आफ्नै घरको बार्दलीमा बसेर पत्रिका पढ्दै उसले प्राय देख्ने गर्थ्यो कि चोकको त्यो पल्लो कुनामा राखिएको फोहोर फाल्ने भाँडोमा मोटा-तगडा कुकुरहरू थुतुनो जोती-जोती केही चिज खोज्दै खाँदै गर्थे। उनीहरू गाईहरूलाई नजिक पर्न पनि दिँदैनथे, अनि भुकेर उनीहरूलाई भगाइरहन्थे। गाईहरू टाढै बसेर उनीहरूलाई हेरीरहन्थे।
एक दिन उसले देख्यो कि एउटा मोटो-तगडा साँढे त्यहाँ आइपुग्यो, अनि उसले त्यो भाँडोमा आफ्नो कब्जा जमायो। कुकुरहरू उसलाई लगातार भुकिरहन्थे तर उसलाई केही फरक परेन। कुकुर पनि अब खतरनाक तरिकासँग भुकेर उसलाई तर्साउने कोसिस गर्दै भुक्न थाले, अनि त्यो साँढे पनि आक्रामक भयो, अनि आफ्ना तिखा सिंगले कुकुरहरूमाथि प्रहार गर्न थाल्यो। अनि कुकुरको भुकाई बिस्तारै कुईँ-कुईँमा परिणत हुँदै गयो।
आजभोली पुरै भाँडोमा साँढे र गाईहरूको कब्जा छ र कुकुरहरू टाढै बसेर उनीहरूलाई हेरिरहन्छन।
लेखक परिचय
भारतीय कथाकार आलोक कुमार सातपुतेले हिन्दी, उर्दु र मराठी भाषामा थुप्रै लघु कथा लेखेका छन् । उनका हिन्दीमा ५, उर्दुमा १ र मराठीमा १ गरी सात पुस्तक प्रकाशित भएका छन् । भारत र पाकिस्तानका विभिन्न प्रगतिशील पत्रिका र म्यागजिनमा आलोकका लघु कथा प्रकाशित भएका छन् । भारतका प्रतिष्ठित प्रगतिशील साहित्य पत्रिका हंस, कथादेश, नयाँ ज्ञानोदय, वर्तमान साहित्य तथा पाकिस्तानको डन–उर्दु, लालटेन, मुकाल्मा, हमसब, संगतलगायत पत्रिकामा आलोकका कथा प्रकाशित भएका छन् । त्यस्तै, आलोकका कथा नेपाली र बंगालीमा पनि अनुवाद भएका छन् ।