चोर डेउडा –  खेम बतास  

असार २३, २०७८
सुनिल आङबो

याक्थुङ समुदायभित्रको बहस र मेरो केही प्रश्नहरू – सुनिल आङबो

असार ७, २०७८
किशोर सुब्बा लिम्बु

नाम र नामकरणको कुराग्राफी – किशोर सुब्बा लिम्बु

असार ३, २०७८

आमा र बाबुपछि शिक्षा–दिक्षा दिने गुरु को रिणलाई व्यत्तिको मूख्य कर्तव्य मानिन्छ । समाज, विश्वास परम्परा अनुसार गुरु र गुरुको महत्व र अर्थसन्दर्भ पनि फरक–फरक हुन्सक्छन् । किराँत समुदायका प्रचलित मुन्धुम्ले विभिन्न प्राकृतिक वस्तुहरू, खोला, नाला, वनजङ्गल, आगो, पानी, हावा, घाम, जून, पहाड, पशुपंक्षीहरू, किराफट्याङग्रा, आदिलाई गुरू मानी उनीहरूबाट कला, सिक्ने या नक्कल गर्ने गरेको पाइन्छ । किराँत राई जातिले नाच्ने साकेला नाँच, र लिम्बू जातिले नाच्ने केलाङमा विभिन्न जिवजन्तुहरूको चाललाई अनुकरण गरिएको पाइन्छ । आदिवासी समूदायहरूले विभिन्न जनवारका दाउपेचलाई नक्कल गरी शिकार गर्ने गरेको पाइन्छ ।

 हिन्दु धर्मशास्त्र अनुसार तीन प्रकारका गुरुहरूको चर्चा गरेको पाइन्छ । क) शैक्षिक, ख) मार्गिक, र ग) दैविक । भगवतगीतामा गुरुको बारेमा

उर्धव मूलम् अधः शाखम् अश्वत्थम् प्राहुः अव्ययम् ।

छन्दासि यस्य प्रणानि, यः तम् वेद सःवेदवित् ।।

ज्ञानको जरा, शाखाहरूर अलंकारिक ज्ञान क्षमता भएका, छन्दहरूको यथेष्ट ज्ञान राख्दै वेद वेदान्तको अर्थ तात्पर्य बुझ्ने र बुझाउन सक्ने सन्त गुरु हुन भनेको पाइन्छ । यजुर्वेद वेदको अधुरा वाक्यहरूतथा साङ्केतिक शब्दहरूअथवा एक चौथाइ वेदका श्लोकहरूलाई पुरा गरि सविस्तार व्याख्या गर्ने अदभूत दैविशक्ति भएका सन्तलाई गुरु मानेको पाइन्छ ।

 साधारणतयः ज्ञानी व्यत्ति अथवा मानविय गुरुको मात्रै चर्चा गर्ने चलन छ । नयाँ कुरा वा ज्ञान सिकउनेलाई गुरु मान्ने हो भने मानवेत्तर गुरुहरूको पनि उत्तिकै महत्व दिनु पर्दछ । चीनिया मार्सल आर्टस्‌हरूमा पनि वाँदार, विरालो, चील, भ्यागुतो, सर्प आदि विभिन्न जनवारको शिकारको दाउपेचलाई प्रयोग गरेको देखिन्छ । त्यस्तै विश्वप्रसिद्ध वैज्ञानिक न्यूटनसँग जोडिएको स्याउको कथा पनि प्रसिद्ध छ । यसर्थमा न्यूटनका लागि स्याउ महागुरु हो ।

 उहिले गुरुकुल परम्परामा ज्ञान सिकाउने गरिन्थ्यो । सिमित ज्ञानी मानिससँग शिष्यहरूज्ञान सिक्न जान्थे । यो सिक्ने सिकाउने परम्परा पनि सिमित जात, बर्गमा सिमित थियो । हिजोआज औपचारिक शिक्षालाई ज्ञान सिकाइको मूख्य माध्यम मान्ने गरिन्छ । औपचारिक शिक्षा र शिक्षकलाई मात्र बुझ्न थालिएकोले गुरु भन्ने वित्तिकै व्यत्ति बुझिन थालिएको छ । औपचारिक शिक्षाको अवसरले ज्ञान सिकाइमा सर्वसाधरण जनताको पहुँच बढेको, एक जना शिक्षकले धेरै जना विद्यार्थीहरूलाई पढाउने र एउटा विद्यार्थीले पनि धेरै जना शिक्षकहरुसँग शिक्षा लिने हुँदा गुरु र शिष्यहरूबीच दूरी पनि बढ्दै गएको पाइन्छ ।

