१ अगस्त २०२१ (रविवार) का दिन नेपाली साहित्य परिषद्, मणिपुरद्वारा प्रकाशित युवा स्रष्टा हर्कबहादुर लामगादे ‘रोहित’ को मन बल्झिन्छ काव्य सङ्ग्रहको लोकार्पण गुगल मिटका माध्यमबाट सम्पन्न भएको छ । रोहितले यसै कृतिबाट साहित्यको संसारमा प्रवेश गरेका छन् । उक्त लोकार्पण समारोहका मुख्य अतिथि आसामका वरिष्ठ साहित्यकार नव सापकोटा रहेका थिए भने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक/साहित्यकार महेश पौड्याल, काठमाडौँ, सम्पादक/उपन्यासकार अश्विनी कोईराला, काठमाडौँ, सनातन संस्कृत विद्यालय-मणिपुरका प्रधानाचार्य शंकर खतिवडा एवं जी.बी.के.वाई.ओ.एम. मणिपुरका सल्लाहकार कृष्णलाल रामुदामु विशिष्ट अतिथिका रूपमा रहेका थिर । भवानी अधिकारी अध्यक्ष-नेपाली साहित्य परिषद्, मणिपुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सभाध्यक्षको दीप प्रज्ज्वलनसँगै प्रारम्भ गरिएको थियो ।
अनुष्का एवं सुस्मिताको सरस्वती वन्दनापछि परिषद्का सहसचिव होमनाथ चापागाईँले स्वागत सम्बोधन प्रस्तुत गरेका थिए भने परिषद् सचिव दीपक पन्थले सचिवको वक्तव्य प्रस्तुत गर्दै मणिपुरका सबै साहित्यिक संस्थाहरूले नवोदित युवा स्रष्टाहरूलाई मार्गदर्शन गर्दै अगाडि बढ्ने प्रेरणा दिनुपर्ने कुराको उठान गरेका थिए । विशिष्ट अतिथि महेश पौड्याल, शंकर खतिवडा एवं मुख्य अतिथि नव सापकोटाले सारगर्भित वक्तव्य प्रस्तुत गरेका थिए । मन बल्झिन्छ कविता संग्रहको समीक्षा साहित्यकार पं. राम प्रसाद पौड्यालले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा मणिपुर निवासी त्रिपुरा केन्द्रीय विश्वविद्यालयका उपकुलपति प्रो. गंगा प्रसाई, डा. टंकनाथ खतिवडा, दुर्गा शर्मा, लोक बहादुर बस्नेत, अशोक चौराशिया, मोहन कार्की, मुक्ति गौसम, गोमा शर्मा, विलोक शर्मा, नितेश दवाडी, शुकराज दियाली, भोलानाथ शर्मा , खेमानन्द सापकोटा, भीम कोईराला, रिता सिंह, विशाल केशी, खेमानन्द खतिवडा, हरिदास बस्नेत, सीताराम अधिकारी , सीता देवी छेत्री आदि विशेष व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।
अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन, नेपाली संस्कृति सुरक्षा परिषद्, मणिपुर, गोर्खा ज्योति प्रकाशन, मणिपुर, हाम्रो स्वाभिमान ट्रस्ट, एकल अभियान, राष्ट्र सेविका समितिजस्ता विभिन्न संघ संस्थाहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सूरज चापागाईँ, रोशन दियाली, विलोक शर्मा आदि कविहरूले आ-आफ्ना रचना समेत पाठ गरेका थिए । परिषद् कोषाध्यक्ष बसन्ती देवी पौड्यालले कुशल सञ्चालन रहेको सो कार्यक्रममा नेसापका सह सचिव मुक्ति बराल, मणिपुरले धन्यवाद ज्ञापन समेत गरेका थिए ।