“इतिहासलाई सच्याउने काम गरेको छु” – डा. देवी क्षेत्री दुलाल
पछिल्लो समय बजारमा लेखक डा. देवी क्षेत्री दुलालद्वारा लिखित इलामको साहित्यिक इतिहास नामक पुस्तक बजारमा आएको छ । यसै सन्दर्भमा पुस्तक लेखन, इतिहासको खोज अनि नेपाली साहित्यमा यसले पुर्याएकाे याेगदान र पार्ने प्रभावको सन्दर्भमा साहित्यकार डा. देवी क्षेत्री दुलालसंग शब्दसोपानका प्रधान सम्पादक टिका ढुंगानाले गर्नुभएकाे कुराकानीलाई प्रस्तुत गरेका छौँ :
इलामको साहित्यिक इतिहास भन्ने पुस्तक बजारमा आएको छ । यो कस्तो प्रकारको कृती हो ?
खासगरेर यो इलाम जिल्लाको साहित्यको समग्रताका इतिहास हो । साहित्यको मात्र नभएर जुनसुकै विधाको पनि इतिहास लेख्दा सीमा क्षेत्र हुन्छ । त्यसो भएको कारण अहिलेको इलामको साहित्यिक इतिहास इलामको कला संस्कृती र संगीत सबैको इतिहास हो । त्यसमा अलिकती सजिलो होस भनेर २०१५ सालको आम निर्वाचन देखि यता पछिल्लो संविधान सभाको निर्वाचन र स्थानिय तह सम्मको विवरण र पहिलेका बडा हाकिम देखि अहिलेका प्रशासक सम्मको कुरा समेटीएको छ । पुस्तकको एउटा अनुक्षेदमा साहित्य भन्दा अलग क्षेत्रलाई राखेको छु । तर त्यो पनि तात्कालीन समयमा जनताका प्रतिनीधिहरूले प्रशासकहरूले पनि कुनै न कुनै रुपमा साहित्यको विकासको निम्ती योग्दान पुर्याएका हुन्छन् । त्यसको सम्मान हो । बाँकी अरु चाहीँ इलाममा वि.सं. १९३४ बाट नेपाली साहित्यको लेख्य परम्परा सुरु भएको मैले भेट्टाएको छु । त्यहाँबाट सुरु गरेर वि.सं.२०७७ भदौमा पछिल्लो पटक कृति प्रकाशन गर्ने दिलु राई सम्मलाई अटाएको छु । र त्यहाँ २६० जना स्रष्टाहरू र एक देखी २०० वटा सम्म कृति प्रकाशन गर्ने सृष्टा र कृतिको संक्षिप्त परिचयलाई पनि त्यहाँ अटाएको छ ।
साहित्यिक इतिहास आफैँमा फराकीलो विषय वस्तु हो । अनुसन्धान गरेर इतिहास तयार पर्ने उत्प्रेरणा कहाँबाट मिल्यो ?
म विद्यार्थी काल देखि नै साहित्य, पत्रकारीता र राजनीतिमा रुची राख्थे । र यो कृति लेख्नु भन्दा अगाडी पहिले मेरा डेढ दर्जन कृति प्रकाशीत भइसकेका छन् । पाँचथरको इतिहास भाग एक पनि यस अघि नै प्रकाशित भई सकेको छ । र २०४८ सालमा इलाम पढ्न आईसकेपछि इलामको कला, साहित्य संगितको बारेमा इतिहास लेख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । नेपालको सबैभन्ना पहिला चियाको सुरुवात भएको इलामबाट नै हो । चिफ कडेल गजराजसिहं थापा ले वि.सं. १९२० मा इलाममा चिया रोप्नु भयो । १९३५ मा चिया कारखाना बनाएर मेसिन प्रविधीबाट चिया प्रसोधन सुरु भयो । यसै सन्दर्भमा चिया साहित्यको बारेमा, चिया पर्यटनको विषयमा र समग्र साहित्यको विषयमा एउटा इतिहास लेख्न पाए हुन्थ्यो भन्ने थियो । यहि हुटहुटी नै मेरो लागि उत्प्रेरणा बन्यो ।
सामग्री संकलन, व्यवस्थापन र त्यसको लेखनमा कति समय खर्चनु पर्यो ?
विगत १० वर्ष देखि नै प्रारम्भिक स्रोतहरूको खोजी र अध्ययन गर्न सुरु गरिसकेको थिएँ । विभिन्न समयमा म आफैले खोजी र अनुसन्धान गरेका लेखहरूको संकलन पनि गरेको थिए । र पछिल्लो ३ वर्ष यता देखि इतिहास लेखनलाई औपचारीक रुपमा लिपिवद्ध गर्न सुरु गरे ।
सामग्री संकलन र लेखनमा के के चुनौतिहरू आए ?
