कवि एंव समालाेचक महेश कार्की क्षितिजकाे ‘एक्लाे महारथी’ नामक कवितासङ्ग्रह लाेकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा नवराज लम्साल, माेमीला, महेश पाैडेल, राजकुमार बानियाँ लगायतका विभिन्न साहित्यकारहरूको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा साहित्यकार माेमीलाले कृतिबारे समिक्षा गर्दै क्षितिजकाे कवितामा गाउँले परिवेश पाउँन सकिने र कविले आफ्ना भाेगाईहरू कलात्मक ढंगले प्रस्तुत गर्न सफल भएकाे बताउनु भयाे ।
समालाेचक महेश पाैडेलले कवितामा पुर्वीय दर्शन एवं मिथकीय प्रभाव रहेकाे उल्लेख गर्दै यसले कविताकाे जिवन्ततालाई अझ बलियाे बनाएकाे टिप्पणी गर्नुभएकाे थियाे भने समिक्षक राजकुमार बानीयाँले कवितामा मिथककाे प्रयाेगले कविताकाे सरलतालाई कमजाेर पारेकाे साथै कवितामा आख्यानकाे प्रभाव बढी रहेकाे बिचार राख्नुभएकाे थियाे ।
क्षितिजकाे कविताकृती शीखा बुक्सले बजारमा ल्याएकाे हाे ।