 गुरु भर्सेस गोरु

महात्मा गान्धीको एउटा किस्सा छ । एक जना महिला आफ्नो बच्चा लिएर गान्धीकोमा पुग्छिन् । गान्धीलाई आफ्नो बच्चालाई धेरै चिनी नखानका लागि सम्झाइदिन आग्रह गर्छिन् । गान्धीले ति महिलालाई केहि दिनपछि बच्चा लिएर पुनः आउनु भन्छन् । ति महिला केहि दिनपछि पुनः बच्चा लिएर गान्धिकोमा पुग्छिन् । गान्धीले ति बच्चालाई बाबु धेरै चिनी खानु राम्रो हैन भनेर सम्झाउछन् । यति कुरा अस्ति नै भन्दिएको भए पनि भै हाल्ने भन्ने प्रश्न आउँछ । गान्धी भन्छन् अस्ति म आफै चिनी खाँदै थिएँ । आफैले खाइराखेको कुरा अरूलाई नखाऊ भनेर कसरी भन्नु । यो छोटो किस्सामा गुरु आचरणको महिमा र हिजोआज गुरुको महिमा गुम्दै जानुका धेरै गाँठोहरू फुकाउँछ ।

 

हिन्दुशास्त्र महाभारतमा एउटा कथा छ: राजगुरु द्रोणचार्यले  अर्जुनलाई सर्वोत्‌कृष्ट धनुरबाज बनाउने प्रतीज्ञा गरेका थिए । तर एक दिन जङ्गलमा एउटा कुशल धनुरबाज एकलब्यको बारेमा थाहा पाएपछि गुरु द्रोणले यस्तो कुशल धनुविद्या कहाँ कसरी सिकेको बारे सोधखोज गर्दा एकलब्यले आफ्नो गुरु हजुर नै हुनुहुन्छ भनि प्रणाम गरेपछि द्रोणको अजुर्नलाई सर्वोत्‌कृष्ट धनुरबाज बनाउने प्रतिज्ञामा संकट देखेर द्रोणले एकलब्यको बुढीऔँला गुरु दक्षीणा मागेका थिए । यस कथामा गुरू द्रोणचार्यालाई दोहोरो अर्थमा व्याख्या गरिएको छ । अर्जुनका लागि सदगुरुको रुपमा भने एकलब्यका लागि द्रोणचार्या लालच, स्वार्थले भरिएको गोरुको रुपमा व्याख्या गरिएको छ ।

 अंगेजी टिचर शव्दको नेपाली समानार्थीका रुपमा शिक्षकलाई लिने हो भने जष्टिन रउडिस्का अनुसार असल शिक्षकका आधारभूत विशेषताहरूः क) अत्माविश्वासको विकास गराउने, ख) कक्षा कोठाको कुसल व्यवस्थापन, ग) तयारी, घ) उच्च लक्ष्य, ङ) आफ्नो दृष्टिकोणको प्रयोग, च) रणनीतिहरूको शिक्षण हुन् भनेर उल्लेख गरेको पाइन्छ ।

 

मार्टिन चौतारीले सन् २०१९ मा गरेको “सामुदायिक विद्यालयः विद्यालय सञ्चालन प्रक्रिया” सर्वेक्षणका अनुसार नेपालमा २९,०३९ वटा सामुदायिक विद्यालयमा १,५७,४३८ जना शिक्षकहरुले शिक्षण गराइरहेका छन् । आधुनिक शिक्षाले शिक्षक र विद्यार्थीको गुणानात्मक बृद्धि त गर्‍यो तर गुरू र शिष्यको माहिमा, श्रद्धा, प्रेम, अपनत्व, समबन्ध इत्यादि भने घटाएको पाइन्छ ।

शिक्षकको महिमा प्रतिष्ठामा आँच पुर्‍याउने केहि आधारहरूः

क.  प्रमाणपत्रकै आधारमा शिक्षक बन्न पाउने

ख. चिनजान, नातागोताको आधारमा शिक्षक बन्न पाउने

ग.  राजनैतिक आडमा शिक्षक बन्ने

घ.  थोरै तलबमै पाइने भएकोले कामचलाउ शिक्षक राख्ने

ङ. शौख, प्रतिष्ठाका लागि विषय ज्ञान नभए पनि शिक्षक बन्ने

च. शिक्षकमा निहित स्वार्थ, व्याभिचारी, आदिले पनि कतिपय शिक्षकहरूको गल्ति कम्जोरीहरूले सिङ्गो शिक्षक भन्ने संस्था नै असर गरेको देखिन्छ ।