पहिलेका प्रकाशित कृतिहरू प्राप्त गर्न चुनौति नै रह्यो । पछिल्लो समयमा प्रकाशित कृति त पाइन्छ । जस्तो भनौ न इलामको साहित्यिक इतिहास चाँही वि.सं. १९०० को दशक बाट सुरु भएको भनेर कतिपय साहित्यकारहरूले लेखे । चरिको सवाई १९२४ बाट प्रकाशित भयो भनेर पनि भनियो । र रहरसिंह राई त्यसको स्रस्टा भनेर भनियो । खोज्दै जाँदा रहरसिंह राईले १९२४ मा चरिको सवाई भन्ने किताब पनि लेख्नुभएको होइन् रहेछ उहाँले लेख्नु भएको त राधाकृष्णको सवाई भन्ने किताब १९५८ सालको वैशाखमा काशिबाट पहिलोपटक प्रकाशित भएको रहेछ । त्यो भन्दा अगाडि नै १९३४ मा लेखेर सकेको र १९३८ मा काशिबाट प्रकाशित भएको कृति निरगुण भक्ति धाराका सन्त (आमचोक इलाममा जन्मिएका) ज्ञान दिल दासको कृति प्रकाशित भएको रहेछ र पहिलो स्रष्टा सन्त ज्ञान दिल दास र उनको कृति उदय लहरी (१०९ स्लोकको) नै इलाको पहिलो साहित्यिक कृति रहेछ भन्ने पत्ता लाग्यो । तर हाम्रा अग्रजहरूले मेची अञ्चलको सहित्यिक इतिहास र इलामको इतिहास लेख्दा खेरी चरीको सवाई नै पहिलो भनियो । यसकारण हुँदै नभएको कृति र मिति राखेर लेखिएको इलामका सहित्यिक इतिहासलाई मैले सच्याउने काम गरेको छु ।
इलामको साहित्यिक इतिहासलाई लेख्दै गर्दा त्यो समय देखि अहिलेको समयसम्म आउंँदा साहित्यिक विकासलाई कसरी विश्लेषण गर्न सकिन्छ ?
कुनै कालखण्डमा नेपालको सहित्यिको केन्द्र दार्जिलिङ थियो । त्यहाँसंग नजिकै जोडिएको इलाममा दार्जिलिङको प्रभाव थियो जुन स्वभाविक थियो । यसै सन्दर्भमा वि.सं. २००९ सालमा इलामको करफोकमा राष्ट्रिय कवि सम्मेलन भयो । त्यस समयमा महाकवि देवकोटा, वालकृष्ण सम लगायत र उता दार्जिलिङबाट धरणीधर कोइराला लगायतका व्यक्तित्वहरू त्यहाँ भेला भए पछि एउटा राष्ट्रिय सम्मेलन गर्नुभयो । त्यसले गर्दा नेपालीको साहित्यको इतिहासमा त्यो एउटा कोशेढुंगा सावित भयो । महानन्द सापकोटाले त्यसको अगुवाई गर्नुभएको थियो । नरेन्द्रनाथ वास्ताेलाहरूले त्यसको संयोजन गर्नुभएको थियो । त्यस यता इलाममा ठूलाठूला दर्जनौ राष्ट्रिय कार्यक्रमहरू भए । त्यो कार्यक्रमको दृष्टिले गतिविधीको दृष्टिले त्यस समयमा उल्लेखनिय कार्य भए । पछिल्लो समयमा पनि इलामले ठूला ठूला साहित्यकारहरू जन्माएको छ ।
गतिविधीको हिसावले त यो भयो, लेखनको हिसावले चाहिँ के के भयो ?
हो म लेखनमै आउँदै थिएँ, ठुला ठुला कवि लेखकहरू इलामले जन्माएको छ जस्तै नेपाली समाजको अध्ययन लगायतको अध्ययन तथा कृति लेख्ने जनकलाल शर्मा, त्यसै गरी साहित्यकार महानन्द सापकोटा पनि यहिँ जन्मेका हुन्, बेलायत तिर बरालिदा ताना शर्मा, एकहातको तालि मा युवराज नयाँघरे गरी यी चार जना स्रष्टाले त मदन पुरस्कार जितेकाछन् । यो मैले प्रतिनीधि उदाहरणको रुपमा मात्र भनेको हुँ । गुणबक्ताको हिसावले पनि इलामे स्रष्टाबाट उत्कृष्ट कृतिहरू नेपाली सहित्यलाई दिने काम भएको छ । यस हिसावले भन्दा समग्र नेपाली सहित्यमा इलामे स्रष्टाहरूको हस्तक्षेपकारी भूमिका रहेको छ भन्न सकिन्छ ।
चिया साहित्यको बारेमा पनि सन्दर्भ कोट्याउनु भयो । यसबारे कृतिमा के के कुरा समेटिएको छ ?
वि.सं. २०४५ सालमा कवि भूपि इलाम जानु भयो, इलामलाई देखेर इलामको चिया सौँदर्यलाई देखेर नेपालभरी अलि अलि इलाम छर्न मन लाग्यो भनेर कविता लेख्नुभयो । गंगा मुकारुङ गएर इलामै सहर चियावारी राम्रो संकलन गर्नु भयो । यसरी हाम्रो दैनिक जीवनयापनसंग जोडिएको चिया गुनगुनाउदै हिड्ने सिर्जना पनि बन्यो । यसलाई मैले पुस्तकमा एउटा छुट्टै खण्डमा राखेको छु ।
समयको कालखण्डको हिसाले विश्लेषण गर्दा कुन कालखण्ड उर्वर थियो ?
