मनोज विश्वकर्माको कविता ‘सम्झनाको जंगल’लाई यस वर्षको साताको साहित्य पुरस्कार प्रदान गरिने भएको छ । रौतहट चपुरका युवा कवि मनोज विगत पाँच वर्षदेखि कविता लेखनमा सक्रिय छन् । उनको अनुहारको भीड (संयुक्त कविता) र छकालै (संयुक्त कथासंग्रह) प्रकाशित छ । यसअघि सगरमाथा साहित्य प्रतिष्ठानले गरेको विश्वव्यापी कविता प्रतियोगिता- २०७६ मा पनि मनोज प्रथम भएका थिए ।कवि विश्वकर्माले एक समारोहबीच केही सातापछि नगद २० हजार रुपैयाँ र ताम्रपत्र प्राप्त गर्ने साताको साहित्यका सम्पादक निष्प्रभ सजीले बताए ।