 हामीलाई पढाउने थोरै शिक्षकहरूलाई मात्र हामी अत्यन्त श्रद्धा गर्छौँ । सम्झिरहन्छौँ । नाम लिइरहन्छौँ । कतिपय शिक्षकहरूको त सायद नामै पनि विर्सिसक्यौँ होला । हामीलाई पढाउने शिक्षकहरूमध्ये पनि थोरैले मात्र हामीलाई आफ्नो विद्यार्थी भनेर चिन्नुहुन्छ होला । यो दूरी, हो यही शिक्षक र विद्यार्थीबीचको बढ्दो दूरी पनि त हो कारक तत्व जसले गुरुको महिमामा ह्रास ल्याएको छ ।

 हिजोआज खासगरि सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षा/दीक्षामा कम र राजनैतिक, व्यापार, जस्ता अन्य गतिविधिमा बढी सक्रिय भेटिन्छन् । भनिन्छ पञ्चायतकालमा कम्न्युस्टि पार्टी हुर्काउने शिक्षकहरूनै थिए रे । यस बाहेक कतिपय शिक्षकहरू विद्यालय नै नगइकन जागिर खाइरहेका, राजनैतिक झण्डा बेकेर कुदिरहेका, भट्टीमा जाँड खाएर बटोमा लडिरहेका, कोही तासजुवाको खालमा दिनरात विताइरहेका, कोही घरेलु हिंसामा समातिएका, कोही लैङ्गीक हिंसामा तानिएका, देखि कतिपय त आफ्नै विद्यार्थीलाई पास गराइदिने लोलालच देखाएर, फेल गराइदिने डर देखाएर नाजायज फाइदा लिने गरेको जस्ता  घटनाहरूपनि यत्रतत्र सर्वत्र देख्न र सुन्न पाइन्छ ।

 जब शिक्षकले आफ्नो मर्यादा, प्रतिष्ठा भुलेर निच अवतार लिन्छन् तिनैलाई हेय, तुच्छ पशु भन्ने अर्थमा गोरु उपनाप दिने गरिएको हो । सामुदायिक विद्यालयको शिक्षाको स्तर आजको विचरा हालतमा पुर्‍याउनुको पछाडी यस्तै धेरै गोरु शिक्षकहरुको हात भएको ठिक साँचो सावित भैसकेकोछ ।

 अर्कोतिर पछिल्लो समय झरीको च्याउ जस्ता खुलेका निजी विद्यालयहरुले भने चिनजानको आधारमा, थोरे पैसामा काम गर्ने भएकोले विषय विज्ञ भन्दा पनि काम चलाउ शिक्षक राख्ने गरेको पाइन्छ । एकपटक समाजिक अध्ययनको सोधकर्ताका रुपमा म सुदुर गाउँमा थिएँ । बेलुकी पख बच्चाहरूखेलिरहेको आँगनमा हेरीरहेको थिएँ । केही बच्चाहरूमेरो नजिक आए । बच्चाहरुको नाम सोध्ने केही गफ गर्दै तिनीहरुसँग घुलमिल गर्न थालें । एउटी बच्चि अली बोलक्ड रहिछिन् । आफ्नो कुरा सुनाउन थालिन् । “मेरो नाम सविना, यो मेरो भाई, विकास, मेरो अर्को सानो भाइ पनि छ, घरमा । म बोर्डिङमा पाढ्छु । यो पब्लिक स्कूलमा पढ्छ । म गरल हो……” गरल…? मैले बुझिन ।  “गरल भनेको के हो ?” सोधें । उसले दुई तीन पटक गरल…ग…र..ल.. भनेर सम्झाउन खोजीन् । तर यो गरल के थियो मैले बुझिन । सोच्दै थिएँ कि यो कुनै आञ्चलिक भाषा होला । कसैलाई सोध्नु पर्ला पछि । अनि उसले “म जि..आइ..आर..एल  गरल हो अनि यो वि.. ओ.. वाइ… बोए हो” भनेको सुने । हैट ! निजी स्कूलको शिक्षा । अनि निजी स्कूलको अंग्रेजी माध्यमको शिक्षाको मोहान्ध बन्दै गइरहेको समाजको भविश्य सम्झेर उराठ लाग्यो । नेपाली महंगा अंग्रेजी विद्यालयको बारेमा “गरिबको छोरोले पढाउन जाने, धनीले धेरै पैसा तिरेर छोराछोरी पढ्न पठाउने”  भन्ने नयाँ तुक्का पनि बनेको रहेछ । सामुदायिक विद्यालयमै पढेका शिक्षकले पढाए पनि महंगो पैसो तिरेपछि त पुरै अंग्रेज पुस्ता निक्लिने भैगए । अनि सामाजिक सञ्जाल तिर पाइने ट्रोलमा गुगललाई गुलगुले, डेन्जरसलाई डंगरुस, नेचरलाई नेटुरे, फिउचरलाई फुटुरे भनेको भिडियोहरू याद आउँछ ।

