उनीसँगसँगै घरभित्र छिर्दै गर्दा म पचासौँ नाताले परिभाषित भैसकेकी थिएँ । कसैले काँधमा ठूलो पत्थर राखिदिएको महसुस हुँदै थियो । हात समातेर सान्त्वना दिँदै उनले भने, “अरु केही गर्नु पर्दैन, बस् यो परिवार र समाजले केही भन्न नपाओस्, बस् !” मैले थाहा नै पाइनँ पत्थर हटेको थियोे या अझै थपिएको थियो तर निष्कर्ष निकालेँ, “वाह क्या डिप्लाेम्याटिक श्रीमान् मेरा !”
लेखक परिचय
त्रि.वि. बाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी शर्मा लघुकथा र कविता लेखनमा सक्रिय छिन् । उनका लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् ।