चुलाचुली रंगमञ्चले मंगलबारबाट नाटक “एकादेशको रिट्ठू” मञ्चन सुरु गरेको छ ।
चेतन आङथुपो को लेखन निर्देशन रहेको नाटकमा कलाकार मनकुमार योङहाङ (चाप्पेतीको बाउ), हेमराज घिमिरे, आयुस राई, विविसा विश्वकर्मा र सागर लाम्गादेले अभिनय गरेको छ भने, मनाङ लावती, जेम्स लिम्बू, सन्तोस गिरी, प्रविन मगर ले नाटकलाई सह निर्देशन गरेका छन् ।
इलामको चुलाचुली गाउँपालिका ४ स्थित पञ्चबुद्ध एकेडेमीमा पहिलो मञ्चन गरेको हो । विधार्थीहरुलाई लक्षित गरि निर्माण गरिएको नाटक “एकादेशको रिट्ठू” मा १२ र्षीय पात्र विवेक लिम्बूले कक्षा कोठामा आफ्नो बाजेले सुनाउँदै आएको कथा र बाजेले दिनचर्य भोग्दै आएको कथालाई प्रस्तुत गरेको छ ।
माघ १५ गतेदेखि चुलाचुली गाउँपालिकाभरि रहेका संस्थागत र सामुदायिक विधालयहरुमा नाटक मञ्चन गरिने स्रोतले जनाएको छ ।
कला र कलाकार को सम्मान साथै नेपाली रंगमञ्चका केहि नियम सहित नाटक हेर्नलाई शुलक रु १० रुपैयाँ टिकट समेत रहेको छ । नाटक खुल्ला मञ्चमा मञ्चन गरिने छ । विश्व कोरोना महामारी र लकडाउनको दश महिना पछि नेपाली रंगमञ्चले पुनःनिरन्तरता पाइरहेको अवस्थामा चुलाचुली रंगमञ्चले पनि नयाँ पुस्ताका दर्शकहरु सामु रंगमञ्च गतिविधि पुर्याउने उदेश्यले विधार्थीलाई लक्षित गरि नाटक बनाएको निर्देशकले बताएका छन् ।