अन्त्यमा,

कुनै पनि नयाँ कुरा सिकाउने मानव या मानवेत्तर गुरू हुनसक्छन् । औपचारिक शिक्षाको पपुलारिटीसँगै शिक्षक र विद्यार्थीको संख्या गुणानात्मक रुपमा बढेको छ । व्यत्तिका जिवनमा धेरै शिक्षहरूबाट शिक्षा लिने र एउटै शिक्षकले धेरै विद्यार्थीलाई शिक्षा दिने क्रमले शिक्षक र विद्यार्थीबीचको दूरी बढ्दै गएको छ । कतिपय शिक्षकहरूले आफ्नो गुरु आचरणबाट विचलित भइ गोरु औतार धारण गरी गुरुको पूज्यनीय छवि धमिल्याउने काम पनि गरी आएको पाइन्छ ।

धेरै विद्यार्थीहरूको भविष्य एउटा शिक्षकको हातमा हुन्छ । एउटा असल शिक्षकले विषयज्ञानमा दख्खल, गुरु आचरणले सही शिक्षा र दीक्षा दिएमा विद्यार्थीहरूले अन्तरमनदेखि नै गुरू र ब्रम्ह्मा, गुरू र विष्णुः, गुरू र महेश्वरः को गुरू मन्त्र जप गर्नेछन् । विषयज्ञानमा दख्खल नभएका, शिक्षा शिक्षणमा गैरजिम्मेवार, व्यत्तिगत स्वार्थ तथा नाजायज स्वार्थ राखेका शिक्षकहरूले समाजको भविष्य अन्धकार बनाउनेछ ।

 धन्यवाद ।

 

 

लेखक परिचय

किशोर सुब्बा लिम्बू
किशोर सुब्बा (लिम्बु)
+ पोस्टहरु

मानवशास्त्रमा पोर्चुगलबाट विद्यावारिधि गरिरहेका किशोर सुब्बा (लिम्बु) साहित्य सृजनामा पनि उत्तिकै अग्रसर छन् । सामाजिक विज्ञानमा दशभन्दा बढी अनुसन्धान गरीसकेका सुब्बा लोकसाहित्य सङ्कलक पनि हुन । विभिन्न पत्र पत्रिकामा सुब्बाका लेख, रचनाहरू नियमित रूपमा छापिन्छन् । http://kuragraphy.blogspot.com र KURAGRAPHY कुराग्राफी सुब्बाका व्लग र युटुब च्यानल हुन ।

  • किशोर सुब्बा (लिम्बु)
    https://shabdasopan.com/author/kishor-subba-limbu/
    किशोर सुब्बा लिम्बू
    जेष्ठ ६, २०७८
    माइला दाइ - किशोर सुब्बा (लिम्बु)
  • किशोर सुब्बा (लिम्बु)
    https://shabdasopan.com/author/kishor-subba-limbu/
    किशोर सुब्बा लिम्बु
    असार ३, २०७८
    नाम र नामकरणको कुराग्राफी - किशोर सुब्बा लिम्बु
Share49Tweet31Share9Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

कणाद महर्षि

क, ख, ग, घ, ङ रोगादि – कणाद महर्षि

साउन १, २०७८
छाउपडी

छाउपडी प्रथा र चोर डेउडा –  खेम बतास  

असार २३, २०७८
सुनिल आङबो

याक्थुङ समुदायभित्रको बहस र मेरो केही प्रश्नहरू – सुनिल आङबो

असार ७, २०७८
किशोर सुब्बा लिम्बु

नाम र नामकरणको कुराग्राफी – किशोर सुब्बा लिम्बु

असार ३, २०७८
रामलाल अधिकारी

मेरो सिद्धान्त विहीन सिद्धान्त – रामलाल अधिकारी

जेष्ठ ३१, २०७८
रुकुम घटना

रुकुम घटनाले उब्जाएको प्रश्न

जेष्ठ ११, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?