कालखण्डको हिसावले भन्नुपर्दा प्रारम्भिक काल नै वढी उत्साहजनक र उर्वर मान्न सकिन्छ । कवि ज्ञान दिल दासले हिन्दु धर्मले गरिरहेको थिचोमिचो देखि अन्याय र अत्यचारका प्रति पण्डित्याईहरूले देखाएको धुर्तता प्रति समानताको वकालत गरे । त्यस समयमा जातिय र धार्मिक सोषणको विरुद्ध निरगुण भक्ति धारमामा साहित्य सिर्जना गर्नुृ धेरै ठूलो जोखिम उठाउनु हो । त्यसकारण प्राथमिक काल नै महत्वपूर्ण रहयो । त्यसपछि दोस्रो चरणमा आईसकेपछि धेरै राम्रा स्रष्टाका सिर्जना आए । त्यसकारण यसरी कालक्रमलाई हेर्ने हो भने गुणस्तरको निरन्तरताको क्रम छ । यसैले यो चरण राम्रो अर्को चरण नराम्रो भन्ने छैन ।
पहिलेको लेखन र आजको पुस्ताको लेखनमा के फरक भेटाउनु भयो ?
पहिलेको लेखन अलिक बढी स्वैरकल्पनामा लेखिन्थ्यो । सहित्यकारहरू सत्तासंग समस्याको विस्कुन फिजाउने कार्य बढी गर्थे भने अहिलेको सहित्यकारहरू समस्याको विस्कुन मात्र नफिजाएर समाधानको बाटो पनि पहिल्याउने र सामाजिक यर्थाथमा बढी कलम चलाउने गरेको पाउँछु ।
पुस्तकमा एउटा च्याप्टर राजनीतिको विषयमा छ भन्नु भयो, तपाईँ आफै पनि राजनीतिशास्त्रमा विद्यावारिधी हासिल गर्नु भएको छ, साहित्य र राजनीतिको सम्बन्ध कस्तो हुन्छ ?
साहित्य र राजनीति एक आपसको पर्याय हो, पुरक हो । राजनीतिले समग्र राष्ट्रको नीति प्रस्तुत गर्दछ भने साहित्य राजनीति भित्रको महत्वपूर्ण अवयव हो । जुन देशमा राजनीतिक संस्कार राम्रो हुन्छ त्यो देशको काला, भाष साहित्य स्वत माथि उठ्छ । त्यसकारण साहित्य र राजनीतिको अनुन्यास्रित सम्बन्ध हुन्छ तर सत्ताको चाकडी साहित्यले गर्दैन् । समाजमा भएको विक्रीति विसंगतिलाई निर्मम ढंगले प्रहार गर्दछ । त्यसले कतिपय सत्तालाई ध्वस्त गर्ने काम पनि गर्दछ । सत्ता परिवर्तन गर्दिने गर्दछ ।
त्यसो भए इलामको साहित्यले सत्तासंग कति नजिक र कति विद्रोही भयो भएर कार्य गर्यो ?
जस्तोकी राणाशासन हटाउने क्रमा महानन्द सापकोटाको हुंकार देखि पञ्चायती व्यवस्था विरुद्ध होस या प्रजातन्त्र स्थापनाको निम्ति गणतन्त्रको निम्ति योगदान गरेका छन् । जस्तो कि गणतन्त्र स्थापनाको निम्ती मेरै नाटक छोड चमारे भनेर सत्तालाई चमारेको संकेत गरेर प्रस्तुत भएको थियो । त्यसकारण सत्ता संग इलामको साहित्यकारहरूले प्रतिपक्षी भूमिका निभएका छन् ।
अन्तमा पुस्तक बरारमा ल्यानुभएको छ । पाठकवर्गलाई के भन्न चाहानु हुन्छ ?
करिब एक महिनाको आसपास भयो पुस्तक बजारमा अएको । विषयवस्तुसंग सरोकार राख्ने तथा खुल्ला अध्ययन गर्ने दुवै पाठकले पुस्तकलाई एकदमै मन पराईदिनुभएको छ । इतिहास लेखन या भनौ अनुसन्धान एकदमै जोखिमपूर्ण र कहिल्यै नसकिने विषय हो । यो जहिले पनि अपूर्ण नै रहन्छ । यसलाई खोज्दै जाने, थप्दै जाने क्रम चलिनै रहन्छ । म यस कार्यमा र इतिहासलाई निरन्तरता दिने कार्यमा निरन्तर सक्रिय रहने नै छु र यहाँहरूको सुझाव प्रतिकृया र हौसलाको सदैव अपेक्षामा हुनेछु भन्न चाहन्छु ।
“इतिहासलाई सच्याउने काम गरेको छु” – डा. देवी क्षेत्री दुलाल